१३ असार २०८३, शनिबार

चुनाव हारेपछि यी नेताले काटे आफ्नो आधा कपाल र जुँगा

मंसिर ३, २०७८
चुनाव हारेपछि यी नेताले काटे आफ्नो आधा कपाल र जुँगा

भारतको आन्ध्र प्रदेशमा निर्वाचनमा हार बेहोरेपछि टीडीपी दलका एक नेताले आधा कपाल र जुँगा काटेका छन् । 

कप्परा श्रीनिवासुलुले नेल्लोर नगरपालिका चुनावमा आश्चर्यजनक हारपछि उनले आधा कपाल काटेका हुन् ।

उनले टीडीपी प्रमुख चन्द्रबाबु नायडु सत्तामा नआउन्जेल कपाल र जुँगा आधा काटिरहने बताए । 

उनले घाँटीमा एउटा स्लेट झुण्ड्याएर मतदाताहरूलाई नायडु जिताउन तथा वाईएस जगनलाई हराउन आग्रह गरेका छन् । 

सत्तारूढ दल वाईएसआरसीपीले निर्वाचनमा धाँधली गरेको आरोप पनि उनले लगाए । मन्त्री अनिल कुमार र उनका समर्थकहरूले नेल्लोर निर्वाचनमा भोट किन्नका लागि पैसा खर्च गरेको उनको आरोप छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्