नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना बिहीवार राति साढे १२ बजे सकिएको छ ।
मतगणनामा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन्।
झिनाे मतान्तरले गुरुङ विजयी भएका छन् ।