×

NMB BANK
NIC ASIA

माओवादी राष्ट्रिय सम्मेलन

माओवादीको आगामी यात्राबारे सम्पादकहरूसँग प्रचण्डले सुनाएको भेडा र सिंहको किस्सा

‘हामी अलि फरकै चिज हौं, अब भेडा नहुने विचार छ !’

पुस ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आइतबारदेखि शुरु हुने राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरुसँग भेटवार्ता गरेका थिए,केही सन्देशसहित । दोस्रो तहका नेताहरुलाई राखेर प्रचण्डले माओवादीको विगत,अहिलेको राष्ट्रिय राजनीति र भावी योजना समेत सुनाउन भ्याए ।

Sagarmatha Cement
Muktinath Bank

माओवादीमा आन्तरिक लोकतन्त्र कमजोर भएको,नेतृत्व चयनमा लोकतान्त्रिक अभ्यास हुन नसकेको भनेर भइरहेका टिकाटिप्पणीप्रति खण्डन गर्दै प्रचण्डले आफूहरुको राष्ट्रिय सम्मेलन एमाले र कांग्रेसको भन्दा उन्नत भएको दावी गर्न पछि परेनन् । मान्छे जम्मा गर्ने,उद्घाटन गर्ने,भाषण गर्ने र नेतृत्व छान्ने,जे चितवनमा भयो,जे कांग्रेसको महाधिवेशनमा भयो त्यो भन्दा विल्कुल फरक विचार र राजनीतिको विषयमा हामी छलफल गर्दैछौं, प्रचण्डले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो दिनमा बहसमा आएको वित्तीय पुँजीवादको बारेमा चर्चा गर्दै उनले पूँजीवादले विकास गरेको फाष्टफुडले गर्दा रक्तचाप,मुटु,मिर्गौला र क्यान्सर जस्ता बिरामीको संख्या बढेको टिप्पणी गरे । अहिलेका समस्याका लागि पूँजीवाद कति जिम्मेवार छ र समाजवादमा जाँदा यसलाई सुधार्न सकिन्छ,सकिँदैन भन्नेबारे हामी छलफल गछौं । नयाँ विचार र रणनीतिमा जानेबारे हामी व्यापक छलफल गछौं, प्रचण्डले भने ।


Advertisment
Nabil box
Kumari

पुँजीबजारबारे आफूले दिएको अभिव्यक्तिको बचाउ गर्दै प्रचण्डले पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ भन्नेमा दृढ रहेको बताए ।

Vianet communication
Laxmi Bank

मजदूर किसानको घरमा माओवादी नेताको बास

सर्वहारा वर्गको मुक्तिको नारा लगाउँदै आएको माओवादी नेताहरुको जीवनशैली नाटकीय रुपमा बदलिएको र सुविधाभोगी बनेको भन्ने आरोप लागिरहेको बेला यो सम्मेलनपछि नेताहरु जनताको घरमा जाने योजना बनेको प्रचण्डले सुनाए । जादुको छडी त होइन,तर पार्टीको रुपान्तरणको लागि जनताको घरमा जाने,श्रमिकसँग नजिक भएर काम गर्ने । सामूहिक जीवनतिर जानेगरी निश्चित अवधी पार्टीको नेतृत्व जनतासँग जाने र समाजवादबारे जानकारी गराउने,समाजवादमार्फत समृद्धि कसरी हासिल गर्ने भन्नेबारे पढाउँदैछौँ, प्रचण्डले भने ।

माओवादीका प्रमुख नेताहरु नै फ्याक्ट्रीमा मजदुरसँग अन्तरक्रिया गर्न जाने र हाम्रो विरासत त्यागेका छैनौ भन्ने सन्देश दिने योजना रहेको उनले सुनाए । हेटौंडाको सम्मेलनबाट बनाउने भनिएको उत्पादन बिग्रेड सम्भव नभएपनि अब नेताहरु जनतासँग जोडिने उनले दावी गरे ।

प्रतिनिधि सभा विघटनको भय

प्रचण्डले नेकपा एमालेले प्रतिनिधि सभाको तेस्रो विघटन गराउन खोजेको आरोप लगाए । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीलाई मान्यता दिइसकेको विषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालेले तेस्रो पटक प्रतिनिधि सभाको विघटन गराउने खोजेको आरोप लगाए । अहिले सदनभित्र विचित्रको जात्रा देखिएको छ,कारण केहीपनि छैन,संसदमा माधव नेपाल देखिनु भएन रे उनले भने, ‘पार्टीको विवाद सर्वोच्चमा पुगेको,निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा विनाकारण लगातार संसद अवरुद्ध गरेर एमालेले तेस्रो पटक प्रतिनिधि सभा विघटन गराउन खोजेको छ,विघटन हुन कुनै हालतमा दिइने छैन ।

गत वर्षको पुस ५ गतेको प्रतिनिधि सभा विघटनपछि अहिले पनि उपलब्धि उल्ट्याउन कोशिष भइरहेको टिप्पणी गरे । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रतिपक्षी दलको नेता आउँदै नआउने,यस्तो पनि हुन्छ ?अति भएपनि मैले प्रधानमन्त्रीजीलाई तपाईं र म नै बालकोट जाऔं भनेर प्रस्ताव गरेको छु । प्रधानमन्त्रीले महाधिवेशन पछि जाउला भन्नु भएको थियो प्रचण्डले भने, ‘जरुरी पर्यो भने हामी बालकोट जान तयार छौं ।

एमसीसीकै कारण गठबन्धन ढल्दैन, देउवा टाढिँदैनन्

शुरुमा गरेको सम्वोधन र पत्रकारको प्रश्नको जवाफमा क्रममा पनि प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका कारण गठबन्धन टुट्ने अवस्था नरहेको बताए ।

गठबन्धन तोडेमा एमसीसी पास गर्दिन्छौँ भनेर खुलेआम भनेको पनि सुनेका छौं । गठबन्धन तोडे म यसो गर्छु,नगरे त्यसो गर्दिन भन्ने पनि कुनै राजनीतिक दलको अडान हुन्छ ? एमालेप्रति प्रश्न गर्दै प्रचण्डले भने, ‘नेपाली कांग्रेसलाई एक्लै सरकार चलाउ हामी समर्थन गछौं भन्दै हिँडेको पनि सुनेका छौं,हामीले कांग्रेससँग तालमेल गर्दा कम्युनिष्टहरू कांग्रेसलाई काँध थापे भन्ने,आफूले चाहिँ गर्न हुने ?

पूर्वाधार विकासको लागि विदेशी सहयोग लिनुपर्ने आफूहरुको मान्यता रहेपनि एमसीसीबारे तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले शंका बढाउने काम गरेको टिप्पणी गरे ।

एमसीसीका कारण गठबन्धन टुट्छ कि टुट्दैन भनेर भनेर प्रश्न उठिरहेका छन्,एमसीसीका कारण गठबन्धन टुट्दैन,टुट्न दिइँदैन उनले भने, ‘प्रधानमन्त्रीसँग यसबारे धेरै चरणमा कुरा भएको छ,उहाँको चाहना छिटो पास भए हुन्थ्यो भन्ने छ । ढिलो भयो भनेपनि उहाँ गठबन्धन तोडेर जानुहुन्न ।

माधव नेपालसँग दूरी छैन, पार्टी एकता हुनसक्छ

प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल हुँदै पार्टी एकतासम्म जान सकिने बताए । उनले विगतमा माओवादी आन्दोलन छाडेर गएका शक्तिसँग पनि एकताको सम्भावना औँल्याए ।

चुनावी मोर्चा र भविष्यमा एउटै पार्टी बनाउन पनि सकिन्छ,माओवादीबाट अलग भएका समूहलाई पनि ल्याउने कोशिष भइरहेको छ,माधवजीसँग त हामी पहिला पनि मिलेकै हो । हामीले केपीजीलाई अध्यक्षबाट हटाएको हो,तर विचित्र भयो र पो ! प्रचण्डले भने, ‘माधवजीसँग त्यत्रो दूरी छैन,सांगठनिक रुपमा पनि एउटै मान्यतामा बनाएका छौं । ढिलो छिटो हामी एकै ठाउमा हुन्छौं ।

बुर्जुवा नेतृत्व छान्ने कुरामा सहमत छैनौँ

राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्षमा चुनिन चाहेका प्रचण्डले आफूहरु बुर्जुवा ढंगले नेतृत्व छान्ने पक्षमा नरहेको बताए । बुर्जुवा नेतृत्व छान्ने कुरामा हामी सहमत छैनौं । जनवाद विना बहुमतका आधारमा सही नेतृत्व आउँछ भन्ने पनि लाग्दैन । निर्वाचन र मूल्याङ्कनको अभ्यासबाट नेतृत्व चयन गर्नुपर्छ, प्रचण्डले भने ।

आफू २५३० वर्षदेखि नेतृत्वमा रहेपनि उत्तराधिकारीबारे बेलाबखत छलफल भएको दावी उनले गरे ।

माओवादी र प्रचण्डलाई सिध्याएपछि मात्र देशको समस्या समाधान हुन्छ भन्ने बुद्धिजीवीहरुलाई धेरै टाउको नदुखाउन सुझाव दिए । उनीहरुले जति नै घृणा गरेपनि अरु केही दशक माओवादी आन्दोलन रहनेछ,हामीहरू नभएपनि यो आन्दोलन रोकिनेवाला छैन । हामीलाई घृणा गर्नेले पनि स्वीकार्नु पर्ने तथ्य,अहिलेको परिवर्तन माओवादीले ल्याएको हो, प्रचण्डले भने ।

प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री बनेको समयमा भ्रष्टाचारबारे गुनासो समेत नआएको जिकिर गरे ।

बाबुराम भट्टराईलाई अध्यक्ष प्रस्ताव गरेको थिएँ

प्रचण्डले माओवादी त्यागेर नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अध्यक्ष बन्न प्रस्ताव गरिएको दावी गरे । संविधान बन्नु अगाडि बावबरामजीलाई अध्यक्ष हुनुस् भनेर प्रस्ताव गरेको थिएँ,तर वैचारिक,सांगठनिक रुपले परिस्थिति तयार भएको थिएन, प्रचण्डले भने, ‘बाचुञ्जेल एउटै व्यक्ति अध्यक्ष बनिराख्ने कुरा होइन । तर समय परिस्थितिले अझै केही वर्ष मेरो भूमिका आवश्यक छ भन्ने नेता कार्यकर्ताको भावना छ ।

पछिल्ला समय बाबुरामले एमसीसीको बचाउ गरिरहेकोमा आफूलाई आश्चर्य लागेको बताए । एमसीसीबारे बाबुरामजीले गरिरहेको कुराले हामीलाई आश्चर्य लागेको छ,अस्तिको सर्वदलीय बैठकमा बाबुरामजीले मैले नै एमसीसी शुरु गरेको भन्ने कुरा गर्नुभयो । उहाँलाई प्रधामन्त्री त मैले प्रस्ताव गरेर बनाएको हो,हामीले एमसीसीको स्वामित्व लिएकै थिएनौं,एमसीसीको सवालमा बाबुरामजी देउवाभन्दा अगाडि सरेर श्रेय लिन खोज्नु भएको छ, प्रचण्डले भने ।

निर्वाचन प्रणाली र शासकीय स्वरूपबारे जनतामा जाने

अहिलेको निर्वाचन प्रणाली महँगो भएकोले चुनाव लड्न नसकिने भयो भन्दै आएका प्रचण्डले निर्वाचन प्रणाली र शासकीय स्वरूपबारे जनतामा बहस लैजाने बताए ।

निर्वाचन प्रणाली र शासकीय स्वरूपको बारेमा हामीले संविधान निर्माणको बेलामै रिर्जभेसन राखेका थियौं,पैसा हुने टाठाबाठा मात्र जित्ने गरेको निर्वाचन प्रणालीमा हामीले सुधार चाहेकै हो, लोकान्तरकर्मीको एक प्रश्नको जवाफमा प्रचण्डले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरालाई फेरि जनतामा लैजान खोजेका छौं ।

अन्तिममा सुनाए सिंह र भेडाको किस्सा

सम्पादकहरुसँगको अन्तरक्रियाको अन्तिममा प्रचण्डले आफूहरु अन्य दल भन्दा फरक रहेको दावी गर्न सिंह र भेडाको एउटा किस्सा सुनाए ।

सिंहको सानो बच्चा शिकार खेल्न आमासँग जाँदै गर्दा छुट्यो आमासँग सानो थियो,भेडाको बथानमा पस्यो । भेडाहरूले पनि सानो भएको हुनाले त्योसँग डराउने कुरा भएन । भेडाहरुले आफ्नो बथानसँगै त्यसलाई पनिसंँगै लिएरै गए । आजभोलि गर्दा गर्दै गर्जिनुपर्ने बेलामा त्यो सिंह पनि भ्या भ्या गर्न थाल्यो । अनि अरू भेडाहरूजस्तै त्यसले पनि विस्तारै घाँस खान थाल्यो । घाँस खान्छ,भ्या भ्या गर्छ । केही वर्षपछि शरीर त सिंहको जस्तै बढेर आयो,हेर्दा त सिंहै हो फेरि ।

शिकार खेल्न आएको सिंहले भेडाको बथानलाई एट्याक गर्न जाँदा सिंह देख्छ त्यहाँ आफूजत्रै दुनियाँमा नभएको । तर,ऊ थर्थर काप्दै भ्या भ्या गर्दै भेडासँग दौडिइराखेको छ । अनौठो लागेछ रियल शिकारीवाला सिंहलाई । त्यो भेडा समात्न छाडेर त्यो सिंहलाई समात्यो के !

तँलाई के भएको ?तँ त सिंह जस्तो छस्,तर भेडाजस्तै थर्थर कामेर भागिराखेको छस् भ्या भ्या गर्दै ।

उ भ्या भ्या नै गरिराख्छ । त्यसलाई समातेर लगेर इनारमा टाउको देखाउँछ । हेरत,तँ त सिंह म र त त एउटै हो नि । कहाँको त भ्या भ्या गरेको ?

भनेर एकछिन इनारमा हेरेपछि भेडाको बथानमा हुर्केको जंगलै थर्किने गरी गर्जिन्छ र त्यसपछि ऊ सिंह भएर शिकारमा जान्छ ।

मैले यो प्रसंग बाइ द वे पूरै मिल्छ भन्ने त मेरो दाबी होइन । कता कता भेडाभेडासँग हिँड्दा हामी  अलिअलि भेडा भइयो कि जस्तो लागेको छ । अब भेडा नहुने बिचार छ !'

यति भनेर प्रचण्डले आफ्नो भनाइ अन्त्य गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x