१२ असार २०८३, शुक्रबार

श्रीलंकामा डुंगा पल्टिँदा ६ जनाको मृत्यु, ११ घाइते

मंसिर ७, २०७८
श्रीलंकामा डुंगा पल्टिँदा ६ जनाको मृत्यु, ११ घाइते
Image : istock

पूर्वी श्रीलंकामा मंगलवार बिहान डुंगा पल्टिँदा चार विद्यालयका बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार किन्निया, त्रिन्कोमालीमा पल्टिएको डुंगामा धेरै विद्यालयका बालबालिका सवार थिए । नौसेना र गोताखोरहरू तत्काल खोजी र उद्धार कार्यमा संलग्न भएका थिए । 

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार त्यस क्षेत्रमा ठूलो भीड जम्मा भएको थियो र केही स्थानीय स्वयंसेवकहरूले पनि बेपत्ता व्यक्तिहरूको खोजीमा नौसेनालाई सहयोग गरिरहेका थिए । 

बेपत्ताको सूचीमा केही विद्यालयका बालबालिका पनि छन् । घाइते ११ जनालाई नजिकैको राज्य अस्पतालमा भर्ना गरिएको छ । 

अत्यधिक यात्रु चापका कारण डुंगा पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी  गरेर थप अनुसन्धान गरेको छ । सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्