२४ असार २०८३, बुधबार

कांग्रेस महाधिवेशन: प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

मंसिर २१, २०७८
कांग्रेस महाधिवेशन: प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

नेपाली कांग्रेसको मंसिर २४ गतेदेखि शुरू हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । 

राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ । 

हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । 

महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने उनले बताए । 

‘चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङको तयारी गरेका छौँ,’ पाण्डेले भने । समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गर्न लागेको छ । 

‘अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ,’ संयोजक पाण्डेले भने । मंसिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्