
मानिसको जन्मदेखि नै उसको लिंग तय भएको हुन्छ । तर, मानिसहरूले यस्तो प्रविधिको विकास गरेका छन् कि सर्जरीका माध्यमबाट अहिले लिंग परिवर्तन पनि गर्न सकिन्छ ।
तर, के तपाईंलाई थाहा छ ? विश्वमा एउटा यस्तो गाउँ पनि छ जहाँ उमेर बढेपछि केटीहरू केटा बन्छन्, त्यही पनि विनासर्जरी । ठूलो भएपछि त्यस गाउँका केटीहरूको लिंग आफैं परिवर्तन हुन्छ ।
त्यो गाउँको नामहो ला सेलिनास, जो डोमिनिकन रिपब्लिक भन्ने देशमा छ । यो गाउँका कैयौं केटीहरू १२ वर्षको उमेरबाट केटा बन्ने गर्छन् । यस्तो किन भइरहेको छ भनेर आजसम्म पनि वैज्ञानिकहरूले पत्ता लगाएका छैनन् । तर, गाउँवासी भने श्रापका कारण यस्तो भएको मान्छन् ।
ला सेलिनास गाउँका केटीहरू केटा बन्ने अनौठो रोगबाट पीडित छन् । गाउँका अगुवाहरू कुनै अदृश्य शक्तिको प्रभावका कारण यस्तो भएको भन्छन् । यहाँ यस्ता बच्चालाई ‘ग्वेदोजे’ भनिन्छ ।
यो रोगका कारण यहाँ केटीहरूको संख्या पनि कम भइरहेको छ । यो गाउँ समुद्र किनारमा छ र यसको जनसंख्या करीब ६ हजार छ । अनौठो रहस्यका कारण यो गाउँ विश्वभरका शोधकर्ताका लागि अनुसन्धानको विषय बनेको छ ।
अर्कोतर्फ डाक्टरका अनुसार यो रोग आनुवांशिक विकास हो । यो गाउँमा ९० मध्ये एक बच्चा यो रोगबाट ग्रसित हुने गरेको बताइन्छ ।
यो रोगबाट ग्रसित केटीहरूमा उमेर बढ्दै जाँदा पुरुषको जस्तो अंग बन्न थाल्छ । साथै आवाज पनि धोद्रो हुन लाग्छ र शरीरमा परिवर्तन देखा पर्न थाल्छ । विस्तारै केटीदेखि केटा बनाउँछ । -अमरउजालाबाट