२१ असार २०८३, आइतबार

दक्षिण सुडानको सुनखानीमा विस्फोट हुँदा ३८ जनाको मृत्यु

पुस १४, २०७८
दक्षिण सुडानको सुनखानीमा विस्फोट हुँदा ३८ जनाको मृत्यु
सुडानको एक खानीमा सन् २०११ मा भएको विस्फोट । file photo - REUTERS

दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको मृत्यु भएको छ । 

सो खानीमा परी अरू पनि केही व्यक्ति घाइते भएका छन् । दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा अकस्मात विस्फोट भएको थियो ।

खानीमा अकस्मात बिस्फोट भएको र त्यसपछि भत्किएको थियो । त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले सो खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ ।

कमेन्ट गर्नुहोस्