१७ असार २०८३, बुधबार

कोल्ड स्टोरमा तास खेलिरहेको अवस्थामा चार जना पक्राउ

असार १६, २०८३
काठमाडौं
कोल्ड स्टोरमा तास खेलिरहेको अवस्थामा चार जना पक्राउ
फाइल फोटो

झापामा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका- १० स्थित लक्ष्मी कोल्ड स्टोरमा जुवातास खेलिरहेको अवस्थामा कोल्ड स्टोरका सञ्चालक ४२ वर्षीय रामपत राजवंशीसहित ४ जनालाई सोमबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ४ सय ५० रुपैयाँ र ११ बुक ताससहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्