१७ असार २०८३, बुधबार

श्रीकृष्णकी भक्त अस्ट्रेलियाली महिला, पर्थमा बनाइन् वृन्दावन

मंसिर १३, २०७८
श्रीकृष्णकी भक्त अस्ट्रेलियाली महिला, पर्थमा बनाइन् वृन्दावन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार रेडियो प्रोगम मन की बातमा अस्ट्रेलियाली महिला जगततारिणीको चर्चा गरेका छन् । 

वृन्दावनमा लामो समय बिताएकी जगततारिणीको कृष्णभक्तिलाई मोदीले प्रशंसा गरेका हुन् । 

पश्चिमी अस्ट्रेलियाको पर्थमा जगततारिणीले सेके्रड इन्डिया ग्यालरी बनाएकी छन् । 

वृन्दावनमा १३ वर्ष बिताएर अस्ट्रेलिया पुगेकी जगततारिणीले कृष्णभक्तिमा वशीभूत भएर पर्थमा वृन्दावन बनाएकी छन् । 

त्यहाँ पुग्नेहरूले भारतका तीर्थहरू र विविध संस्कृतिको झलक देख्न पाउँछन् । भगवान् श्रीकृष्णले गोवर्धन पर्वतलाई कान्छी औंलामा उठाएको कलाकृति पनि त्यहाँ राखिएको छ । 

मेलबोर्नमा जन्मेर हुर्केकी जगततारिणी थिएटर र कलाकर्मका लागि सिड्नी गएकी थिइन् । संसार घुम्ने क्रममा उनी सन् १९७० मा वृन्दावन पुगेकी थिइन् । त्यहाँ उनी इस्कोनसँग जोडिइन् । 

सन् १९९६ मा उनी अस्ट्रेलिया फर्केपछि त्यहाँ नै कृष्णभक्तिको दियो जलाइरहेकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्