![सडकमा यसरी भयो नोटको वर्षा, सर्वसाधारणले खुशी हुँदै उठाए चाहिएजति पैसा ! [भिडियो]](https://lktcdn2.prixacdn.net/media/money_JrGRdRv3Rr.jpg)
मान्छे र संस्थाले पैसालाई जतन साथ राख्छ । हिजोआज त आर्थिक कारोबार अनलाइनबाट हुने भएकाले नगद धेरै सञ्चित गरिँदैन ।
तर अमेरिकामा नगद ढुवानी गरिरहेको एउटा ट्रकबाट नोटको वर्षा भएको छ । सडकमा छरप्रस्ट नोटहरूलाई सर्वसाधारणले चाहिएजति उठाएका छन् ।
अमेरिकाको दक्षिण क्यालिफोर्नियास्थित त्यो सडकमा यात्रा गरिरहेका सर्वसाधारणले आफ्ना गाडी र सवारीसाधनबाट बाहिर आएर नोट संकलन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यसैबीच अमेरिकी प्रहरीले भाइरल भिडियो हेरेर पैसा संकलन गर्नेको खोजी गरिरहेको छ । सडकबाट संकलन गरिएको पैसा फिर्ता नगरेमा आपराधिक मुद्दा चलाउने तयारी प्रहरीको छ ।
डेलीस्टारमा छापिएको रिपोर्टअनुसार यसरी सडकमा पैसाको वर्षा भएको घटना गत शुक्रवारको हो । ट्रकभित्र पैसाले भरिएका झोला फाटेर पैसा सडकमा छरप्रस्ट भएका जनाइएको छ ।
प्रहरीले नगद संकलन गर्ने २ जनालाई घटनास्थलबाट पक्राउ समेत गरेको समाचारमा उल्लेख छ । घटनाको २ घण्टासम्म राजमार्ग बन्द समेत गरिएको थियो भने २ घण्टापछि राजमार्ग खुलाइएको छ ।