१७ असार २०८३, बुधबार

श्रीमानले जंगली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि ...

असार १७, २०८३
गुल्मी
श्रीमानले जंगली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि ...

गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउन थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुर्कोट–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।

गए राति करिब १:३० बजेको समयमा घाइते हुनुभएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
  
प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जङ्गली जनावर (बँदेल) नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेका थिए । मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्