१८ असार २०८३, बिहीबार
राजधानी आसपासमै हिमपात

हिउँले छोपिएको चन्द्रागिरी पुग्दा जे देखियो [फोटोफिचर]

पुस १४, २०७८
हिउँले छोपिएको चन्द्रागिरी पुग्दा जे देखियो [फोटोफिचर]

गएराति देखिको वर्षाका कारण देशका उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको छ ।

राजधानी काठमाडौं उपत्यका आसपासका डाँडाहरूमा पनि हिउँ परेको छ । चन्द्रागिरीमा बिहानैदेखि हिउँ परिरहेको छ ।

काठमाडौंबाट नजिकै पर्ने मकवानपुरको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्दा काठमाडौं-हेटौंडा यातायात सेवा बुधवार बिहानैदेखि अवरुद्ध भएको छ । 

बाक्लो हिउँ परेपछि बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए । 

काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो ।

बुधवार बिहान चन्द्रागिरी पुग्दा पूरै डाँडो हिउँले ढाकिएको थियो ।

हिउँ खेल्नका लागि छिटफुट मात्रामा मनिसहरू चन्द्रागिरी पुग्ने क्रम शुरू भइसकेको थियो ।

हेर्नुहोस्, चन्द्रागिरीमा हिमपात :

salt training

कमेन्ट गर्नुहोस्