चितवन १३ असार– मुग्लिन–नारायणगढ सडक खण्डको अबस्थाको स्थलगत अनुगमनका लागि संसदको विकास समितिको टोली चितवन पुगेको छ ।
राजमार्ग विस्तारमा भइरहेको ढिलासुस्तीका कारण यात्रुहरुले सास्ती व्यहोर्नु परेको जनगुनासो पछि संसदीय टोलीले् स्थलगत निरिक्षण गरेको हो ।
सडक विस्तारमा भइरहेको ढिलासुस्तीले सो सडक हुँदै हिडने यात्रुले घण्टौसम्म जाममा पर्नु परेको छ । सडक विस्तारका क्रममा पहाड खनिएपछि पहिरो जाने क्रम जारी छ । जसका कारण बर्षा सुरुभएपछि समय समयमा उक्त सडक अवरुद्ध हुँदै आएको छ ।
विकास समितका सभापति रवीन्द्र अधिकारी सहितको संसदीय टोलीले सडक निर्माण अवस्था र पहिरोले पारेको कठिनाइ र समाधानको उपायवारे छलफल गर्न लागेको हो । संसदीय टोलीले सडक विभाग लगायत सरोकारवाला सरकारी निकायका अधिकारीहरुसँग छलफल गर्ने तयारी गरेको छ ।