०१ साउन २०८३, शुक्रबार

रेमिट्यान्स आप्रवाहमा गिरावट, असोजभन्दा कात्तिकमा झन् घट्यो

पुस १, २०७८
रेमिट्यान्स आप्रवाहमा गिरावट, असोजभन्दा कात्तिकमा झन् घट्यो

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म रेमिट्यान्स (विप्रेषण आप्रवाह)मा गिरावट आउने क्रममा आप्रवाह दर ७ दशमलव ५ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको विवरणअनुसार कात्तिक मसान्तसम्म कूल ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७ दशमलव ५ प्रतिशतले न्यून हो ।

गत आवको सोही अवधिमा ३ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले बढेको थियो ।

चालू आवको कात्तिक महिनामा भित्रिएको रेमिट्यान्स रकम असोजको तुलनामा झन् घटेको छ । कात्तिकमा मात्र ७३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ तर चालू आर्थिक वर्षको असोज महिनामा करीब ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

चालू आवको कात्तिकसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्यात्मक रूपमा वृद्धि भई ९६ हजार ३८२ जना पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ९५ दशमलव ७ प्रतिशतले घटेको थियो ।

यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९ दशमलव १ प्रतिशतले वृद्धि भई ५९ हजार ७२३ जना पुगेको छ ।

गत आवको सोही अवधिमा यस्तो संख्या ७८ दशमलव ९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई ९६ हजार ३८२ जना पुग्नु मुलुकको श्रम व्यवस्थापनका लागि निकै राम्रो पक्ष भएको सम्बन्धित सरोकारवालाको भनाइ छ ।

उनीहरूले कोरोना कहरबीच वैदेशिक रोजगारीमा जाने संख्या निकै राम्रो भएको बताएका छन् ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या समीक्षा अवधिमा २४९ दशमलव १ प्रतिशतले वृद्धि भई ५९ हजार ७२३ जना पुगेको छ ।

समीक्षा अवधिमा चालू आवको कात्तिकसम्ममा खुद ट्रान्सफर ७ दशमलव ४ प्रतिशतले कमी आई ३ खर्ब ४५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर ८ दशमलव ९ प्रतिशतले बढेको थियो । राजधानीमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्