०६ असार २०८३, शनिबार

यी व्यक्ति जसले सुतेरै खाए ५ वर्षको तलब, सँगै प्रमोसन पनि

पुस ११, २०७८
यी व्यक्ति जसले सुतेरै खाए ५ वर्षको तलब, सँगै प्रमोसन पनि

सामाजिक सञ्जालमा अचेल मानिसहरू आफ्नो जीवनसँग जोडिएका घटनाहरू शेयर गर्ने गर्छन् । 

एक व्यक्तिले अनलाइन शेयरिङ साइट रेडडिटमा आफ्नो जीवनमा घटेको एउटा यस्तो कुरा शेयर गरेका छन्, त्यो थाहा पाउँदा जो सुकै हैरान हुन्छ । 

उनले आफ्नो जागिरबारे अनुभव शेयर गरेका छन् । पाँच वर्षसम्म जागिरका क्रममा केही गरेनन् । तर, उनको तलब भने बढिरह्यो, प्रमोशन पनि भइरह्यो । 

सन् २०१५ उनले डाटा एन्ट्रीको पदमा जागिर शुरू गरेका थिए । उनका अनुसार इमेलमा केही दस्तावेजहरू पठाइन्थ्यो, ती सूचनाहरू सिस्टममा फीड गर्नुपथ्र्यो ।   

उनका अनुसार यो काम एक कोडको माध्यमबाट आफ्नो पूरा काम केही मिनेटमै गर्थे । 

उनले यो कोड एक फ्रिल्यान्सरसँग बनाएका थिए, किनकि उसलाई कोडिङ आउँथेन । उनले दुई महिनाको तलब कोडिङ बनाउनमा खर्च गरे । 

कम्पनीले पैसा बचाउन ती व्यक्तिलाई वर्क फर्म होमबाटै काम गर्न अनुमति दिएको थियो । कोडिङ पाएपछि उनी रातभरको काम जम्मा ५ मिनेटमा गर्थे । उनका अनुसार उनी कम्युटरलाई चलाउँथे र छोड्दिन्थे । त्यसपछि उनी चलचित्र हेर्थे या त सुत्थे । साथै उनलाई जागिरका क्रममा प्रमोशन पनि मिलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्