१० असार २०८३, बुधबार

विवाहमा बजाएको डीजेको आवाजले मरे ६३ कुखुरा !

मंसिर १०, २०७८
विवाहमा बजाएको डीजेको आवाजले मरे ६३ कुखुरा !

भारतको ओडिशामा अचम्म घटना घटेको छ । बालासोरको निलगिरिमा विवाहमा बजिरहेको डीजे र पटाकाका कारण ६३ कुखुरा मरेको बताइएको छ । 

पोल्ट्री फर्म सञ्चालक रञ्जितकुमार परिदाले जाहेरी पनि दर्ता गरेका छन् । 

उनका अनुसार आइतवार राति साढे ११ बजे एउटा जन्ती उनकै पोल्ट्री फर्मको बाटो भएर गएको थियो । यसक्रममा ठूलो आवाजमा डीजे बजाइएको थियो । उनले ब्याण्ड बजाउनेवालालाई आवाज कम गर्न आग्रह गरेका थिए तर बेहुलाका साथीहरू झगडा गर्न तम्सिएको परिदा बताउँछन् । 

दोस्रो दिन बिहान जब उनले एक पशु डाक्टरलाई कुखुराहरू मर्नुको कारण सोधे, तब डाक्टरले ‘हर्टअट्याक’का कारण कुखुरा मरेको भनेका थिए । त्यसपछि परिदा विवाहवाला घरमा क्षतिपूर्ति माग्न पुगेका थिए । तर, क्षतिपूर्ति दिन अस्वीकार गरेपछि परिदाले नीलगिरि थानामा उजुरी दर्ता गराएका थिए । 

आरोपी रामचन्द्र परिदाले रञ्जितले लगाएको आरोपमा हाँस्दै भने, ‘सडकमा गाडीमा कुखुराहरू लगिन्छ, त्यतिबेला हर्न र अन्य ठूला आवाजहरू पनि आएका हुन्छ । यस्तोमा कसरी सम्भव छ कि डीजेका कारण कुखुरा मरे । यद्यपि उनी मसँग आएर आवाज कम गर्न भनेका थिए, हामीले आवाज कम गरेका थियौं ।’

रञ्जिद परिदाका अनुसार १८० किलो कुखुराको नोक्सान भएको बताए । 

बालासोरका एसपी सुधांशु मिश्राका अनुसार यस विषय आपसी सहमतिमा समाधान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्