×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

परोपकार

मनमा लागेको त्यो गहिरो चोट, अनि जन्मियो अपाङ्गताको सहारा ‘हेल्पिङ ह्याण्ड्स’

पाेखरा | कात्तिक २७, २०७८

NTC
TVS INSIDE

रेस्टुरेन्ट व्यवसायमा मनग्यै आम्दानी गर्दै आएका उनले व्यवसाय एक्कासि परिवर्तन गरे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सहारा ४१ वर्षीय दिनेशकुमार थापा यो क्षेत्रमा त्यत्तिकै आएका होइनन्, परिस्थितिले डोर्‍याएको उनको एउटा कथा छ । 

Sanima Bank
morang Auto yamaha

दृष्टिविहीन, सुस्तश्रवण लगायत अपाङ्गता भएका व्यक्ति गरी हालसम्म ५०० जनाभन्दा बढीलाई उद्यम सिकाएका उनले जीवन बाँच्ने कला मात्र सिकाएनन्, आयआर्जनको बाटो समेत देखाए । यसरी बेसहाराको निम्ति सहारा बन्न पाउँदा उनी सन्तुष्ट व्यक्त गर्छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

... ... ... 

दिनेशको जन्म २०३७ सालमा काठमाडौं महानगरपालिका–४ गोकर्णमा भएको हो । प्रवेशिका उत्तीर्णपछि उनी मीनभवन क्याम्पस भर्ना भए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

क्याम्पस पढ्दै उनले बबरमहलस्थित सेज क्यारोलिनमा काम थालिसकेका थिए । त्यहाँ उनले सेफ र म्यानेजर दुवैको अनुभव लिए । सेज क्यारोलिनले पर्यटकीय नगरी पोखरामा शाखा विस्तार गर्ने भयो । फ्रेन्च फूड स्पेसलिस्ट समेत रहेका उनी पोखरा आउन तयार भए । 

आजभन्दा २२ वर्षअघिको कुरा हो, उनले पोखरमा सञ्चालित बिस्ट्रो क्यारोलिनमा काम थाले । सञ्चालक बिलाल जुले दिनेशलाई काम गर्न बेलाबेलामा प्रेरित गरिरहन्थे ।

दिनेशले त्यतिबेलै मासिक २० हजार रुपैयाँ जति कमाउँथे । त्यहाँ ४ वर्ष काम गरे उनले । पछि आफ्नै रेस्टुरेन्ट इग्रेट भ्यू खोलेर १८ जनालाई रोजगार दिए । बिस्ट्रो क्यारोलिनसम्म आइपुग्दा उनलाई रेस्टुरेन्ट क्षेत्रबारे थोरबहुत अनुभव भइसकेको थियो । 

आफूले नै रेस्टुरेन्ट खोल्दा सञ्चालक बिलालले निकै सघाएको उनको सम्झना छ । निरन्तर मिहिनत र परिश्रमले रेस्टुरेन्ट राम्रै चल्दै गयो । ग्राहकको आकर्षण बढ्यो, कमाइ राम्रै हुन्थ्यो तर पछि नेपालमा माओवादी सशस्त्र द्वन्द्वले समस्या पार्‍यो । रेस्टुरेन्टकै नाम परिवर्तन गरेर ला पिजेरिया नामक रेस्टुरेन्ट बनाए । उनी कहाँ बन्ने फायर उड पिँजा पोखरामै पहिलो भएको उनको दाबी छ । त्यसअघि पोखरामा फायर उड पिँजा कसैले बनाउँदैनथे रे ! त्यसबाट थप ‘गूडविल’ प्राप्त गरे उनले । रेस्टुरेन्टले राम्रो कमायो ।

उनीकहाँ करीब ४० जनाले काम गर्थे । अकस्मात उनकी पत्नी बिरामी परी ज्यान गुमाइन् । अत्यन्तै माया गर्ने पत्नीलाई गुमाउनुपर्दा उनी विक्षिप्त बने । चाइनिजले १ करोड २० लाख रुपैयाँमा रेस्टुरेन्ट किन्छु भनी प्रस्ताव राख्दा बिक्री नगरेका उनले जीवनसंगिनी गुमाउँदाको चोटमा राजेश गुरुङलाई ५० लाख रुपैयाँमै रेस्टुरेन्ट बेचे ।

रेस्टुरेन्टको माथिल्लो भाग बिक्री गरे पनि उनले त्यसकै भूइँतलाका ४ कोठा बेचेका थिएनन् । यतिधेरै जनालाई रोजगारी दिएका उनले रेस्टुरेन्ट क्षेत्रमा झण्डै ८ वर्ष काम गरेर छाडे । 

... ... ...

नेपालमा नाङ्लो बेकरीले सुस्तश्रवण लगायत अपाङ्गता भएकालाई रोजगारी दिँदैआएको उनले थाहा पाएका थिए । उनको मनमा पनि त्यसखालका व्यक्तिलाई कसरी समेट्ने होला भन्ने लागिरहन्थ्यो तर ठ्याक्कै कुनै काम शुरू गरिसकेका थिएनन् । 

एक दिनको कुरा हो, लेकसाइडस्थित आफ्नै रेस्टुरेन्ट अघिल्तिरको सडकमा १ जना सडक बालकलाई कसैले कुटेको देखे, उनले छुटाए । ती बालक सुस्तश्रवण रहेछन् । त्यो दृश्यले उनको मन अमिलो भयो । 

फेरि एक दिन फेवातालमा कसैको शव तैरिरहेको छ भन्ने थाहा पाए । हेर्न जाँदा उनै सडक बालक रहेछन्, जो २ हप्ताअघि अरु २ सडक बालकबाटै कुटिएका थिए । उनलाई लाग्यो – अपाङ्गता भएका व्यक्तिहरू बेसहारा बन्दा जीवनमा कति धेरै ठक्कर खानुपरेको छ, हेपिनुपरेको छ । कतिपयको यसरी इहलीला नै समाप्त हुन पुगेको छ । यो घटनाले उनको मन नराम्ररी निमोठ्यो ।

उनले सोचे, ‘बेलैमा ती बालकका लागि केही व्यवस्था गर्न सकेको भए, ती बालकले आज यसरी अकालमा ज्यान गुमाउनुपर्ने रहेनछ ।’

एकातिर पत्नी गुमाउँदाको चोट, अर्कोतिर सडक बालकको मृत्यु । रातभरि सुत्न सकेनन् । केही गर्ने हुटहुटी जाग्यो । सो घटनाको चौबिसै घण्टा नबित्दै उनले नयाँ कार्ययोजना तय गरे अनि जन्मियो – एस हेल्पिङ ह्याण्ड्स ।

आजभन्दा ११ वर्षअघि जन्मिएको यो संस्थाबाट हालसम्म ५०० जनाभन्दा बढीले उद्यम सिकेका छन् । उनीहरू हाल पनि विभिन्न ठाउँमा रोजगाररत छन् । कतिपयले सानोतिनो लगानीमै आफैं उद्यम खोलेका छन् ।

दिनेशले यति ठूलो संख्याका अपाङ्गता भएका व्यक्तिलाई रोजगार दिँदैनथे भने उनीहरूले सायद अझै पनि समाजमा अवहेलना, तिरस्कारको सामना गरिरहनुपथ्र्यो । आर्जित सीपसँगै रोजगारीले दिनचर्या राम्रोसँग चलेको मात्र छैन, समाजमै उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको दिनेशको भनाइ छ  ।

गरे के हुँदैन ? मासिक लाख बढी कमाउने रेस्टुरेन्ट व्यवसाय छाडेर अपाङ्गता भएका व्यक्तिको हितमा ऊर्जाशील जीवन व्यतित गरे । तैपनि उनलाई समाजसेवासँगै आम्दानीको स्रोतमा कमी छैन । 

... .... ... 

एस हेल्पिङ ह्याण्ड्स पोखरा महानगरपालिका–६ लेकसाइडस्थित बाराहीघाटमा छ । यहाँ त्यस्तो ठूलो चर्चाको लागि होर्डिङ बोर्ड झुण्ड्याइएको छैन तर भित्र भने यहाँ निर्मित विभिन्न प्रकारका सामान लहरै सजाएर राखिएको छ । शोरूम भित्रैसम्म छिर्दा तान बुन्ने मशिन देख्न सकिन्छ । दृष्टिविहीन, सुस्तश्रवण, ह्वीलचियर प्रयोग गर्ने शारीरिक अपाङ्गता भएका व्यक्तिले बनाएका सल, स्वीटर, पञ्चो, पञ्जा, टोपी, ब्ल्याङ्केट खरिद गर्न ग्राहकको बरोबर भीड लाग्ने गर्छ । पोखरा घुम्न आउने नेपाली मात्र नभई तेस्रो मुलुकका पर्यटकले सहयोगको भावले पनि सहजै ती सामग्री खरिद गर्ने गरेको सञ्चालक दिनेशको अनुभव छ ।

यद्यपि २०७२ सालको विनाशकारी भूकम्प र २ वर्ष देखापरेको कोरोना महामारीले केही असर पारेको छ । 

स्थापनाकालदेखि नै धेरैभन्दा धेरैलाई कसरी रोजगारी दिन सकिन्छ भन्नेबारे योजना बुनिरहन्थे दिनेश । रेस्टुरेन्ट व्यवसायमा राम्रो ज्ञान भए पनि शुरूआतमा तान बुनाइ र पस्मिनाबारे जानकारी पनि थिएन, जान्नेसुन्नेलाई भेटे । गण्डकी बहिरा संघ, दृष्टिविहीन संघ, सिविन लगायत फरक क्षमता भएकाका व्यक्तिको हितमा काम गर्ने संघसंस्थासँग सहकार्य गरे । पछि बुझ्दै गए । स्पा र पस्मिनाको काम सुस्तश्रवण भएकाले पनि गर्न सक्छन् भन्ने लागेपछि ५ जना त्यस्तो प्रकृतिका व्यक्तिलाई तालिमसहित रोजगारी दिए ।

उनले छिमेकी जिल्लाका अपाङ्गता भएका व्यक्तिलाई पनि भेटे । शुरूआतमा चितवनबाट ७ जनालाई ल्याए भने थप दृष्टिविहीन थपिँदै गए । 

काठमाडौं उपत्यकाको लुभुबाट १ जना बंगाली प्रशिक्षक मगाएर फरक क्षमता भएकालाई तान बुनाइको सीपसँगै रोजगारी दिन थाले उनी । अहिले विकास पौडेल प्रशिक्षक छन् । सुस्तश्रवण भएका पौडेल यहीँका उत्पादक हुन् । जो पहिलो वर्ष यहीँ संस्थामा सिक्न आएका थिए ।

तान बुनाइ सीप सिक्न बढीमा १ वर्षसम्म लाग्दो रहेछ । अपाङ्गताको प्रकृति हेरेर समय घटबढ हुन्छ । दृष्टिविहीनलाई अरुको तुलनामा सिकाउन समय लाग्ने उनको भनाइ छ । नभए ह्वीलचियर मात्र प्रयोग गर्ने शारीरिक अपाङ्गता भएकाले ३ महिनामा पनि कोर्स पूरा गर्न सक्दा रहेछन् । 

यहाँ सीप सिकुञ्जेल खानेबस्ने सुविधा मिल्छ । सिकिसकेपछि यही काम गर्न चाहनेलाई मासिक तलबसहित रोजगार दिइन्छ । मजदुरका लागि सरकारले तोकेको न्यूनतम ज्यालाभन्दा कमी हुँदैन । अन्य सुविधाहरू खानेबस्ने, यातायात खर्च, मेडिकल खर्चलगायत मिल्छन् तर कोही आफ्नै गाउँठाउँमा गएर उद्यम गर्छु भनी आफैं उद्यममा लाग्ने गरेका छन् ।
 
शोरुमभित्र बाहेक लेकसाइडकै भित्री सडकमा ३ रोपनी जग्गा भाडामा लिएर कारखाना खोलेका थिए उनले । कोरोना महामारी शुरू हुने बेलामा ७० जनाको हाराहारीमा त्यहाँ कार्यरत थिए । सामान तयारीका लागि डाइङ, वुभिङ, फिनिसिङ, प्याकिङ त्यही हुन्थ्यो । कोरोना महामारीले व्यवसायमा नराम्ररी चोट पुर्‍यायो । लेकसाइडमा एउटा पनि विदेशी पर्यटक आउन छाडेपछि अधिकांशलाई उनले बिदा दिन बाध्य भए । तीमध्ये हाल सम्पर्कमा रहेकाहरूलाई परिस्थिति सहज बन्दै गए काममा फर्काउने योजना उनको छ ।

उनी भन्छन्, ‘उत्पादनभन्दा मागमा अहिले कमी छ । सबै जनाले कोरोनाको खोप लगाएर परिस्थिति सहज बन्दै गए व्यवसाय पहिलेकै ठाउँमा फर्किएला कि !’

लकडाउनको बेलामा पनि घरभाडा तथा सरकारलाई नियमित कर तिर्नुपर्ने कठिन परिस्थितिबीच पनि आफ्नो संस्थासँग जोडिएका अपाङ्गता भएका व्यक्तिलाई दशैं खर्च पनि दिएको उनले सुनाए । उनीहरूलाई कोभिडको समयमा ५–६ महिनासम्म पुग्ने गरी खाद्यान्न वितरण गरे । 

यहाँ उत्पादिन सामानका कच्चा पदार्थ केही स्वदेश र बाँकी चीनबाटै मगाउनुपर्छ । यहाँ उत्पादित सामानको देशविदेशका प्रदर्शनीमा समेत देखाउँदै आएका उनी २ वर्षदेखिको कोरोनाका कारण वञ्चित रहेको गुनासो गर्छन् । बिक्री गर्ने सामानमध्ये ६० प्रतिशतसम्म दृष्टिविहीन तथा सुस्तश्रवण भएका व्यक्तिले बनाउँछन् । बाँकी डिजिटल प्रिन्ट, ब्रस पेन्ट, फिनिसिङको लागि बाहिरबाट दक्ष जनशक्ति ल्याएर अन्तिम रूप दिनुपर्छ । 

उनले आफूहरूले सञ्चालन गर्दै आएको एस हेल्पिङ ह्याण्ड डट ओआरजीलाई अनलाइनमार्फत सामान किनबेचको थलो बनाउने तयारीमा रहेको बताए । अपाङ्गता भएका जोकोहीले निर्माण गरेको कुनै पनि सामान यही साइटमार्फत अकाउन्ट खोलेर बिक्रीका लागि राख्न सक्ने र त्यसबाट डेलिभरी चार्ज छाडेर आयआर्जनमा सहज बनाउने उनको तयारी छ । 

दिनेशले यो मात्र गरेका छैनन्, उनले १ दशकदेखि नियमितरूपमा दृष्टिविहीनका लागि सेतो छडी निःशुल्क बाँड्दै आएका छन् । गत वर्ष लकडाउनमा पनि देशका विभिन्न ठाउँका दृष्टिविहीनलाई ३ हजार संख्यामा सेतो छडी वितरण गरेको उनले बताए । एस हेल्पिङ ह्याण्ड्सले वार्षिकरूपमा ३ हजारदेखि ७ हजार संख्यामा यसरी सेतो छडी वितरण गर्दै आएको उनको दाबी छ ।

हाल कोरोना महामारीले केही समस्या पारे पनि आगामी दिनमा अपाङ्गता भएका व्यक्तिका लागि थप केही गर्ने चाहना रहेको उनले सुनाए ।

यसरी दिनेश उद्यमी मात्र नभई बेसहाराका लागि गतिलो सहयोगी हुन् । टाढाटाढाबाट पनि उनकै खोजी हुने गरेको छ । ‘जीवनको एउटा महत्त्वपूर्ण घटनाले मलाई यस क्षेत्रमा लाग्न प्रेरित गर्‍यो,’ दिनेशले लोकान्तरसँगको कुराकानीमा भने, ‘जीवन जिउनु हो । जिउने फरक–फरक शैली होलान् । यसैमा म सन्तुष्ट छु ।’ 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३८ वर्षीय दिपेन्द्र ऐरको नियमित दिनचर्या बिहान ५ बजदेखि शुरू हुन्छ । ६–१० बजेसम्म उनी ३ वटा क्याम्पसका विद्यार्थीसँग साक्षात्कार गर्छन् । प्राध्यापन अवधिपछि...

माघ ८, २०७८

मोरङको बेलबारीका सन्तोष प्रसाई पढाइ सकेर जागिरको खोजीमा लागेका थिए । धरानको इन्जिनीयरिङ कलेजबाट मेकानिकल इन्जिनीयरिङ गरेका  प्रसाई आफ्नो पढाइसँग सुहाउँदो जागिरको खोजीमा थिए । तर उनले पढाइसँग मिल्द...

माघ १, २०७८

समाजशास्त्रमा स्नातकोत्तर गरेका हेटौंडा–४ का प्रकाश सुवेदी बट्टाई चरापालक किसान हुन् । ३६ वर्षीय प्रकाश स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिने बट्टाई चराको अण्डा र मासु बेचेर व्यवसायी बनेका छन् ।   प्रक...

माघ ८, २०७८

लोकेन्द्र भण्डारी लुम्बिनी क्षेत्रका चर्चित भलिबल खेलाडी हुन् । राष्ट्रिय भलिबल खेलाडी तथा ‘लेबल वान कोच’ भण्डारीलाई कोरोना महामारीले यस्तो असहज परिस्थति सिर्जना गरिदियो, आफ्नै गर्भवती पत्नी शोभा र पेटक...

माघ ९, २०७८

भक्तपुरको सूर्यविनायक बस्ने २३ वर्षीय रोशन बानियाँ (चार्ली) गहुँको छ्वालीबाट आकर्षक चित्र बनाउँछन् । सानैदेखि विभिन्न चित्र कोर्ने गरेका चार्लीले गहुँको छ्वालीबाट चित्र बनाउन थालेको झण्डै ४ वर्ष हुन लाग्यो ।...

माघ १, २०७८

विभिन्न ‘प्रोजेक्ट’को सिलसिलामा मेघनाथ आचार्य झण्डै ३ दशकअघि थाइल्यान्ड (बैंकक) पुगेका थिए । ‘लुम्बिनीबाट आएको हुँ’ भनेर परिचय दिँदा त्यहाँका नागरिकले उनका खुट्टा ढोगेपछि उनी सोचमग्न भ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...