१८ असार २०८३, बिहीबार

उपकुलपतिमा डा महतो नियुक्त

मंसिर २१, २०७८
उपकुलपतिमा डा महतो नियुक्त

प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा वैद्यनाथ महतोलाई नियुक्त गरेको छ । सहकुलपति तथा सामाजिक विकासमन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री लालबाबु राउतले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा महतोलाई नियुक्त गरेका हुन्।

    कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालनको सुरुआतको सिलसिलामा प्रदेश २ का नीति तथा योजना आयोगका पूर्वसदस्यसमेत रहेका सिरहाको मिर्चैया नगरपालिका–२ निवासी डा महतोलाई उपकुलपतिमा नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्