×

Nic Asia
Marvel

२०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित प्रचण्डपथ माओवादी आन्दोलन र जनयुद्धमा गहिरोसँग स्थापित भयो । शान्ति प्रक्रियाका केही वर्षपछि प्रचण्डपथको चर्चा सेलायो, खासगरी प्रचण्डकै चाहनामा प्रचण्डपथ उच्चारण र त्यसको बहसलाई बेवास्ता गरियो ।

IME BANK INNEWS
morang Auto yamaha

आफ्नै नामसँग जोडिएर संश्लेषण गरिएको त्यस विचारलाई प्रचण्डले व्यक्ति महिमा वा व्यक्तिवादी महत्त्वाकांक्षा जस्तो अर्थ लाग्नसक्छ भन्ने मनशायले बेवास्ता गर्दै गए ।


Advertisment
NMB BANK
Saurya island

त्यसको २ दशकपछि राष्ट्रिय सम्मलेनको पूर्व सन्ध्यामा प्रचण्डपथ पुनः चर्चामा ल्याइयो । त्यो पनि संगठन विभाग प्रमुखले प्रचण्डपथको आवश्यकताबारे पार्टी कार्यकर्तादेखि मिडियासम्म बहस गर्न थाले । अहिले राजनीतिक बजारमा चासो छ, प्रभाकरले किन प्रचण्डपथको आवश्यकता महसूस गरे ?

एकथरीले महाधिवेशनको पूर्व सन्ध्यामा प्रचण्डलाई रिझाउन यस्तो बहस सिर्जना गरेको अर्थ लगाएका छन् । एकथरीले नेपाली कांग्रेसमा मूल नेतृत्वमाथि प्रहार गर्नेलाई कार्यकर्ताले पत्याएको यथार्थलाई नजरअन्दाज गर्दै प्रभाकरले निर्विकल्प प्रचण्ड र प्रचण्डपथको आवश्यकताको महिमागान गाएर आफ्नो बन्दै गरेको लोकप्रियतालाई ख्याल नगरेको तर्क गरेका छन् । कतिपयले नेतृत्वका लागि दाबी गर्ने हिम्मत नगरेको वा आज्ञाकारीमै सीमित बन्न चाहेको जस्ता तर्क गरेका छन्, खासमा प्रभाकरले किन खोजे त प्रचण्डपथ ? यो एक महत्त्वपूर्ण जिज्ञासा हो ।

Vianet communication
Maruti inside

प्रचण्डपथको दिशानिर्देशमा माओवादी आन्दोलनको उत्कर्षकालमा विशाल सैन्य फर्मेसनहरू गठन भए । राज्यको व्यापक दमन र धरपकडबीच नेपाली सेनालाई युद्धको मैदानमा खुला चुनौतीसहित विजयका लागि तयार रहेको सन्देश दिने डेपुटी कमाण्डरहरूमध्ये एक थिए जनार्दन शर्मा ‘प्रभाकर’ ।

पश्चिम सैन्य कमाण्डका नेतृत्वकर्ता प्रभाकरले गरेको पिली आक्रमण माओवादीको अन्तिम सफल विजयी हो । युद्धदेखि शान्तिप्रक्रियाको अवतरणसम्म आउँदा प्रचण्डपथकै दिशानिर्देशमा माओवादी पार्टीले आफ्ना सामान्य कमजोरीका बाबजुद असाधारण सफलता हात पारेको प्रभाकरको निष्कर्ष छ ।

प्रभाकर भन्छन्, ‘प्रचण्ड एउटा व्यक्ति मात्रै होइन, नेपालको समकालीन राजनीतिक प्रणाली एवं सत्ता सञ्चालनदेखि सरकारको अंकगणित फेरबदलमा समेत आश्चार्यजनक हेरफेर गर्नसक्ने मौलिक स्कूल अफ थट हो । प्रचण्ड स्कूल अफ थटको लाभ गणतन्त्र हो, धर्मनिरपेक्षता हो, संघीयता, समावेशी समानुपातिक हो, जनताको चेतनामा आएको जागरणको लहर हो, संविधान हो र समग्रमा निरंकुश पात्र, प्रवृत्ति र विरासतको पराजय हो । जनताका अतिरिक्त प्रचण्डपथको लाभ विपक्षी पार्टी र समकालीन नेताहरूले समेत लिएकै छन्, यसको श्रेय माओवादी आन्दोलन र प्रचण्ड स्कूल अफ थटलाई दिन नहुने कुरा नै त राजनीति हो ।’

उनका अनुसार संसारका कुनै पनि मानिसहरू आफ्नै सोचविरुद्ध जाने स्वभावका हुँदैनन् । आफ्नो पूर्ववर्ति अडानलाई पुष्टि गर्नमा प्रायः सबैको मेहनत लागेकै हुन्छ तर परिस्थिति अघिका अडानहरूलाई अचानक ब्रेक गर्दै नयाँ विषय पस्किने निर्णायक क्षमता प्रचण्डले राख्छन् । रेडिमेट धारणामा नरहने, सिद्धान्तको खोक्रो भारी बोकेर दुःखी नहुने, समाजमा आएका हलचललाई नै बरु सैद्धान्तिकीकरण गर्ने क्षमता कमरेड प्रचण्डसँग छ, त्यसकारण उहाँ युवाहरूभन्दा पनि एक कदम अगाडि हुनुहुन्छ, त्यही गतिशिलता समयसापेक्ष विचारको विकासमा योगदान, परिस्थितिलाई आफ्नो अनुकूल बनाउनसक्ने योजनाबद्ध रणनीतिक चाल, समाजको अग्रगामी प्रवृत्तिलाई संस्थागत गर्नसक्ने विशिष्ट क्षमता प्रचण्डपथसँग छ । त्यसकारण यतिबेलाको आवश्यकता र अनिवार्यताको महसूससहित प्रचण्डपथ आवश्यक छ, त्यसको अझ विकास गर्नुपर्छ, बहस स्वाभाविक हो । 

ओलीसँगको पार्टी एकता र ब्रेकमा प्रचण्डको भूमिका

नेकपामा हुँदा बेलाबेला केपी शर्मा ओलीले पहिलो वरियतामा मै हुँ, सिनियरमै हुँ भन्दै प्रचण्डलाई मनोवैज्ञानिक प्रहारको कोसिस गरिरहे तर एउटा विन्दुसम्म पुग्दा सबै कुरा पचाएर सम्झौता गर्ने स्वभावका कारण प्रचण्डले त्यस्ता कुनै अभिव्यक्तिमा प्रतिवाद गरेनन् तर जब ओलीले पटक–पटक वरिष्ठ मै हुँ भन्ने दम्भ प्रदर्शन गर्न थाले, त्यसपछि प्रचण्डले संगठनभित्रबाट विधिपूर्वक त्यसको समाधान खोजे । जसको शुरूआत २ जनाबीच पार्टी अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्न बनेको सहमति सार्वजनिकबाट भयो । त्यसपछि प्रचण्डले कार्यकारीका लागि वातावरण बनाए र उनी पार्टीको कार्यकारी अध्यक्ष बने । औपचारिक रूपमा शक्ति बाँडफाँटको एउटा अध्याय पूरा भयो ।

कार्यकारी अध्यक्ष बनेसँगै प्रचण्ड संगठनका काममा अझ बढी सक्रिय बन्नु स्वाभाविकै थियो । देश दौडाहसँगै काठमाडौंको बसाइका क्रममा पनि कार्यकर्तादेखि शीर्ष नेताहरूको भीड प्रचण्ड निवासमा बाक्लिन थाल्यो । ओलीको खराब व्यवहारसँग असन्तुष्ट नेताहरूको जम्बो टीम प्रचण्डकोमा केन्द्रीकरण हुँदै गयो र प्रचण्ड पार्टीभित्र शक्तिशाली बन्दै गए ।

प्रचण्डसँग नेताहरूको टीम केन्द्रित हुनुको मुख्य कारण के छ भने उनी उदार छन्, छिट्टै सम्झौता गर्छन् । कथाले मागेपछि उदारतापूर्वक सम्झौता गर्नुपर्छ भन्ने मान्यताका प्रचण्ड कसैप्रति सदावहार पूर्वाग्रही बन्दैनन् । उनी आफ्ना कडा आलोचकलाई मात्रै होइन, कट्टर सत्रूलाई पनि स्पेस दिन हिच्किचाउँदैनन् । राजनीतिमा उनका समकक्षीले त्यो कुरा चाँडो बुझ्छन् र प्रचण्डको वरिपरि केन्द्रित हुने गर्छन् ।

त्यतिबेलाको सत्तारुढ नेकपा सचिवालय प्रचण्डमा केन्द्रीकरण हुनु पनि त्यही कारण हो भन्ने कुरा निर्विवाद छ । राजनीति सर्वाधिक चतुरहरूबीच हुने रोमाञ्चक तर अत्यन्तै गम्भीर र संवेदनशील खेल हो । यस्तो खेलमा फाइदाजनक प्रतिस्पर्धा गर्न सकिएमा व्यक्ति र देश दुवैलाई हित हुन्छ । युग र सभ्यता बदल्ने ऐतिहासिक र महानतम परिघाटनाका स्वर्ण दिनहरूको उदय हुन्छ । अस्वस्थ प्रतिस्पर्धा हुँदा सिंगो युग र सभ्यताको एउटा विरासत नै खण्डहरमा परिणत हुने दुर्घटनाको भय हुन्छ ।

नेपालको कम्युनिस्ट आन्दोलन यतिबेला ठीक त्यही विन्दुमा थियो तर ओलीको संकीर्णतामा अपरिपक्व सल्लाहकारको पूर्वाग्रह समेत मिश्रित हुँदा हर्कतहरू अक्षम्य बन्दै गएका थिए । अस्वस्थ ओलीलाई सल्लाहकारको घेराले फाइदाजनक प्रतिस्पर्धाभन्दा भयको डण्डाले तर्सायर सिंगो पार्टीलाई काबुमा राख्ने रणनीति तय गरिदियो । ओली त्यही सल्लाहको बलमा पार्टीभित्र समकक्षी र नेताहरूको एउटा टीमलाई आतंकित तुल्याएर ठेगान लगाउने सोचमा पुगे । त्यसले उनलाई एक कदम पछाडि हट्न बाध्य पारिदियो । अनगिन्ती मनोपोली काण्डले उनलाई सचिवालयमा एक्लो बनायो । त्यसपछि प्रचण्डमाथि सबैको विश्वास र भरोसा अड्कियो । फेरि एकपटक पार्टी र संगठनलाई सन्तुलनमा राखेर लैजाने कुशल व्यक्तिका रूपमा स्थापित प्रचण्डको वरिपरि माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम केन्द्रित भएपछि उनको नेतृत्व क्षमता पनि पुनः पुष्टि भयो ।

प्रचण्डको विगत

माओवादी जनयुद्धको शानदार डिपाचरदेखि सुरक्षित अराइभलसम्मको अवस्थालाई सिंहावलोकन गर्दा प्रचण्ड पृथक कोणबाट सोच्ने र आममानिसले रुचाएको निर्णय गर्ने एक चतुर राजनीतिक खेलाडी हुन् भन्नेमा अब कुनै सन्देह रहेन । उनी साधारण मानिसको मनोविज्ञान पनि बुझ्न सक्छन् र असाधारण निर्णय पनि लिन सक्छन् । यो नै प्रचण्डमा रहेको अद्भूत खुबी हो ।

नेपालको समकालीन राजनीतिमा उनलाई बाजको पर्यायभन्दा अत्युक्ति हुँदैन । राजनीतिक आकाशमा उनी जति स्वतन्त्र पखेटा फिजायर उड्छन्, उनको उडानको उचाइ, तीव्रता र विपक्षी माथिको राजनैतिक–सैद्धान्तिक घोषित आक्रमण पनि त्यत्तिकै प्रभावकारी हुने गर्छ । उनको नजरमा जहाँ आक्रमण गर्नुपर्ने परिस्थिति देखापर्छ, त्यसमाथि उनी कत्ति पनि ढिला नगरी पञ्जा गाड्छन् र त्यस वस्तुलाई कुनै पनि मूल्यमा आफ्नो नियन्त्रणमा ल्याउँछन् । त्यहीँ गज्जबको विशेषताले उनी मोहनविक्रम, निर्मल लामा, रुपलाल विश्वकर्मा, मोहन वैद्य जस्ता आफ्ना पूर्ववर्ति हस्तीका साथै जेएनयू टपर डा. बाबुराम भट्टराई र असीमित चलाखको उपमा पाएका केपी ओली जस्ता पछिल्ला समकक्षी जस्तै देखिनेलाई पनि पन्छाउँदै आजको अवस्थासम्म आइपुगे । प्रचण्डभन्दा बाहिर गएर आफ्नो क्षमता प्रदर्शन गर्न आतुर मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई ‘लालध्वज’, रामबहादुर थापा ‘बादल’ र नेत्रविक्रम चन्द ‘विप्लव’ कसैले पनि आफ्नो राजनीतिक र सामाजिक स्वीकारोक्तिलाई स्थापित गर्न सकेनन् । बरु प्रचण्डसँग असन्तुष्ट वा आफूसँग लिएर गएका कार्यकर्तालाई समेत टिकाउन सकेनन् ।

अरुभन्दा कसरी भिन्न छन् प्रचण्ड ?

उनको हमेसा एउटै कुरा छ मलाई ‘लाइफ फिलोसफी’ मनपर्छ । ‘बूक फिलोसफी’ पनि समाजको दिशानिर्देशका लागि एउटा मानक त जरुर हो नै तर मानव समाजको गति नै यस्तो छ कि त्यसले अघिल्लो कालखण्डका मानकलाई आफैं भत्काइदिन्छ र नयाँ मानकहरू निर्माणको प्रक्रियामा समाजलाई सधैं व्यस्त बनाइरहन्छ ।

प्रचण्डले यस कुरालाई कुन सन्दर्भमा गहिरो गरी अनुभूत गरे त्यो थाह छैन तर जीवनले ल्याउने समस्या, चुनौती, समाधान र सम्भावना नै जीवन–दर्शनको महत्त्वपूर्ण पक्ष हो भन्ने कुराको बोध उनलाई राम्ररी छ । उनको दिमागमा हरेक वस्तुप्रति शंका छ, प्रश्न छ र जिज्ञासा छ । शंका, प्रश्न र जिज्ञासाले जवाफ खोज्छ । यो गतिशिलताको परिचय हो, यो द्वन्द्ववादको परिचय हो र यो स्वच्छ मष्तिस्कको परिचय हो । उनले मालेमाका आधारभूत सिद्धान्तलाई पछ्याउन अपिल गरिरहँदा एउटा कुरा कहिल्यै भन्न छुटाउँदैनन्, त्यो भनेको अन्ध नक्कल र जडताको विरोध गर । 

माक्र्सवादलाई १८४८ को कम्युनिस्ट घोषणापत्र र लेनिनवादलाई १९१७ को वोल्शेभिक क्रान्तिभन्दा दायाँबायाँ गर्नु हुँदैन भन्नेलाई प्रचण्डले भन्ने गर्छन् मालेमालाई बाइबल र कुरान जस्तै असंशोधनीय प्रभूको वाणीका रूपमा लिनु हुँदैन । समय र परिस्थितिले जुन कुरा चुनौतीका रूपमा अघि सार्छ, त्यसको सामना त्यही रूपमा गर्नुपर्छ । उनको सफलताका पछाडिको एउटा महत्त्वपूर्ण पक्ष के हो भने उनी किताबबाट जवाफ खोज्दैनन् । समर्थक र विरोधीको दिमागमा यतिबेला खेलिरहेको मुख्य कुराहरू के हुन् र समाजले महसूस गरेको आवश्यकता के हुन् ? सबैभन्दा चाँडो यस कुराको पहिचान गर्ने र सोही अनुरूप कदम चाल्ने उनको विशेषता हो । उनको यही स्वभावले उनलाई समकालीन राजनीतिमा अरुभन्दा पृथक बनाइदियो ।

प्रचण्डभन्दा उत्कृष्ट बन्ने चाहना

राजनीति गर्ने हरेकको मनमा सफल नेताभन्दा उत्कृष्ट कार्य आफूले गर्न सक्छु भन्ने आत्मविश्वास हुन्छ । कल्पनाका ज्वारभाँटाहरू पनि सबैको मनमा उर्लेकै हुन्छन् । हिरामोतीझैं सपनाहरू नचम्किने पनि होइनन् । मात्रै फरक के हो भने ती कल्पना, चाहना र सपनाहरू मनोगतको पर्खालभित्र सीमित छन् वा यथार्थताको मैदानमा उत्साहपूर्वक ओर्लिएका छन् । अरुभन्दा उत्कृष्ट बन्न चाहने व्यक्ति रुमानी कल्पनाको डुंगामा सयर छ वा उसले त्यसलाई आफ्नो जीवनको अनिवार्य कामहरूको प्राथमिकतामा राख्यो, त्यसले उत्कृष्ट गर्न चाहने र गर्न तयार हुनेहरूबीचको भेद देखाउँछ । त्यसैले समकालीन राजनीतिमा प्रचण्डभन्दा उत्कृष्ट गर्ने चाहना राख्नेहरू आफ्नै स्वभावजन्य सीमाको पर्खालभित्र छन् र उनीहरूले चाहेर पनि आफ्नो स्वभावलाई ब्रेक गर्न सक्दैनन् ।

बरु प्रचण्डको एउटा विशेषताको नक्कल गर्न खोज्दा प्रचण्डले अर्को विशेषता प्रदर्शन गर्न भ्याइसकेका हुन्छन् । 

TATA Below
NLIC
बैशाख १३, २०७९

१९ औं शताब्दीमा अन्य देशमा लुई पास्चर, माइकल फराडे, अल्फ्रेड नोबेलजस्ता महान वैज्ञानिक जन्मिँदा १७ औं शताब्दीबाट शुरू भएको गोर्खा साम्राज्य किन पुरातन युगमै बाँच्न बाध्य भयो ? हाम्रोमा त्यस्ता महान वैज्ञानिकहरू नै ज...

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

बैशाख ११, २०७९

टाठाबाठाहरूले लोकतन्त्रलाई सरल स्वरूपलाई जटिल बनाइरहेका छन् । त्यसो गर्दा नै लोकतन्त्रका लाभहरू आफ्ना पोल्टामा पार्न सकिन्छ । वास्तवमा यो जटिल बनाइनुपर्ने विषय नै होइन, यो निकै सरल विषय हो । राष्ट्र सबै नागरिकक...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x