×

NMB BANK
NIC ASIA

माओवादीको आठौं राष्ट्रिय महाधिवेशन

माओवादी महाधिवेशन : नेतृत्वमा प्रचण्ड निर्विकल्प, खोजी चुनावी कमान्डरको

पुस १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डको विकल्पबारे कसैले कल्पनासम्म गरेका छैनन् । उद्घाटन सत्रमा अतिथिका रूपमा उपस्थित समकक्षी तथा दोस्रो पुस्ताका विपक्षी पार्टी नेताहरूले नै प्रचण्डलाई प्रशंसाको वर्षाले यसरी निथ्रुक्कै भिजाइदिए, जुन ऊर्जाले मात्रै प्रचण्ड आगामी १ दशक नेपाली राजनीतिको ‘किङ मेकर’मै रहने निश्चित जस्तो देखियो । 

Sagarmatha Cement
Muktinath Bank

यसपटक अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठ लामो राजनीतिक दस्तावेज अगाडि सारेका छन् । जसमा मानव विकासको ऐतिहासिक शृंखला, नेपालमा मानव सभ्यताको शुरूआत, विश्वयुद्धहरू, भूमण्डलीकृत साम्राज्यवाद, वित्तीय पुँजीवाद, राष्ट्रिय/अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, मार्क्सवाद र ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको संक्षिप्त चर्चा जस्ता प्रमुख दार्शनिक–राजनीतिक र विचारधारात्मक प्रश्नहरूको उठानका साथै बढ्दो गरीबी, गहिरिँदो वर्गीय खाडल, जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन, श्रम, पार्टीको जीवनशैली, अनुशासन र सम्पूर्ण सामाजिक परिवेशसँगै विज्ञानमा क्वान्टम थ्योरीदेखि सूचना प्रविधिमा आएको अभूतपूर्व क्रान्ति लगायत वर्तमानका सबै परिदृश्यहरूबारे उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहेर प्रतिकूल समयलाई अनुकूलतामा ल्याउन गरिएका अनवरत प्रयास र व्यस्त दिनचर्याका बाबजुद निकै मेहनतका साथ ल्याइएको दस्तावेजले प्रचण्ड वरिपरिका सबै नेता–कार्यकर्तालाई चकित बनाएको छ । यस दस्तावेजले प्रचण्ड अध्ययन, चिन्तन एवं समकालीन विश्व र नेपाली समाजको विश्लेषणमा आजको युवा पंक्तिभन्दा निकै अघि छन् भन्ने कुराको पुष्टि गरेको छ र सबैभन्दा युवाहरू नै प्रचण्डको ज्ञान र क्षमतासँग अचम्मित छन् । त्यसकारण आगामी एक–डेढ दशक वरिपरि माओवादी नेता–कार्यकर्ताले प्रचण्डको विकल्प खोज्ने सम्भावना न्यून छ ।


Advertisment
Nabil box
Kumari

खासगरी महाधिवेशनले वर्तमानमा प्रचण्डको विश्व दृष्टिकोण, पार्टीप्रतिको बुझाइ र अब कसरी अगाडि बढ्ने जस्ता प्रश्नहरूको जवाफसहित दिशानिर्देशको भूमिका निर्वाह गर्नेछ भने दोस्रो पुस्ताको फ्रन्टलाइन लिडरशिप स्थापितको शुरूआत पनि गर्नसक्छ । त्यसो हुँदा मूलतः संगठनको महासचिवमा कार्यकर्ताको आँखा छ । 

Vianet communication
Laxmi Bank

विना कुनै आग्रह पूर्वाग्रह भन्दा माओवादीभित्र फ्रन्टलाइन लिडरशिपका रूपमा जनार्दन शर्मा ‘प्रभाकर’ देखापरेका छन् । खासगरी भाषणकला र शब्द चयनमा उनी प्रचण्ड, मदन भण्डारी, वर्तमानका गगन थापा र विश्वप्रकाश शर्मा जस्तै लोकप्रिय बन्न नसक्लान् तर कार्यदक्षतामा उनी समकालीन राजनीतिको दोस्रो पुस्तामा निकै लोकप्रिय, स्थापित र चर्चाको केन्द्र भागमै छन् ।

के हो फ्रन्टलाइन लिडरशिप ?

समाजका आवश्यकताबारे तथ्य र तर्कसंगत ढंगले आवाज उठाउने एवं समाजका आवश्यकताको व्यावहारिक सम्बोधनका लागि इमान्दार प्रयत्नमा सक्रिय रही परिणाम निकाल्न सक्ने पात्र नै फ्रन्टलाइन लिडरशिप हो । समग्रमा कार्यक्षेत्रमा कुनै न कुनै प्रकारका सकारात्मक उथलपुथलको कोशिश गर्ने पात्र र प्रवृत्तिलाई फ्रन्टलाइन लिडरशिप भन्ने गरिन्छ । यसमा एउटा विशेषता पपुलर सेन्टिमेन्टको रूपमा देखापर्छ र अर्को स्ट्रोङ विकेटको रूपमा देखापर्छ ।

वास्तवमा प्रचण्डसँग शुरूआती चरणदेखि नै अन्तरपार्टीभित्र पपुुलर सेन्टिमेन्ट र स्ट्रोङ विकेट दुवै एकैसाथ देखापर्‍यो, त्यो इतिहासका विरलै पात्रमा देखापर्छ । पपुलर सेन्टिमेन्ट र स्ट्रोङ विकेट दुवै एउटै व्यक्तिमा हुनु समकक्षीका लागि सबैभन्दा डरलाग्दो अवस्था हो । प्रचण्डसँग दुवै विशेषता भएकाले मोहन वैद्य, बाबुराम भट्टराई, बादल र विप्लव जो अलि बढी महत्त्वाकांक्षी थिए र प्रचण्डको क्षमतामुनि आफ्नो प्रतिभा कुल्चिएको ठान्थे, उनीहरू निस्सासिँदै बाहिरिए ।

वास्तवमा वैद्यको विशेषता ब्याक रूम अर्गनाइजर (कुन्सिसेन्सियल) थियो । लगभग भारतमा एलके आडवाणीको जस्तै । आफ्नो उमेरमा वैद्य पनि फिजिकल एण्ड मेन्टल्ली रूपमा फिट र सार्फ पर्सनालिटिका थिए तर उनले प्रचण्डको पपुलर सेन्टिमेन्टले स्ट्रोङ विकेट प्राप्त गरिसकेको र पपुलर सेन्टिमेन्टले स्ट्रोङ विकेट प्राप्त गर्दा ब्याक रूम अर्गनाइजर क्षमता कहाँनेर एडप्ट हुनुपर्छ भन्ने भेद छुट्याउन सकेनन् । जसले गर्दा आफ्नै राजनीतिक जीवनको विश्लेषणमा वैद्य पनि आडवाणी जस्तै कमजोर देखिए । विद्वताको प्रचारात्मक चर्चालाई बाबुरामले आफ्नो पब्लिक फेस र करिस्मेटिक विशेषता ठाने । त्यसो हुँदा समाजले मलाई अन गरेकाले मात्रै माओवादी पार्टीको अस्तित्व जीवित छ भन्ने भ्रमले उनलाई महत्त्वाकांक्षी हुँदै वास्तविकताको धरातलबाट पर हुत्याइदियो । उनले के विश्लेषण गर्न सकेनन् भने करिस्मेटिक विशेषतामा म प्रचण्डभन्दा पछि छु र स्ट्रोङ विकेट नहुनु मेरो थप कमजोरी हो । साथै उनले पोलिटिकल्ली पर्सन एकपटक डाउन फल भएपछि अगेन कमिङ सुन निकै जटिल कुरा हो भन्ने हिसाबकिताब नगरी पार्टीबाट बाहिर हामफाले ।

हो, बाबुरामलाई एउटा तप्काले रिमार्केबल पर्सनका रूपमा अन गरेको थियो, उनले आफ्नो त्यही विशेषतालाई सम्पूर्ण ठाने । खासगरी करिस्मेटिक स्पिकर्स अगाडि आउँछ र रिमार्केबल पर्सन हराउने खतरा पनि त्यत्तिकै हुन्छ भन्ने कुरालाई ख्याल गरेनन् ।

राजनीतिमा हमेशा रहिरहने अर्को एउटा खतरा हो इनिसियसन प्रतिको सचेतता र मिस क्याल्कुलेसनप्रतिको सतर्कता । जुन कुरामा बादल सदैव चुके । एक पटक रक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनी विना खासकारण सैद्धान्तिक इमोसनमा संस्थापनबाट बाहिरिए । दोस्रो पटक पुनः गृहमन्त्री र पार्टीभित्र महत्त्वपूर्ण जिम्मेवारीका बाबजुद पार्टी परित्याग गरे । माओवादी केन्द्रमा रहँदा निकै ठूलो सम्मानसहित तेस्रो वरियतामा रहन अस्वीकार गरेका उनी अहिले एमालेमा अत्यन्तै अपमानसहित चौथो वरियतामा छन् । अनुकूल परिस्थितिलाई क्यापिटलाइज्म गर्न नसक्दा र आफ्नो अवस्थाको मिस क्याल्क्युलेसन गर्दा खराब हालत सहितको पतन हुन बेर लाग्दैन भन्ने कुरालाई उनले पनि आफ्नो राजनीतिक जीवनमा सायद गम्भीर विश्लेषण गर्न सकेनन् ।  

राम्रो वाक क्षमता र मानिसलाई इमोसनल कन्भिन्स गर्ने विशेषताका विप्लव सायद आफ्नो राजनीतिक जीवनको नयाँ शिराबाट समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छन् । वर्तमानको यथार्थभन्दा विगतका वाचाप्रति उनको बढी लगाव देखिन्छ । त्यो एक प्रकारको विगतप्रतिको इमोसनल अट्याचमेन्ट हो । समय घर्किएपछि भित्रबाट चुकुल लगाउन, शान्त भएर बस्न अनि निराशा र पश्चातापको जप गर्नुबाहेक अरु केही गर्न सकिँदैन । अतितमा जिउने तरिकाले पोलिटिसियनलाई खाडलमा हालिदिन्छ । किनकि वर्तमान यथार्थलाई आत्मासात नगरी आफूलाई पुनर्जीवित र संगठनलाई पुनर्निर्मित गर्न सकिँदैन भन्ने निष्कर्षमा पुग्न उनी अझै तयार भएनन् भने सायद उनलाई इतिहासले अनवरत लखेटिरहने छ ।

दोस्रो पुस्ताको फ्रन्टलाइन लिडरशिपमा प्रभाकर कसरी ?

माओवादी केन्द्रको दोस्रो पुस्तामा विभिन्न विशेषताले युक्त होनहार प्रतिभाशाली नेताहरू छन्, जसले युद्धदेखि शान्ति प्रक्रियासम्म प्रचण्डको निर्देशनलाई व्यवहारको मैदानमा कौशलतापूर्वक निर्वाह गरेका छन् । खासगरी यतिबेला पदाधिकारीको चर्चामा रहेका सबै अनुहारहरू कुनै न कुनै क्षमता र प्रतिभामा अब्बल छन् तर फ्रन्टलाइन लिडरशिपमा देखिने विशेषतामा कठिन परिस्थितिमा जोखिम उठाउने शाहस, निराशालाई आशामा बदल्न चालिएका कदमलाई सफलतापूर्वक सम्पन्न र आवश्यकताका आधारमा निर्णय लिनसक्ने क्षमता प्रभाकरसँग छ ।   

राजनीतिमा सिंगल माइन्डेड फोकसवाला लिडर, जसले सम्भावनाको ढोकालाई हथौडाले फोडेर पनि आफ्नो गोल प्राप्त गर्छ, त्यो फ्रन्टलाइन लिडरशिप हो । प्रभाकर फ्रन्टलाइन लिडरशिपका रूपमा अगाडि आउँदा उनले आफ्नो कार्यक्षेत्रबाट नेपाली समाजलाई केही सकारात्मक सन्देश दिएका छन् ।

पहिलो सन्देशः पिली विजय

खासगरी बर्दियाको गणेशपुर आक्रमण र खारामा भोग्नुपरेको पराजयले माओवादी पंक्तिभित्र व्यापक निराशा, संकट र एक प्रकारको भयानक सन्नाटा थियो । राज्यसँग सम्झौता गर्दा पराजित मनोविज्ञानका साथ वार्ताको टेबुलमा आउनुपर्ने बाध्यतामा थियो माओवादी तर निर्णायक घडीमा गोल गर्ने इच्छाशक्तिका प्रभाकरले निराशाको त्यस सन्नाटालाई पिलीमाथि सफल आक्रमणद्वारा आफ्नो फ्रन्टलाइन लिडरशिप क्षमतालाई प्रमाणित गरिदिए । जुन विजयले माओवादीलाई पुनः उच्च मनोबलमा ल्यायो, माओवादी फेरि हाईहाई भयो ।

दोस्रो सन्देशः महाअभियोग प्रकरण

नयाँ संविधानको निर्माण र गणतन्त्रको घोषणाले मुलुक परिवर्तनतर्फ अगाडि बढेको महसूस राजनीतिक वृत्तमा थियो तर मुलुक आन्तरिक रूपमा पूर्ण खोक्रो बन्दै गएको अवस्थाले साधारण मानिसले व्यवस्था अझ बढी भयानाक बनेको महसूस गर्दै थिए । कर्मचारीतन्त्रदेखि न्यायालयसम्म लोकमानको हालीमुहाली चर्को थियो । राजनीतिक नेताहरूलाई कमिसनको अंश चुहाएर उनले पूरै मुलुकमा माफिया राजको शुरूआत गर्दै थिए । चिया पसलका जनसाधारणमा लोकतन्त्र कि लोकमानतन्त्र भन्ने बहस हुन्थ्यो ।

सुब्बा, खरिदारहरू अख्तियारको फन्दामा, उच्चपदस्थहरू मिलेमतो र सुदखोर–भ्रष्टाचारको धन्दामा, मुलुक माफिया र लुटेराहरूको माकुरे जालोमा जाकिँदै थियो । उनलाई कसैले हल्लाउन सक्ने थिएन । कतिपयले उनलाई असनको साँढेको संज्ञा दिन्थे, कतिपयले मुलुक हातमा लिँदैछन् भन्ने अफवाहको बजारलाई थप तताउँथे । ठीक त्यहीबेला प्रभाकरले लोकमानमाथि महाअभियोग प्रस्ताव दर्ताको पहलकदमी लिए । त्यसले राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चा बटुल्यो ।

व्यापक जनदबाब र राज्यका अन्य अंगको समेत तीव्र अरुचिका कारण सोही महाअभियोग लोकमान बहिर्गमनको शक्तिशाली औजार बन्यो । ‘मलाई अपदस्थ गर्न खोजिए यो देशका मन्त्री–प्रधानमन्त्री कोही अछुतो रहने छैनन्’ भन्ने उनका धम्की शितको थोपाझैं बिलाए । उनको दादागिरी र माफियाको घोषित आक्रमणबाट मुलुकले केही समय राहत पायो ।

तेस्रो सन्देशः लोडशेडिङ अन्त्य

दशकौंदेखि वर्षैभर लोडशेडिङ आम नेपालीको नियति थियो । विद्युत् आपूर्ति नहुँदा हिउँदयाममा कैयन वर्षहरूसम्म एफएम रेडियो र केवल टेलिभिजनहरू बन्द भएका थिए । दैनिक १९ घण्टासम्म लोडशेडिङ भोग्यो नेपाली समाजले । अफिसबाट कर्मचारीहरू सोझै हान्निएर साँझ मैनबत्ति पसलको भीडमा उभिन्थे । दशैंको दिनझैं वर्षभरी मैनबत्ति किन्नेहरूको घुइँचो हुन्थ्यो पसलमा । सोलार कम्पनी र जेनेरेटर बेच्नेहरू मालामाल थिए । टर्च लाइटको व्यापार पनि चम्केकै थियो मार्केटमा । भूकम्प र नाकाबन्दीताका पनि लोडशेडिङ मुक्त गर्ने सोच देखिएन कमिसनखोरहरूको ।

खासगरी मास पार्टीलाई करिस्मेटिक लिडरशिप चाहिन्छ । कांग्रेस नेता–कार्यकर्ताले आगामी चुनावलाई ध्यानमा राख्दै गगन र विश्वप्रकाशलाई दोस्रो पुस्ताको कमाण्डरका रूपमा अघि सारे, एमालेले वरियताको निकै ठूलो पंक्तिलाई फरक ढंगले व्यवस्थापन गरी शंकर पोखरेललाई चुनावी कमाण्डरका रूपमा अघि सार्‍यो र माओवादीमा पनि चुनावी कमाण्डरका लागि उपयुक्त पात्र प्रभाकर भएकाले उनलाई महासचिवको रूपमा प्रचण्डले अघि सार्नसक्ने अनुमान प्रतिनिधिको छ ।

अँध्यारो नेपालको नियति बन्यो । मानिसहरू ऊर्जाका वैकल्पिक स्रोतको खोजीमा दैनिक घण्टौं समय बिताउन थाले । ठीक त्यहीबेला ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका प्रभाकरले मन्त्रालय सम्हालेलगत्तै आफ्नो पहिलो स्टेटमेन्टको पहिलो नम्बर बुँदामा लोडशेडिङ अन्त्यको घोषणा गरे । जसलाई मिडियादेखि आम पब्लिकले पत्याएनन् । त्यो एक प्रकारको ‘मिराकल गफ’को रूपमा उडाइयो तर आफ्नो त्यही स्टेटमेन्ट पूरा गरेर उनले आममानिसको धारणामा नेतृत्वप्रतिको सकारात्मक सन्देश प्रवाहित गरे ।

उनले एक दृढ संकल्प गरे कि मलाई अर्बौं–करोडौं कमिसन चाँहिदैन, आमनेपालीलाई उज्यालो बाडौं । ऊर्जामन्त्री बनेका प्रभाकरको त्यही अठोटले नेपाल लोडशेडिङमुक्त भयो । त्यसको जस अध्यक्ष प्रचण्ड, माओवादी पार्टी र ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले लिन सकेनन् तर जनताको वर्षौंदेखिको चाहना पूरा गर्न र सिस्टम सुधार गर्न पाएकोमा उनी सन्तुष्ट जरुर बने ।

चौथो सन्देशः पूर्व माओवादी पुनर्संगठित अभियान

२०७० सालपछि माओवादी पार्टी कमजोर भएको महसूससहित अध्यक्ष प्रचण्डले नयाँ उपायको खोजी गरिरहँदा अध्यक्षकै चाहनामा प्रभाकरले पूर्व माओवादी पुनर्संगठित अभियान चलाए । जसको परिणामस्वरूप प्रचण्ड नेतृत्वबाट बाहिरिएका बादल सहितको समूह, मात्रिका यादव, अन्य विभिन्न बामघटकहरूसहित विप्लव नेतृत्वमा रहेको ठूलो समूह मूल पार्टीमा फर्कियो । 

पाँचौं सन्देशः एमालेसँग पार्टी एकता

एमालेसँगको पार्टी एकता ‘ब्रेक’ भइसकेको छ । यद्यपि पार्टी एकता गलत थिएन भन्ने निष्कर्षमा अध्यक्ष प्रचण्डले आज पनि पुनर्विचार गरेका छैनन् । त्यस पार्टी एकताका केही सैद्धान्तिक पक्ष निकै महत्त्वपूर्ण छन् । प्रचण्ड नेतृत्वको १० वर्षे जनयुद्ध नेपाली समाजको परिवर्तनको मुख्य कडी हो भन्ने कुरालाई एमाले पंक्तिले स्वीकार गरिसकेको विषय हो, जहाँबाट अब ऊ पछि फर्किने ठाउँ छैन । बरु कुनै पनि बेला पार्टी एकतालाई पुनः अघि बढाउनुपर्छ भन्ने सोच बिस्तारै ओली खेमामा समेत झांगिँदै जानेछ ।

कैयन आशंका र अविश्वासका बाबजुद पनि त्यस एकतालाई सम्भव तुल्याउन प्रभाकर पिलीको युद्धस्तरमै लागे । पिली विजयीबाट देशभरका नेता कार्यकर्ताको चर्चा बटुल्न सफल उनले ऊर्जा मन्त्रालयमा अर्को शानदार पर्फमेन्स दिए । त्यसलगत्तै संसदको सार्वजनिक लेखा समितिमा रहँदा केही चर्चा कमाएका  उनका लागि लोकमान महाअभियोग प्रकरण फ्रन्टलाइनमा आउने अर्को कोशेढुंगा बन्यो ।  गृह जिल्लामा स्थानीय तहको निर्वाचनताका विपक्षीहरू ‘क्लीन स्वीप’ भएपछि माओवादी पंक्तिभित्र प्रभाकरको चर्चा थप चुलियो । तिनै सफलताहरूको जग र जोखिम उठाउने मनोबलमा भएको वृद्धिसँगै उनले एमालेसँग पार्टी एकताको पहलकदमी शुरू गरे ।

उनका यस्तै सकरात्मक कदमले युद्धकालमा प्रभाकरप्रति विशेषगरी उनले जिम्मेवारी लिएको क्षेत्र पश्चिममा कार्यकर्ताको जुन सहानुभूति थियो, शान्तिकालमा पनि उनीप्रतिको सम्मान र सहानुभूतिमा कुनै कमी रहेन र बरु त्यो देशभर विस्तार हुँदै गयो । युद्धमा उनी जति कठोर रूपमा लडाइँलाई महत्त्व दिन्थे, शान्तिकालयता उनी त्यत्तिकै विनम्रताका साथ एकतालाई महत्त्व दिँदै आए । यसले के दर्शाउँछ भने उनी समयसापेक्ष आफूलाई ‘यू टर्न’मै रूपान्तरण गर्न सक्छन् र आफू उभिएको धरातल मजबुत बनाउन जुनसुकै हद पार गर्न सक्छन् । यद्यपि व्यापक सफलताका बाबजुद पनि उनी विपक्षी पार्टीका समकक्षीको आलोचनाबाट मुक्त हुन सकेनन् । किनकि राजनीतिमा समकक्षीहरू बलियो प्रतिस्पर्धीलाई उछिन्न नसके व्यापक आलोचनाको बाटो रोज्छन्, जसलाई राजनीतिको स्वधर्मका रूपमा हेर्ने गरिन्छ ।

बेलाबखत मूल लिडरशिपका रूपमा अध्यक्ष प्रचण्डमाथि विपक्षी कोणबाट हुने आलोचना, टिप्पणी र भयानक हमलाको स्तरलाई माओवादी पंक्तिले त्यसैगरी बुझ्ने गर्छ ।

छैटौं सन्देशः पार्टी विभाजनपछि रुकुम कार्यक्रम

बिडम्बना पार्टी र सत्तामा एकल राइँदाइँ गर्ने र लगातार ३ दशक बढी पार्टी कमाण्डको बागडोर सम्हालेका प्रचण्ड केही होइनन् जस्तो गरी दम्भ र अहंकारको घोडामा बादशाहकै शैलीमा प्रस्तुत ओली प्रवृत्तिका कारण संसद विघटन भयो र त्यसले पार्टी एकता समेत ब्रेक भयो । हिउँदको शितकालीन समय मानिसहरू निकै जोडबलका साथ सडकमा ल्याउनुपर्ने, संसद विघटन लम्बियो, प्रधानमन्त्रीको आदेशमा अध्यादेशहरू शितल निवासबाट एकपछि अर्को गरी भटाभट जारी हुन थाले । सामूहिक कार्यक्रममा केही हदसम्म जनता ल्याउन सकिए पनि सडक आन्दोलन लामो समयसम्म अपेक्षाकृत उत्साहजनक रहिरहनेमा शंका देखा पर्न थाल्यो । पार्टी पंक्तिमा एक प्रकारको सन्नाटा शुरू भयो ।

केन्द्रीय राजनीतिमा प्रचण्डको एकल हस्तक्षेपकारी प्रयासका बाबजुद कार्यकर्ता र समर्थकहरू अनिश्चितकालका लागि महिनौंसम्म उर्लेर सडकमा आउनमा सामान्य उदासिनता रहन गयो । त्यस्तो अवस्थामा पार्टीमा उत्साहको सञ्चार भर्न प्रभाकरले अध्यक्ष प्रचण्डलाई रुकुम पुर्‍याए । रुकुमको विशाल जनप्रदर्शनपछि प्रचण्डमा एक प्रकारको ऊर्जा पैदा भयो । त्यही ऊर्जाले प्रचण्डले आन्तरिक पार्टी पंक्तिमा विश्वास दिलाउने पहल लिए र नयाँ सत्ता गठबन्धनको प्रयासलाई तीव्र तुल्याए । जसले प्रतिगमन ढाल्यो र निराशाजनक परिस्थितिलाई आशा र उत्साहमा बदल्दै नेपाली राजनीतिले सहकार्य र साझेदारीको कोर्सलाई पुनः अघि बढायो ।   

सातौं सन्देश : अर्थ मन्त्रालय सम्हालेपछि

सरकारले सबै नीति कार्यक्रम सार्वजनिक गरी रातोकिताब प्रकाशित गरिसकेको अवस्थामा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका प्रभाकरले प्रतिस्थापन विधेयकमार्फत जम्मा ३ प्रतिशत बजेटमा हेरफेर गर्ने मौका पाए । ९७ प्रतिशत बजेट नियन्त्रण बाहिर रहेको र ३ प्रतिशत बजेटले केही नयाँपन दिनुपर्ने चुनौतीमा रहेका उनले शहीद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्ग, दीर्घरोगीको उपचार जस्ता महत्त्वपूर्ण घोषणा गरे ।

सामाजिक सुरक्षाका क्षेत्रमा उनको प्रभावकारी कदमबारे प्रचार गर्न सकिएन । स्वदेशभित्रै औद्योगिक उत्पादन र आत्मनिर्भर अर्थतन्त्रका विविध आयामबारे चर्चा गरिरहँदा ट्रेडको मुनाफामा सीमित टे«ड कर्पोरेट घरानाहरूले उनलाई अर्थतन्त्र नबुझेको लबिङ शुरू गरेका छन् ।

बजेटमा दुर्गम क्षेत्रलाई प्राथमिकता, देशमा लगानीको वातावरण सिर्जनाका लागि पहल आदि गतिविधिले पनि उनलाई कार्यकर्ता र समर्थकले प्रचण्डको विचारलाई व्यावहारिक रूप दिने कुशल कमाण्डरका रूपमा हेर्नु स्वाभाविकै हो ।

खासगरी मास पार्टीलाई करिस्मेटिक लिडरशिप चाहिन्छ । कांग्रेस नेता–कार्यकर्ताले आगामी चुनावलाई ध्यानमा राख्दै गगन र विश्वप्रकाशलाई दोस्रो पुस्ताको कमाण्डरका रूपमा अघि सारे, एमालेले वरियताको निकै ठूलो पंक्तिलाई फरक ढंगले व्यवस्थापन गरी शंकर पोखरेललाई चुनावी कमाण्डरका रूपमा अघि सार्‍यो र माओवादीमा पनि चुनावी कमाण्डरका लागि उपयुक्त पात्र प्रभाकर भएकाले उनलाई महासचिवको रूपमा प्रचण्डले अघि सार्नसक्ने अनुमान प्रतिनिधिको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x