१० असार २०८३, बुधबार

यस्तो 'श्रापित' गाउँ, जहाँ केटीहरू केटा बन्छन्

मंसिर २१, २०७८
यस्तो 'श्रापित' गाउँ, जहाँ केटीहरू केटा बन्छन्
प्रतीकात्मक तस्वीर ।

मानिसको जन्मदेखि नै उसको लिंग तय भएको हुन्छ । तर, मानिसहरूले यस्तो प्रविधिको विकास गरेका छन् कि सर्जरीका माध्यमबाट अहिले लिंग परिवर्तन पनि गर्न सकिन्छ । 

तर, के तपाईंलाई थाहा छ ? विश्वमा एउटा यस्तो गाउँ पनि छ जहाँ उमेर बढेपछि केटीहरू केटा बन्छन्, त्यही पनि विनासर्जरी । ठूलो भएपछि त्यस गाउँका केटीहरूको लिंग आफैं परिवर्तन हुन्छ । 

त्यो गाउँको नामहो ला सेलिनास, जो डोमिनिकन रिपब्लिक भन्ने देशमा छ । यो गाउँका कैयौं केटीहरू १२ वर्षको उमेरबाट केटा बन्ने गर्छन् । यस्तो किन भइरहेको छ भनेर आजसम्म पनि वैज्ञानिकहरूले पत्ता लगाएका छैनन् । तर, गाउँवासी भने श्रापका कारण यस्तो भएको मान्छन् । 

ला सेलिनास गाउँका केटीहरू केटा बन्ने अनौठो रोगबाट पीडित छन् । गाउँका अगुवाहरू कुनै अदृश्य शक्तिको प्रभावका कारण यस्तो भएको भन्छन् । यहाँ यस्ता बच्चालाई ‘ग्वेदोजे’ भनिन्छ । 

यो रोगका कारण यहाँ केटीहरूको संख्या पनि कम भइरहेको छ । यो गाउँ समुद्र किनारमा छ र यसको जनसंख्या करीब ६ हजार छ । अनौठो रहस्यका कारण यो गाउँ विश्वभरका शोधकर्ताका लागि अनुसन्धानको विषय बनेको छ । 

अर्कोतर्फ डाक्टरका अनुसार यो रोग आनुवांशिक विकास हो । यो गाउँमा ९० मध्ये एक बच्चा यो रोगबाट ग्रसित हुने गरेको बताइन्छ । 

यो रोगबाट ग्रसित केटीहरूमा उमेर बढ्दै जाँदा पुरुषको जस्तो अंग बन्न थाल्छ । साथै आवाज पनि  धोद्रो हुन लाग्छ र शरीरमा परिवर्तन देखा पर्न थाल्छ । विस्तारै केटीदेखि केटा बनाउँछ । -अमरउजालाबाट

salt training

कमेन्ट गर्नुहोस्