
भारतले भूकम्प प्रभावित भेनेजुएलामा राहत सामग्री र औषधि पठाएको छ ।
शुक्रबार ३५ टनभन्दा बढी राहत सामग्री र औषधि त्यसतर्फ पठाइएको भारतीय विदेशमन्त्री एस. जयशंकरले जानकारी दिएका छन् ।
उनका अनुसार दुई वटा विमानमार्फत राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन आवश्यक सामग्री भेनेजुएलातर्फ पठाइएको हो ।
भारत सरकार भेनेजुएला र त्यहाँका जनताको साथमा रहेको तथा आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताएका छन् ।
बुधबार रातिको दुई शक्तिशाली भूकम्पले भेनेजुएलामा कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब ४ हजार ३०० जना घाइते भएका छन् ।
भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएको छ ।
Operation Amistad underway!
— Dr. S. Jaishankar (@DrSJaishankar) June 26, 2026
Two @IAF_MCC C17s took-off today for Venezuela with urgent assistance to support their post-earthquake relief efforts.
The assistance contains an Indian Army @adgpi Field Hospital Unit and over 35 tons of relief supplies, medicines and medical… pic.twitter.com/Dcq8P065tp
राहत सामग्रीमा एम्बुलेन्ससहित औषधि तथा चिकित्सकीय उपकरणहरू छन् ।
हेर्नुहोस्, तस्वीहरू :



