पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आजभोलिका विज्ञापनमा महिलाको बढी नै अंग प्रदर्शन गरिएको देख्न पाइन्छ । नग्नताको प्रदर्शन नगरी कुनै वस्तुको बिक्री नै हुँदैन भने जसरी सामाजिक सञ्जाल र आमसञ्चारमा भिडियो र फोटो देख्न पाइन्छ ।
अहिलेको प्रविधियुक्त समाजमा सबै कुरा भर्चुअल माध्यमबाट देख्न पाइन्छ । टेलिभिजन इन्टरनेटमा आधारित टिभी र युट्ब्युब च्यानलहरूमा विज्ञापनको माध्यमबाट देहको भर्चुअल व्यापार गरिन्छ ।
विज्ञापनसँग सम्बन्धित पुरानो उखान छ, 'बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन' । त्यतिबेला पिठोलाई कमसल वस्तु र चामललाई राम्रो खाने कुराको रूपमा लिइन्थ्यो । हुन त सबै खानेकुराहरूको आ–आफ्नै ठाउँमा महत्त्व छ । त्यतिबेलाको अवधारणाअनुसार नराम्रो र कमसल चिजको प्रचार गर्यो भने पनि बिक्री हुन्छ, तर असल चिजको प्रचार भएन भने व्यापार बढ्न नसक्ने भनेर विज्ञापनको महत्त्वलाई दर्साइएको हो ।
विज्ञापनले उपभोक्ता र उद्योगीबीचमा पुलको कम गर्छ । उपभोक्तालाई वस्तुको बारेमा विस्तृत जानकारी दिएर उत्पादक कम्पनीको व्यापार बढाउनमा समन्वयकारी भूमिका खेल्ने काम गर्छ । त्यसकारण विज्ञापन जरुरी छ, तर कस्ता विज्ञापन भन्ने प्रश्न पनि सँगसँगै आउँछ ।
बहुराष्ट्रिय कम्पनीहरूले विज्ञापनका लागि करोडौं/अर्बौं रूपैयाँ/डलर खर्च गरिरहेका छन् । उनीहरूले विज्ञापन कै लागि आफ्नै सञ्चार माध्यम बनाउने र ब्राण्ड एम्बास्डर समेत राख्ने गरेको पाइन्छ ।
त्यस्ता ब्राण्डका वस्तुहरू राम्रा र स्तरीय छन् भनेर उपभोक्तालाई खरिद गर्नका लागि लालायित बनाउने काम पनि विज्ञापनले गरेको हुन्छ । विभिन्न ब्राण्डका उत्पादनहरूको विज्ञापन गर्दा आजभोलि महिलाको अर्धनग्न शरीर देखाएर आकर्षित गर्न खोजेको पाइन्छ । केही उत्पादित वस्तुहरूको विज्ञापनमा महिलाको नग्नता प्रदर्शन गरेर ग्राहकको ध्यान खिच्न खोजिन्छ ।
उत्पादित वस्तुको प्याकेटमा देखिने महिलाका अर्धनग्न तस्वीर या टेलिभिजन युट्बमा आउने भर्चुअल दृश्य दर्शकले खोजीखोजी हेर्लान्, तर उक्त उत्पादन किन्न आकर्षित भाइहाल्छन् भन्ने लाग्दैन ।
धेरैपटक हेर्दा उक्त उत्पादन र कम्पनीको नाम पनि जानकारी होला, तर खरिद गर्नुपर्ने नहुन पनि सक्छ । महिलासँग सरोकार राख्ने उत्पादनहरू सबै नै हुन्छन् ।
महिलासँग सम्बन्धित या असम्बन्धित उत्पादनको विज्ञापनमा पनि महिलाको अर्धनग्न शरीर देखाउँदा बिक्री बढ्छ भन्ने मान्यता राख्नु गलत सोच हो । यसले त महिलाको शरीरको गलत प्रयोग गरेको देखिन्छ ।
विभिन्न आमसञ्चारका माध्यमहरूमा आउने विज्ञापन जुन पुरुषको भित्री पोशाक हुन्छ, त्यसमा पनि महिला र पुरुषका अर्धनग्न शरीर देखाएर अश्लीलता प्रदर्शन गरिएको हुन्छ ।
सेभिङ क्रीम, पर्फ्युम, टूथपेस्ट, चुइँगमलगायतका वस्तुहरूको विज्ञापनमा पनि पुरुषसँग अर्धनग्न अवस्थाकी महिला झुम्मिएको वा धेरै युवतीहरू आकर्षित भएको देखाएर समाजलाई गलत सन्देश दिन खोजिएको देखिन्छ । विज्ञापन भनेको वस्तुको बारेमा सही जानकारी दिनु हो । तर वस्तुसँग असम्बन्धित अश्लीलता प्रदर्शन गरिएको पाइन्छ । एउटा पीरो चाउचाउको विज्ञापनको दृश्य त्यस्तै देख्न पाइन्छ । जुन विज्ञापनको दृश्यमा देखाइएको हाउभाउ हेर्दा कण्डमको विज्ञापन हो कि जस्तो लाग्छ । जबकि चाउचाउको प्रयोगकर्ता सबै हुन्छन् ।
विशेष गरी बालबालिकाहरूले खाने गर्दछन् । त्यो बाल मष्तिस्कमा यसले के प्रभाव पार्ला ? नेपाल सरकारले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको विज्ञापन ऐन, २०७२ मा क्लिन फीडको व्यवस्था गरेको छ ।
अर्थात्, नेपालका केबुलबाट प्रशारण हुने विभिन्न विदेशी च्यानलहरूमा उनीहरूको विज्ञापन प्रशारण गर्न नपाउने अर्थात् विज्ञापनरहित समाग्री प्रशारण गर्नुपर्ने छ । सो कुरा विज्ञापनलाई नियमन गर्ने ऐनको दफा ६ मा उल्लेख छ ।
तर इन्टरनेटको माध्यमबाट युट्युबमा आउने अश्लील सामग्रीलाई कसैले पनि रोक्न सक्ने अवस्था देखिँदैन । अहिलेसम्म कुनै एकदुईवटा च्यानल मात्रै बन्द गराउने प्रविधिको विकास हालसम्म नभएको बुझिएको छ । त्यसो भएपछि बहुराष्ट्रिय कम्पनीका अश्लील विज्ञापन र भिडियोहरू प्रशारणमा कानूनले जतिसुकै प्रतिबन्ध लगाए पनि प्रविधिले बन्द नगराउने अवस्था देखिएको छ ।
विशेषगरी हाम्रो जस्तो समाजमा यो खालको समस्या जटिल बनेको छ । महिलाको शरीरलाई कति हदसम्म व्यापारमा लगाउने हो भन्ने प्रश्न पनि उब्जिएको छ । अश्लील सामग्री वा विज्ञापन हेर्ने पूर्वीय संस्कृति बोकेका देशहरू, जहाँ यस्ता सामग्रीलाई आपत्तीजनक मानिन्छ । समाजमा नकारात्मक असर पर्छ । बालमनोविज्ञान र भावीपुस्तालाई असर परेको छ ।
विज्ञापनमा अश्लीलताको प्रदर्शन त बढी भएकै हो, तर अश्लीलतासँगै संस्कृतिमाथि पनि प्रहार गरेको पाइन्छ ।
मन्त्रा भन्ने अनलाइन शपको विज्ञापन, जसमा एकातिर दुर्योधनको पुत्लाले द्रौपदीको सारी तान्दै गरेको देख्न पाइन्छ भने अर्कातर्फ त्यहीँ बसेर श्रीकृष्णको पुत्ला (डमी) ले मन्त्रा अनलाइनमा सारी अर्डर गरेको देख्न पाइन्छ । जुन विज्ञापनका कारण उत्पादित वस्तुको व्यापार बढ्नेभन्दा पनि अति हिन्दूवादीहरूले शपिङ सेन्टरलाई नै चुनौती दिने खालका हर्कत नर्गालान् भन्न सक्ने अवस्था रहँदैन ।
विज्ञापनको कन्सेप्ट फरक र आकर्षक बनाउने बहानामा महिलाको अर्धनग्न शरीरको बढी प्रयोग गर्ने र अश्लीलता प्रदर्शन गर्ने हाउभाउ बढी भएको देखिन्छ ।
विज्ञापनमा युवतीका अर्धनग्न तस्वीर, भिडियो देखेर पुरुष उपभोक्ताहरू लोभिने गरेको देखिन्छ । त्यति मात्रै होईन, पुरुषको शरीरप्रति महिला पात्र लोभिएको दृश्य पनि देख्न पाइन्छ । एउटा बहुराष्ट्रिय कम्पनीको पफ्र्युमको विज्ञापनमा छोरीको ब्याइफ्रेन्डले लगाएको पफ्र्युम सुँघेर मलाई ‘अन्टी नभन्न, मेरै नामले बोलाऊ’ भन्ने जस्ता सम्बन्ध नै असहज हुने जस्ता संवाद र दृष्यले सभ्यता र संस्कृति नास गर्ने अनि भ्रष्ट बनाउने देखिन्छ ।
यसैगरी कतिपय सौन्दर्य प्रसाधनका सामग्री, पहिरन वा गहनाका विज्ञापनले मध्यम वर्गीय परिवारका व्यक्तिहरूमा खरिद गर्न नसक्ने भएपनि पहिरनमा आधुनिकता झल्काउने होड चल्ने र पैसा नभए पनि किनुँ-किनुँ लाग्ने बनाउँछ । यी कुरा घर झगडा समेत निम्त्याउन सक्छ । अझ भन्नु पर्दा विज्ञापनले उपभोक्ताको विचारमाथि पनि कब्जा जमाउने काम गर्छ ।
विज्ञापनका कारण, कसैको खल्तीको पैसा रिमोट कन्ट्रोलको सहाराले आफ्नो एकाउन्टमा जम्मा गर्न सफल हुन्छन्, वस्तु उत्पादक कम्पनीहरू । जस्तो डिजाइन, जस्तो गुणस्तर भएपनि किनाउनु मात्रै उद्देश्य हुन्छ । विज्ञापनले अश्लीलतासँगै मानव सभ्यता, संस्कृति र भाषा समेतलाई नष्ट गरिदिएको अवस्था छ । भाषा संस्कृति र सभ्यता मौलिकता बिगार्ने विज्ञापनले केवल वस्तु उत्पादक कम्पनीको अर्थतन्त्रलाई मात्रै सपारेको छ ।
विज्ञापनमा अश्लीलताको प्रदर्शन र महिला शरीरको दुरूपयोग भयो भनेर सर्वोच्च अदालतले बीयर र रक्सी उत्पादनको विज्ञापनमा महिलाको प्रयोगमा रोक लगाउने आदेश समेत गरेको छ, तर विज्ञापनको कन्सेप्ट बनाउनेहरूको दिमागमा अश्लीलताभन्दा बाहेक अरू केही पनि सिर्जना नहुने हो ?
यसरी विज्ञापनमा महिलाको अर्धनग्न शरीरको प्रयोगले वस्तु उत्पादक कम्पनीको व्यापार बढाएको भन्ने भान मात्रै हो । विज्ञापनमा नयाँनयाँ सिर्जना आउनु जरुरी छ ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...