०९ साउन २०८३, शनिबार

कोरोनाको नयाँ भेरिएन्टले बढायो चिन्ता

मंसिर १०, २०७८
कोरोनाको नयाँ भेरिएन्टले बढायो चिन्ता

कोरोनाभाइरसका नयाँ नयाँ भेरिएन्टहरू आएर आतंक मच्चाउने काम जारी राखेका छन् । 

पछिल्लो अफ्रिकी भेरिएन्ट अहिलेसम्मकै सबभन्दा बढी रूप परिवर्तन गरेको (म्युटेटेड) भएको बताइएको छ । वैज्ञानिकहरूले यसलाई तर्साउने किसिमको भनी वर्णन गरेका छन् । 

यस भेरिएन्टबाट संक्रमित भएको भनी पुष्टि गरिएका केस दक्षिण अफ्रिकाको एक प्रान्तमा सीमित छ । तर यो थप फैलिनसक्ने संकेत छ । 

नयाँ भेरिएन्ट कति छिटो फैलिने हो भन्ने विषयमा विभिन्न प्रश्न छन् । खोपले दिएको सुरक्षालाई यसले छल्ने विषयमा पनि प्रश्न अनुत्तरित छन् । 

यस नयाँ भेरिएन्टलाई बी.१.१.५२९ नाम दिइएको छ र विश्व स्वास्थ्य संगठनले शुक्रवारलाई ग्रिसेली कोड नेम दिन सक्नेछ । 

अविश्वसनीय तरिकाले यो म्युटेसन भइरहेको छ । दक्षिण अफ्रिकामा रहेको सेन्टर फर एपिडेमिक रेस्पोन्सका प्रा टुलियो डी ओलिभिएराले यो अहिलेसम्म भेटिएका भेरिएन्टभन्दा नितान्त फरक रहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्