×

NMB BANK
NIC ASIA

नाडालाई अटोमोबाइल्सका सबै व्यवसायीको साझा संस्था बनाउन मेरो उम्मेदवारीः दीपककुमार अग्रवाल [अन्तर्वार्ता]

मंसिर २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ४५ औं साधारण सभा बुधवार र बिहीवार हुँदैछ  । 

Muktinath Bank

नाडाको अध्यक्ष पदमा युवा व्यवसायी करण चौधरी र ध्रुव थापाले प्यानल नै बनाएर उम्मेदवारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहमतिको प्रयास भएपनि नाडामा अहिलेसम्म सहमति हुन सकेको छैन । अब सहमतिको सम्भावना सकिएको दुवै पक्षका उम्मेदवारहरूले बताउन थालेका छन् ।


Advertisment
Nabil box
Kumari

यसबीचमा लोकान्तरले नाडाको निर्वाचनमा थापा प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका व्यवसायी दीपककुमार अग्रवालसँग नाडा निर्वाचन विशेष सम्वाद गरेको छ ।

Vianet communication
Laxmi Bank

अग्रवाल नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोर्टर्सका डाइरेक्टर हुन् । 

प्रस्तुत छ, दीपककुमार अग्रवालसँगको सम्वादको सम्पादित अंशः

नाडाको निर्वाचनको पूर्वसन्ध्यामा छौँ । निर्वाचनको तयारी कसरी गरिरहनुभएको छ ? 

चुनाव जोडले लागेको छ । हामीले करीब तीन महिनादेखि नै चुनावको तयारी गरिरहेका छौँ । काठमाडौंदेखि देशभर नै विभिन्न क्याम्पेन तथा कार्यक्रमहरूको आयोजना गरेका छौं ।

हाम्रा मतदाता तथा व्यवसायीहरूसँग हामीले प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै तरिकाले मतदातालाई राख्ने र आफ्नो एजेन्डा राख्ने काम नै भइरहेको छ । अब त निर्वाचन नै आइसक्यो । हामी निर्वाचनमा जोडतोडका साथ लागिरहेका छौं । अहिले पनि काठमाडौंका व्यवसायीहरूसँग मत मागेर आएका हौँ ।

नाडामा सहमतिमै नेतृत्व चयन गर्ने चर्चा पनि थियो । अब सहमतिबाट नेतृत्व चयन गर्ने सम्भावना सकिएको हो ? 

आइतवार उम्मेदवारी घोषणाको कार्यक्रम थियो । उम्मेदवारी घोषणा गर्दासम्म पनि हामीले सहमतिमा हुन्छ कि भनेर छलफल गरेका थियौँ । तर भएन । सहमतिको बाटो २३ गते बिहान ८ बजेसम्म पनि खुला छ । यसरी हेर्दा सहमतिको सम्भावना अझै छ । सहमतिका लागि प्रयत्न नभएका पनि होइनन् । तर केही असमझदारी देखिएका छन्, त्यसकारण सहमति जुट्ने जस्तो अवस्था मैले व्यक्तिगत रूपमा देखेको छैन ।

सहमतिका लागि बाधक के बन्यो ? 

सहमतिको बुँदा मिलेर आउने कुरा हो । अहिलेको मुख्य कुरा नै अध्यक्ष अहिले को हुने भन्ने हो । यस विषयमा सहमति हुँदा अन्य कुराहरू सहमति हुन्छन् भन्ने मलाई लाग्छ ।

नाडामा धुव्र थापाको अनुभव लामो छ, उहाँले सबैलाई एकैठाउँमा ल्याएर काम गर्न सक्ने नेतृत्व क्षमता छ, जसमा हामी सबैले विश्वास गरेका छौँ । त्यसकारण हामीले अहिले ध्रुव थापालाई अध्यक्ष बनाऔँ भनेका हौँ ।

अर्को प्यानलले यसलाई नमानेको अवस्था भएकाले सहमति हुन नसकेको हो । चुनावमा पनि सजिलै जित्ने हाम्रो विश्वास रहेकाले यसबाट पछि हट्न नसकिने भएको हो । जसले गर्दा सहमति हुन सकेको छैन ।

नाडाको सदस्य पदमा तपाईंको उम्मेदवारी किन ? 

नाडामा अटोमोबाइल्स व्यवसायसँग सम्बन्धित सबै स्टेकहोल्डर तथा व्यवसायीको साझा नाडा बनाउन मेरो उम्मेदवारी हो । सक्रिय सहभागिता, पारदर्शिता तथा स्वस्थ नाडा बनाउन मेरो उम्मेदवारी हो ।

तपाईंले आफूलाई नाडामा ‘विद्रोही सदस्य’को रूपमा चिनाउँदै आउनुभएको छ । कार्यसमितिमा रहेर काम पनि गर्नुभयो । आफ्नो कार्यकालमा तपाईंले गर्नुभएका मुख्य काम के के हुन् ?

म नाडाको राजस्व समितिमा पनि छु । हामीले नाडामा विभिन्न तालिम, प्रशिक्षणहरू दिने काम गरेका छौँ । सूचनामूलक, करको दर र दायरामा हुने घटबढ लगायतका विषयमा पनि हामीले तालिम तथा प्रशिक्षण दिएका छौँ ।

साथै म मोटरसाइकल समितिमा पनि छु  । यस कमिटीमा पनि विभिन्न चरणमा विभिन्न तरिकाले करको विषयमा बुझाउने, प्राविधिक विषयहरू यातायात विभाग, यातायात मन्त्रालय वा सरकार जहाँजहाँ छलफल गर्नुपर्नेछ त्यहाँत्यहाँ मेरै सक्रियतामा काम भएको छ । समसामयिक विषयमा ज्ञापनपत्र बुझाउनेदेखि अन्य नीतिगत छलफलमा पनि हामीले काम गरेका छौँ ।

यसबाहेक कतिपय कामहरू मैले चाहेर पनि गर्न नपाएको वा गर्नका लागि आवश्यक साथ नपाएको अवस्था रह्यो । 

गर्न चाहेर पनि नसकेको वा गर्न नपाएका कामहरू पनि छन् कि ?

संस्थागत स्वार्थभन्दा पनि व्यक्तिगत स्वार्थ टीममा हावी हुँदा कतिपय संस्थागत काम गर्न अवरोध हुने रहेछ । अहिले निर्वाचनको पूर्वसन्ध्यामा यसबारे थप म बोल्न चाहिनँ ।

कतिपटक त मैले संस्थामा नै यी कुराहरू राखिसकेको छु, असन्तुष्टिहरू राखिसकेको छु । मैले लिएर जाने गरेको समसामयिक विषयवस्तुहरूमा काम गर्न नदिइएको मैले महशुस गरेको छु । त्यसैकारण पनि नाडालाई सबैको साझा नाडा बनाउनका लागि हामी अहिले नयाँ टीमका लागि कस्सिएका हौँ ।

फेरि निर्वाचित हुनुभयो भने नाडामा तपाईंले के के नयाँ काम गर्ने योजना बनाउनुभएको छ ? 

हामी सबैको साझा नाडा बनाउनु नै नाडामा हाम्रो मुख्य काम हुनेछ । यस्तै पारदर्शितामा पनि हामीले विशेष जोड दिनेछौँ ।

सबैको समान सहभागिता आजको मुख्य आवश्यकता हो, यसलाई मूर्त रूप दिन म लाग्नेछु । यस्तै डेटा सेन्टरको रूपमा नाडाले सबै कुराको तथ्यांक नाडामा उपलब्ध हुनुपर्छ । अहिलेसम्म त्यसो हुन सकेको छैन । तर अब हामी नेतृत्वमा चुनियौँ भने हामीले मुख्य रूपमा यसलाई व्यवस्थापन गरेर तथ्यांकका लागि डाटा सेन्टर निर्माण गर्नेछौँ । 

नाडा प्रादेशिक स्तरमा पुगिसकेको छ । यसलाई अझै शक्तिशाली बनाउँदै जाने र विकेन्द्रीकृत गर्दै लैजाने विषयमा काम गर्नेछौँ । 

यस्तै नीति निर्माणमा पनि हामी कसरी सहभागी हुने भन्ने विषयमा खोज अनुसन्धान गर्नेछौँ । सबै क्षेत्रका समस्याहरूको सुक्ष्म अध्ययन गर्ने र त्यसलाई नीति निर्माण तहसम्म पुर्‍याएर समस्या समाधानमा लाग्नेमा हाम्रो जोड हुनेछ । 

कुनै समस्या आएपछि त्यसको समाधानमा जानुभन्दा पनि समस्या र समाधान पनि सँगै लैजाने र त्यो ‘ब्रीजग्याप’को काम पनि हाम्रो महत्वपूर्ण एजेन्डा हुनेछ । हामी व्यवसायी र सरकारी निकायको बीचमा रहेर समन्वयको भूमिकामा  समेत हुनेछौँ । 

हामी नेतृत्वमा आएको खण्डमा सबैको सहभागिता हुनेछ । हामी कोही पनि माथि अध्यक्ष र तल सदस्य भन्ने खालको सम्बन्धमा रहँदैनौं । कसैले भोलि चुनाव नजिते पनि उसको सहभागिता नेतृत्व तहसम्म रहनेछ । जसबाट तपाईं आफ्नो आवाजलाई माथिसम्म पुर्‍याउन सक्नुहुनेछ । हामीले नाडालाई यस्तो विशेष बनाउने सोचमा छौँ ।

पछिल्लो समय धेरै जनशक्ति वैदेशिक रोजगारीमा गइरहेका छन् । हामीले यसलाई कसरी कम गर्न सक्छौँ त्यस विषयमा पनि केही काम गर्ने, नेपालमै अथवा अटोमोबाइल्स सेक्टरमै रोजगारी सिर्जना गर्ने जस्ता काममा हामीले मूल ध्यान केन्द्रित गर्छौँ । 

नाडा कार्यसमितिले ज्ञापनपत्र बुझाउनमा मात्र सीमित भएको तर व्यवसायीको हितमा काम गर्न भने नसकेको गुनासो आइरहन्छ । तपाईं समेत रहनुभएको समूहले यस्तो गुनासो आउन नदिन के कसरी काम गर्छ ?

व्यवसायीको मात्र हैन यो हाम्रो पनि गुनासो हो । माथि भनिएजस्तै मोबिलाइजेसन, संघ संस्थाबीच साझेदारी कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीले ध्यान दिनुपर्छ । बजेट र मौद्रिक नीति आउने समय र आएपछि ४ पाना सुझाव र प्रतिक्रिया दिएर मात्र नाडा अगाडि बढ्न सक्दैन ।

हामी सरकारको सल्लाहकार बनेर बस्न सक्नुपर्छ । एउटा टीम भयौँ भने मात्र हामी अगाडि बढ्न सक्छौँ । हामीले टीमलाई एकढिक्का बनाएर सरकारको सल्लाहकार नै बन्नेगरी अगाडि बढ्छौँ ।

पछिल्लो समय विद्युतीय सवारीमा प्रयोगकर्ताको रूचि देखिन्छ, त्यसको आपूर्ति र व्यवस्थापनमा नाडाले के काम गर्न सक्छ ? तपाईंका केही योजना छन् ?

पहिलोपटक हाम्रो टीममा महिला उम्मेदवार हुनुहुन्छ । उहाँ (यमुना श्रेष्ठ) विद्युतीय गाडीको इम्पोर्टर र डिस्ट्रिब्युटर हुनुहुन्छ । टीममा उहाँलाई ल्याउनुको मुख्य उद्देश्य नै नाडामा विद्युतीय सवारीसाधनलाई पनि महत्त्वका साथ स्थान दिने र अगाडि बढ्ने भन्ने हो ।  

भोलिका दिनमा आउने समस्याहरूलाई हामीले पहिचान गर्न सक्नुपर्छ । अहिले चार्जिङ स्टेसनको महत्त्वपूर्ण विकास आवश्यक छ । चार्जिङ स्टेसन, ब्याट्री, विद्युतीय सवारी साधनका लागि आवश्यक तालिमहरू, प्राविधिक अग्रेडेसनका कुराहरूमा हामीले विशेष ध्यान दिन्छौं । यसका लागि विभिन्न प्रयासहरू र कामहरू गर्छौँ ।

महामारीपछि भर्खरै उठ्दै गरेको अटोमोबाइल्स व्यवसायलाई थप प्रवर्द्धन गर्न के गर्न सकिएला ? 

हामीले भोलि निर्वाचन जितौँ वा हारौँ, हामीले अहिले यही टीम बलियो बनाउन लागिसकेका छौँ । विभिन्न टास्क फोर्स बनाएर हामीले काम गरेर अगाडि बढ्नेनै छौँ । 

केकस्ता समस्या छन् अटोमोबाइल्स व्यवसायमा त्यसको खोज, अध्ययन, अनुसन्धान र समाधान समेतका लागि हामीले काम गर्नेछौँ ।

हामीसँग सार्वजनिक यातायातको राम्रो व्यवस्था छैन । सडक, पुलजस्ता पूर्वाधारहरू पनि विकास भइसकेका छैनन् । यसमा कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ ? भन्नेबारे महत्त्वपूर्ण निष्कर्ष निकालेर समस्या समाधान गर्न दक्ष टीम हामीले बनाएका छौँ । देश विकासको आधार बन्नेगरी नै हामी अगाडि बढेका छौँ । यसले नै व्यवसायलाई प्रवर्द्धन गर्नेछ  । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x