×

NIC ASIA

कहाँ हराए कर फर्स्योट आयोगका यी दुई पदाधिकारी ?

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
काठमाडौं, १२ असार– राज्यलाई नोक्सान हुनेगरी अर्बौं रुपैयाँको राजश्व छुट दिइएको सम्बन्धमा तत्कालिन कर फर्स्योट आयोगका एक जना सदस्य आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुणामणि शर्मालाई पक्राउ गरेसँगै ‘फरार’ अन्य २ पदाधिकारी अझै सम्पर्कमा आउन सकेका छैनन् । कर फर्स्योट अनियमिततामा संलग्न आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकाललाई पक्राउ गर्न सार्वजनिक सूचना जारी गरेको करीव १ साता पुग्न लाग्दासमेत उनीहरू सम्पर्कमा आउन सकेका छैनन् ।

गत जेठ १९ गते चुणामणि शर्मालाई पक्राउ गरेर अनुसन्धान अघि बढाए पछि कर फर्स्योट अनियमितता सम्बन्धमा थप अनुसन्धानका लागि बाँकी २ पदाधिकारीलाई पनि अख्तियारले आयोगमा हाजिर हुन पत्र पठाएको थियो । तीन दिनको समय दिएर अख्तियारले उनीहरूलाई आयोगमा हाजिर हुन पत्र पठाएको थियो ।

समयावधि नै किटान गरेर अख्तियारले पत्र काटे पनि ती पदाधिकारी सम्पर्कमा नआएपछि अख्तियारले प्रहरी प्रधान कार्यालयमा पत्र पठाएर पक्राउ पूर्जी जारी गरेको छ । अख्तियारले गत बिहीवार गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर उनिहरूको पक्राउमा सहयोग गर्न सर्वसाधरणलाई अपिल समेत गरेको छ । त्यसयता अख्तियारले तीन दिन उनिहरूलाई पक्राउ गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

कहाँ गए ‘फरार’ पदाधिकारी ?
अख्तियार स्रोतका अनुसार तत्कालिन कर फर्स्योट आयोगका ती पदाधिकारी अहिले नेपालमा छैनन् । ‘अनुसन्धानमा संलग्न प्रहरीले उनिहरू दुवै जना पदाधिकारी अहिले नेपालभित्र नरहेको अनौपचारिक जानकारी अख्तियारलाई दिएका छन्,’ अख्तियार स्रोतले लोकान्तरसँग भन्यो ।
अख्तियारले गत जेठ अन्तिम साता ती पदाधिकारीलाई आयोगमा हाजिर हुन पत्र पठाए पनि सम्बन्धित पदाधिकारी फेला पार्न नसकेको बताएको थियो । सम्बन्धित पदाधिकारीलाई पत्र थमाउन नसकेपछि त्यसै बेला अख्तियारले उनीहरू नेपालमा नरहेको आशंका गरेको थियो ।

‘चुणामणि शर्मालाई पक्राउ गरेसँगै उनीहरू देश छाडेर भागेको हुनसक्छन्,’ अख्तियार स्रोतले भन्यो । प्रहरीले समेत त्यसको जानकारी दिएपछि उनीहरू नेपालमा नरहेको निष्कर्शमा अख्तियारका अधिकारी पुगेका छन् ।

प्रहरीले फरार ती पदाधिकारीलाई खोज्ने प्रयास गरिरहेको अख्तियार बताउँछ । ‘दुवै पदाधिकारी अहिले अख्तियार र प्रहरीसमेतलाई टाउको दुखाई भएका छन्,’ अख्तियार स्रोतले भन्यो ।

राजनीतिक संरक्षण अर्को अवरोध
कर फर्स्योट आयोगका पदाधिकारी महत र ढकाल दुवै राजनीतिक संलग्नताका हिसावले पनि चर्चामा रहँदै आएका छन् । महत नेपाली कांग्रेस निकट तथा त्यसमा पनि कांग्रेसका नेता र पूर्व अर्थमन्त्री रामशरण महतसँग नजिक मानिन्छन् ।

त्यस्तै, ढकाल पनि नेकपा एमाले निकट रहेको ठानिन्छ । दुवै पदाधिकारी राजनीतिक संलग्नताका हिसावले राजनीतिक दल निटक देखिएकाले त्यसले गर्दा पनि अनुसन्धानमा अवरोध भएको कतिपयको बुझाई छ । उनीहरूमाथि राजनीतिक संरक्षण रहेको मानिन्छ । यसअघि पक्राउ पर्नुअघि चुणामणि शर्माले पनि तीब्र लबिङ गरेपनि अन्ततः उनी पक्राउ परेका थिए ।

अख्तियारले कर फर्स्योटमा अनियमितता भएको सम्बन्धमा अनुसन्धान जारी राखेको छ । कर फर्स्योटका नाममा २१ अर्ब रुपैयाँ अनियमितता गरिएको र त्यसमाथि अनुसन्धान गर्नुपर्ने महालेखा परीक्षकको ५४ औं प्रतिवेदनले उल्लेख गरेपछि त्यसमाथि अख्तियार छानविन अघि बढाएको थियो ।

तत्कालिन कर फर्स्योट आयोगका एक सदस्य आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुणामणि शर्मालाई हिरासतमा लिएर अख्तियारले बयान लिइरहेको छ ।

कर फर्स्योटमा अनियमितता गरिएको भन्दै पक्राउ गरिएयता अख्तियारले अख्तियारले झण्डै आधा दर्जन पटक म्याद थपेर उनीसँग बयान लिइरहको छ ।

अख्तियार स्रोतका अनुसार राजश्व अनियमिततासँग जोडिएका झण्डै ११ सय ६९ फाईलमाथि अहिले अध्ययन भइरहेको छ । आयोगका दुई पदाधिकारी सम्पर्कमा नआउँदा अनुसन्धानमा जटिलता थपिएको अख्तियारले जनाएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x