१० साउन २०८३, आइतबार

फोक्सो जोगाउनका लागि खानुस् यी ७ खानेकुरा

मंसिर १९, २०७८
फोक्सो जोगाउनका लागि खानुस् यी ७ खानेकुरा

हिजोआज प्रदूषण निकै बढेकाले फोक्सो जोगाउन गाह्रो पर्न थालेको छ । वायु प्रदूषणले सास फेर्न अप्ठ्यारो पार्ने अनि मुटु, मिर्गौला र कलेजोलाई समेत हानि गर्छ । 

प्रदूषणको असरबाट बच्नका लागि यहाँ हामी केही खानेकुराका बारेमा बताउँदैछौं । तिनले शरीरलाई विषरहित बनाउन सहायता गर्छन् । 

लसुन

लसुनमा भएको एन्टीअक्सिडेन्ट र एन्टीइन्फ्लेम्मेटरी गुणका कारण फोक्सो र मिर्गौला विषरहित हुन्छ अनि रोगहरूको खतराबाट पनि बचिन्छ । 

अदुवा

आयुर्वेदिक गुणले भरपूर अदुवाले पनि प्रदूषणको असरबाट शरीरलाई जोगाउँछ । तरकारीमा अदुवा हालेर वा अदुवाको चिया बनाएर सेवन गर्न सक्नुहुन्छ । 

तुलसीका पात

दिनदिनै तीनवटा तुलसीका पात चपाउने गर्नुस् । त्यसले फोक्सोमा जमेको फोहर निकालिदिन्छ र कैयौं रोगबाट बचाउँछ । 

ओखर र आलस

ओखर र आलसको गेडालाई दहीमा राखेर पिउने गर्नुभएमा वायु प्रदूषणको हानिकारक असरबाट बच्नुहुनेछ । 

ज्वानो

ज्वानोमा भएको भिटामिन र पोषक तत्त्वले हिस्टामिनलाई घटाउँछन् । त्यसले फोक्सोमार्फत अक्सिजनको प्रवाहलाई सहज बनाउँछ । 

सक्खर 

प्रदूषणको असरलाई घटाउनुका साथै इम्युनिटी पावर बढाउनका लागि सक्खर लाभदायक छ । यसले फोक्सो र मिर्गौलालाई जोगाउँछ अनि रुघाखोकीबाट जोगाउँछ । 

मुलेठी

मुलेठीमा भएको एन्टी इन्फ्लेमेटरी गुणले प्रदूषणको असर घटाउनुका साथै फोक्सोको संक्रमण हटाउँछ । मुलेठी चुस्दा श्वासप्रश्वास सहज हुन्छ र गला पनि सफा हुन्छ । 

अनार

अनारले पनि शरीरमा फैलिएको विषाक्त पदार्थलाई सफा गरिदिन्छ । दिनदिनै एक कचौरा अनार खानुस् वा यसको जुस पिउनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्