२७ असार २०८३, शनिबार

कतारमाथिको कहरका कारणहरू के हुन् ?       

कात्तिक २०, २०७४
कतारमाथिको कहरका कारणहरू के हुन् ?       

शित युद्ध को समाप्ति पछी तेल का धनि केहि अरेबियन स्वेच्छाचारी राष्ट्र हरु बीच को सम्बन्ध सबै समय को भन्दा निकै तल पुगेको छ / बिगत मा पुर्ब सोभियत संघ , सद्धाम हुसेन कालिन इराक र इस्लामिक क्रान्ति पछी को इरान को भय ले एक जुट भएका ति राष्ट्र हरु को अन्तर सम्बन्ध मा आएको दरार पहिलो पटक सतह मा छताछुल्ल भएको छ / केहि देश हरुले बिना चेतावनी आफु मध्ये कै एउटा सानो तर धनि राष्ट्र कतार संग को सम्बन्ध बिच्छेद गरे पछी बाँकी दुनियाँ एकाएक आश्चर्य चकित हुन पुयो / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप को साउदी अरेबिया को महत्वपूर्ण ( ? ) भ्रमण को लगत्तै साउदी अरेबिया ले आफ्नो सानो छिमेकी कतार माथि ५ जुन देखि पूर्ण रुप ले नाकाबन्दी लगायो / यस्तो नाकाबन्दी लाइ युद्ध कै एउटा क्रिया मान्ने गरिन्छ /


अमेरिकी राष्ट्रपति को मे महिना को अन्त्य तिर भएको भ्रमण बाट उत्साहित भएर साउदी अरेबिया ले ८ वटा देश हरु को  कतार बिरुद्ध नाकाबन्दी लगाउन को लागि  १० जुन , २०१७ मा जमघट गरायो / यी ८ देश मध्ये बहराइन , कोमोरोस , इजिप्ट , माल्द्विप्स , मौरिटानिया , साउदी अरेबिया  , युनाइटेड अरब इमिरेट्स र येमेन थिए  / यिनीहरु ले त्यो सानो अरब मुलुक माथि नाकाबन्दी मात्रै लगाएनन त्यो देश संग को कुटनैतिक सम्बन्ध समेत बिच्छेद गरे / उनीहरु ले कतार मा जाने सम्पूर्ण खाध्य सामाग्रीमा रोक लगाए / स्मरणीय कुरा के हो भने कतार ले आफु लाइ आबस्यक खाध्य पदार्थ को जम्मा १ % मात्रै उत्पादन गर्ने क्षमता राख्छ र बाँकी सबै साउदी अरेबिया भएर अन्य देश हरु बाट आउने हो / प्रतिदिन ६०० देखि ८०० ट्रक मा साउदी अरेबिया भएर कतार को लागि खाध्य सामाग्री आउने गर्थे / समुद्री र हवाई सम्पर्क समेत बिच्छेद गरियो / कतार को ध्वजाबाहक कतार बायु सेवा लाइ आफ्नो आकाश भएर उड्न नपाउने समेत गरिदिए / दोहा अन्तर्राष्ट्रिय बिमान स्थल प्रति बर्ष ३ करोड ७० लाख यात्रु हरु को ट्रान्जिट प्वाइण्ट हो / नाकाबन्दी को कारण ले त्यस्तो व्यस्त विमानस्थल को कारोबार मा कति असर गर्यो होला अनुमान गर्न समेत मुश्किल पर्छ / सबै किसिम का कुटनैतिक सम्बन्ध र सम्पर्क तोडियो / ति देश हरु मा रहेको कतारी बैंक खाता रोक्का गरियो / र ४८ घण्टा भित्र सबै कतारी नागरिक हरु लाइ उपरोक्त देश हरु ले आफ्नो मुलुक छोडेर जान आदेश दिए /

त्यति मात्रै कहाँ हो र , कतारी फण्ड  बाट संचालित र दोहा मा मुख्य प्रसारण केन्द्र रहेको विश्व प्रशिद्ध टेलिभिजन समाचार च्यानल अल जजिरा को सबै खाले प्रसारण लाइ समेत तत् तत् देश हरु मा पूर्ण प्रतिबन्ध लगाइयो / स्मरणीय कुरा के छ भने इजिप्ट को अहिले को सत्ता ले अल जजिरा लाइ देखि सहदैन र अल जजिरा का ३ जना पत्रकार हरु दोश्रो इजिप्सियन रिभोलुसन ( जुन -जुलाई २०१३ ) को सफलता देखि नै  इजिप्ट को जेल मा सडिरहेको अवस्था छ / दोश्रो इज्प्सियन रिभोलुसन ले मुश्लिम ब्रदर्हुड संगठन को सरकार लाइ सत्ताच्युत गराएको थियो / ब्रदर्हुड बंशानुगत शासन पद्धति मा बिश्वास नगर्ने इस्लामिक संगठन हो /

हाम्रो सुदुर पश्चिमाञ्चल बिकाश क्षेत्र मा भन्दा अलिकति धेरै अर्थात्  २७ लाख मानिस हरु ले बसोबास गर्ने कतार को क्षेत्रफल चाँही हाम्रो डोल्पा र मुगु जिल्ला  मिलाउँदा भन्दा हल्का बढी अर्थात् ११४३७ बर्ग कि मि  रहेको ८ जुन २०१७ को बिबिसी कन्ट्री प्रोफाइल मा जनाइएको छ / सोहि प्रोफाइल का अनुसार इश्लाम धर्मावलम्बी कतार को प्रमुख भाषा अरेबिक हो र तिन तिर पानि ले घेरिएको यो देश को जमिनी सम्पर्क साउदी अरब संग मात्र हुन्छ / कुनै बेला को गल्फ देश हरु मध्ये सबैभन्दा गरिब मानिएको यो देश अहिले त्यो क्षेत्र को सबै भन्दा धनि देश हुन पुगेको छ / त्यस देश को भाग्य फारस को खाडी मा ग्यास को बिशाल भण्डार भेटिए पछि चम्केको हो /  कुल ग्राहस्थ्य उत्पादन ३५३.१५ बिलियन डलर र पिपिपि को आधार मा प्रतिव्यक्ति आय करिब एक लाख छयालीस हजार डलर ( दुवै २०१७ को अनुमानित आंकडा ) भएको कतार विश्व को सबै भन्दा धनि देश तथा ४९सौं ठुलो अर्थतन्त्र मानिन्छ /   यो सानो देश ले अरब जगत मा पहिलो पटक २०२२ को विश्वकप फुटवल को आयोजना गर्ने अवसर पाएको छ , जसलाई अहिले पनि बिबिसी लगायत का पश्चिमी मिडिया हरु  ले बिबादास्पद तरिका ले हासिल गरेको  आरोप लगाउदै आएका छन् /

सन् १८७१ सम्म विभिन्न अरेबियन जातीय समुह हरु बीच को छिनाझपटी मा कहिले कुनै जाति को त कहिले कसैको अधिन मा गएको कतार मा सोहि साल देखि भने ओट्टोमन तुर्क हरु को शासन कायम हुन पुग्यो / ओट्टोमन तुर्क हरु को शासन बिरुद्ध सन् १९१५ मा आएर चारैतर्फ बिद्रोह शुरु भयो / यो प्रथम विश्वयुद्ध को समय थियो र ओट्टोमन साम्राज्य ले जर्मनी को तर्फ बाट युद्ध मा भाग लिएको थियो / तुर्क हरु को बिरुद्ध भएको अरब बिद्रोह मा कतार ले पनि भाग लियो र बिद्रोह सफल समेत भयो / ब्रिटिश साम्राज्य र ओट्टोमन साम्राज्य को बीच मा Abdullah bin Jassim bin Mohammed Al Thani  र उनका उत्तराधिकारी हरु लाइ मान्यता दिने गरि Sheikhdom को स्थापना गर्ने सहमति भयो / विश्वयुद्ध मा जर्मनी को साथै टर्की को  पनि पराजय भयो र ओट्टोमन साम्राज्य छिन्न भिन्न हुन पुग्यो / टर्की को पुर्ब तर्फ अरब प्रायद्विप मा फैलिएको भूभाग मा सिरिया फ्रान्स को र बाँकी सबै ब्रिटिश हरु को अधिन मा पर्न गयो / यसरि कतार पनि स्वतः ब्रिटिश प्रोटेक्टोरेट हुन पुग्यो / कतार को सम्पूर्ण आन्तरिक तथा बाह्य सुरक्षा को जिम्मा ब्रिटेन को हात मा थियो र कतार ले ब्रिटेन संग नसोधी अरु कसै संग बैदेशिक सम्बन्ध बनाउन पनि पाउदैनथ्यो / यसै बीच कतार मा पेट्रोल उत्खनन र प्रसोधन को काम हुन गयो / त्यस बाट प्राप्त राजस्व बाट देश को संरचनागत सुधार गर्ने काम भयो / अर्को तर्फ दोश्रो विश्वयुद्ध को कारण ले ब्रिटेन को शक्ति मा भारि गिरावट आयो / खाडी राष्ट्र हरु बाट ब्रिटेन लाइ बाहिर निस्कने दवाब आउन शुरु गर्यो / अन्तत : सन् १९७१ को ३ सेप्टेम्बर मा ब्रिटेन ले कतार लाइ पूर्ण स्वतन्त्रता प्रदान गर्यो / 


त्यस पछि १९९१ को प्रथम गल्फ युद्ध मा कतार ले अमेरिकी गठबन्धन सेना लाइ सघायो / उनीहरु को लडाकु हवाई जहाज हरु अवतरण र उडान को लागि आफ्नो हवाई मैदान हरु  उपलब्ध गरायो / साउदी हरु लाइ गोला बारुद ले सहयोग समेत गर्यो / २००३ को दोश्रो गल्फ  युद्ध मा पनि कतार गठबन्धन कै साथ् मा रह्यो / अहिले पनि मध्य पुर्ब मा अमेरिका को सबैभन्दा ठुलो हवाई सैनिक अखडा कतार मै छ / २०११ मा नाटो ले लिबिया माथि आक्रमण गर्दा कतारी लड़ाकु जेट हरु ले पनि नाटो को तर्फ बाट लिबिया माथि बम बर्षा गरेका थिए ,/ कतारी सरकार ले कर्नेल गद्दाफी बिरोधि बिद्रोही हरु लाइ पैसा र हतियार ले मनग्य सहयोग गरेका थिए भने सिरिया मा बसर अल अस्साद बिरोधि समुह हरु लाइ समेत कतारी हरु ले सहायता पुर्याउदै आएको कसै बाट छिपेको छैन / त्यसै गरि अहिले येमेन माथी को साउदी हरु द्वारा नेतृत्व गरिएको हस्तक्षेप मा समेत कतार को संलग्नता छ / 

यसरि साउदी हरु को काँध मा काँध मिलाएर साथ् दिइआएको कतार लाइ यति बेलै किन साउदी हरु ले एक्ल्याउन खोज्दैछन भन्ने अत्यन्तै कौतुहलता को बिषय बनेको देखिन्छ / कतार एक सानो देश भएर पनि आफ्नो प्रभाब बिस्तार गर्न प्रयत्नरत रहेको उसका छिमेकी तथा  Gulf cooperations  council(GCC) का अन्य सदस्य देश हरु र अरब जगत को बुझाइ छ /  हुन पनि कतार को रुलिङ्ग थानी डाईनास्टि ले आफ्नो देश तथा सत्ता को लागि चिन्तित हुनु कुनै अनौठो कुरा भएन / प्रथम र दोश्रो गल्फ युद्ध मा आफ्नो देश को हवाई मैदान (  Al Udeid Air Base) ब्रिटिश तथा अमेरिकी  लडाकु हवाई जहाज को लागि उपलब्ध गराएको थियो / जहाँ बाट इराक तथा अफगानिस्तान माथि गठबन्धन सेना ले  आक्रमण गरेको थियो / अहिले पनि सो हवाई अड्डा अमेरिकी हरु को त्यस क्षेत्र को सबैभन्दा ठुलो हवाई सैनिक अखडा हो / कतार मा ब्रिटेन , अमेरिका र टर्की जस्ता नाटो राष्ट्र का सैनिक अखडा भए पनि उसलाई पश्चिमी देश हरु मा विश्वासनीय सहयोगी का रुप मा हेरिदैन / किनभने उसले आफ्नो भुमि मा तालिबान हरु लाइ राजनैतिक अफिस खोल्न इजाजत दिएको छ भने इजिप्ट को मुश्लिम ब्रदरहुड , प्यालेष्टाइन को हमास र लेबनान को हेज्वुल्लाह हरु लाइ समेत आफ्नो भुमि मा गतिबिधि गर्न दिएको र सहयोग गरेको आरोप पश्चिमी तथा अन्य अरब देश हरु ले कतार माथि लगाएका छन् /  

तर साउदी र अमेरिकी हरु को लागि कतार उनीहरु को आँखा मा बिझाएको सबै भन्दा प्रमुख कारण उसको इरान संग को सम्बन्ध नै हो / कतार ले इरान संग सुरक्षा सन्धि गरेको छ भने यसै बर्ष को अप्रिल महिना मा इरान माथि आफैले लगाएको नाकाबन्दी समेत खारेज गरेको थियो / कतार र इरान ले पर्सियन खाडी मा संसार को सबै भन्दा ठुलो प्राकृतिक ग्यास को भण्डार को साझेदारी गर्दछन / कतार ले इरान माथि को नाकाबन्दी उठाउनु को मुख्य मक्सद मा इरान संग मिलेर यहि ग्यास भण्डार को बिकाश गर्नु थियो भनेर एक इजरायली पत्रिका Haaretz को  अनलाइन संस्करण मा २५ जुन २०१७ मा जनाइएको छ / यस तथ्य संग मिल्दो जुल्दो समाचार प्रख्यात संचार माध्यम तथा अहिले साउदी- कतारी सम्बन्ध मा आएको दरार को एक प्रमुख कारक बनेको अल जजिरा ले समेत १५ जुन २०१७ मा यस्तै आसय को समाचार सम्प्रेषण गरेको थियो /  

यस समस्या लाइ अझै बिस्तार मा  Marc  Champion ले प्रख्यात अमेरिकी संचार माध्यम bloomberg . com मा  ६ जुन २०१७ मा प्रकाश पारेका छन् / उनि साउदी हरु को कतारी हरु संग ग्यास सम्बन्धि झगडा २२ बर्ष अघि देखि रहेको बताउछन / कतार लाइ बाँकी संसार बाट अलग पार्ने साउदी प्रयास सन् १९९५ देखि कै भएको र यसको केन्द्रबिन्दु मा प्राकृतिक ग्यास भण्डार रहेको उनको ठम्याई छ /  सोहि साल अहिले का अमिर का प्रो साउदी बाजे बाट अमिर का बाबु ले बलात सत्ता खोसेर आफ्नो हात मा लिएका थिए / र त्यहि साल मा कतार ले विश्व को सबै भन्दा ठुलो  LNG ( Liquefied  Natural Gas ) भण्डार बाट पहिलो खेप को निकासी गरेको थियो / उक्त ग्यास भण्डार कतार ले साउदी अरेबिया को शत्रु राष्ट्र इरान संग साझेदारी गरेको छ / त्यो भण्डार को ग्यास बाट प्राप्त आम्दानि ले कतार को कायापलट हुन पुग्यो भने उसले साउदी हरु को vessal State को स्तर बाट बिस्तारै बाहिर आउने र आफ्नो स्वतन्त्र अस्तित्व देखाउने प्रयास गर्यो /  यो कुरा साउदी अरेबिया लगायत का उसका छिमेकी लाइ मान्य भएन र अहिले को समस्या निम्त्यो भन्छन उनि /  त्यसै गरि ह्युस्टन टेक्सास स्थित राइस युनिभर्सिटी अन्तर्गत को बेकर इन्स्टिच्युट का रिसर्च फेलो Jim Krane भन्छन " कतार एक प्रकार को साउदी हरु द्वारा नियन्त्रित देश  थियो / आफ्नो  बिशाल प्राकृतिक ग्यास को आम्दानि को कारण ले  कतार ले स्वतन्त्रता को बाटो रोज्न थाल्यो / त्यसैले यसका छिमेकी हरु कतार को प्वाँख काट्न आतुर देखिन्छन /" 

त्यति मात्र होइन १९९५ मा बाबु लाइ पदच्युत गरि सत्ता सम्हालेका अमिर  Hamad bin Khalifa Al  Thani  को कार्यकाल मा केहि सुधारबादी काम हरु जस्तै : अल जजिरा टेलिभिजन स्टेसन को स्थापना , महिला हरु लाइ मताधिकार प्रदान , लिखित संबिधान को ड्राफ्ट तयार , रोमन क्याथोलिक चर्च को स्थापना आदि सम्पन्न भै समाज लाइ अलिकति भने पनि खुला पन तर्फ हिंडाउने काम भयो / फलस्वरूप कतार मध्य पुर्ब मा पहिलो पटक फुटबल को विश्वकप आयोजना गर्न पाउने गरि पुरष्कृत समेत भयो / यो बिषय निरंकुश  राजतन्त्र भएका साउदी अरेबिया लगायत का अन्य गल्फ कोअपरेसन्स काउन्सिल का सदस्य राष्ट्र हरु लाइ पच्ने कुरै भएन /  यसैकारण ले बिबिसी का अनुसार बहराइन र साउदी अरेबिया ले सन् १९९६ र २००० गरि दुइ पटक अमिर लाइ हटाउन षड्यन्त्र गरेका समेत थिए / अन्त्य मा २०१३ को जुन महिना मा आएर अमिर हमाद बिन खलिफा अल थानी ले एक टेलिभिजन घोषणा मार्फत आफ्नो छोरा तामिम बिन हमाद अल थानी (  Tamim bin Hamad Al Thani  ) लाइ सत्ता को बागडोर  थमाइदिए / युबा अमिर बेलायत मा पढेका मान्छे हुन र उनले नागरिक हरु को भलाइ को लागि आन्तरिक सुधार जस्तै हेल्थ केयर सिस्टम ,  शिक्षा  तथा संरचनागत सुधार मा निकै ध्यान पुर्याएका बताइन्छ / यिनी पनि रुढीग्रस्त र अत्यन्त स्वेच्छारी शासन ब्याबस्था भएका  अन्य गल्फ मोनार्क हरु को आदेश लाइ पर्खने किसिम का देखिदैनन / यसर्थ पनि उनि साउदी हरु को आँखा को कसिंगर भए / 

अमेरिकी हरु को यो संकट मा कस्तो भूमिका हुन सक्ला त् , त्यो सम्बन्धि पनि मन्थन हुनु जरुरि देखिन्छ / सबै लाइ थाहा भएको कुरा हो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप पुर्ब राष्ट्रपति ओबामा को पाला मा भएका सहमति हरु धमाधम उल्ट्याउने क्रम मा छन् / यसक्रम मा उनले ट्रान्स प्यासिफिक पार्टनरसिप लाइ खारेज गरि दिए , क्युबा संग को सहमति लाइ तोडिदिए ( press TV,१८ जुन २०१७ ) र इरान माथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरे (  Los  Angeles Times,१७ मे २०१७ ) / उनि अमेरिका भित्र  उनको राष्ट्रपति  पद मा भएको बिबादास्पद  विजय को बिषय लाइ लिएर उठेको तुफान  लाइ जसै गरि मत्थर पार्ने कोशिस मा देखिन्छन / उनको विजय मा त्यहाँ को गुप्तचर संस्था र हतियार लबी दुवै  प्रसन्न देखिदैनथे / त्यसैले आफ्नो संकट टार्न उनले  ति दुवै सामु आत्मसमर्पण गरेको हुनुपर्ने अनुमान लगाउन कठिन छैन / सी आइ ए लाइ खुशी पुर्याउन इरान माथि दबाब हाल्न उनि अगाडी बढे भने हतियार लबी लाइ सन्तुष्ठ पार्न उनले आफ्नो पहिलो विदेश भ्रमण साउदी अरेबिया बाट शुरु गरे / साउदी अरेबिया लाइ ११० बिलियन डलर बराबर को हतियार  बेच्ने सम्झौता गरेर हतियार लबी को तुष्टि लाइ साम्य पार्ने कोशिस गरे / सम्झौता मा हस्ताक्षर भैसके पछि अमेरिकी विदेशमन्त्री  Rex Tillerson ले " साउदी अरेबिया र पुरै गल्फ क्षेत्र लाइ इरान को सैतानी प्रबृत्ति बाट लामो समय को लागि सुरक्षा प्रदान गर्नेछ " भनेका थिए ( Aljazeera ,२० मे २०१७ ) / त्यसै गरि विदेश मन्त्रि  Rex Tillerson को रुचि भने कतार र इरान को साझेदारी को नर्थ डोम फिल्ड र साउथ पार्स को त्यहि प्राकृतिक ग्यास भण्डार मा छैन भन्न नसकिने अवस्था छ / किनभने  Tillerson को क्यारिएर नै हाइड्रो कार्बन को ब्याबसाय बाट शुरु भएको हो र विदेश मन्त्रि नियुक्त हुनु भन्दा पहिला उनि मस्को मा  EXXON Mobil को CEO थिए / अमेरिकी सत्ता वृत्त मा यस्तो खेल यो भन्दा अगाडी पनि नभएका होइनन / पुर्ब उप राष्ट्रपति जो बाइडेन ले पनि युक्रेन लाइ आफ्नो कार्यकाल मा रुस को घोर बिरोधि कित्ता मा उभ्याए र अन्त मा त्यहाँ को सबैभन्दा ठुलो उर्जा कम्पनि बुरिस्मा होल्डिङ्ग्स मा आफ्नो छोरा लाइ स्थापित गरेर छोडे /  

यसरि ट्रंप प्रसासन ले इरान लाइ निशाना बनाएर मध्यपूर्व नीति तय गरेको  स्पष्ट देखिन्छ /  यसको लागि अमेरिका लाइ मध्यपूर्व का आफ्ना महत्वपूर्ण सहयोगी इजरायल र साउदी अरेबिया को साथ् लिनु जरुरि हुन्थ्यो / उनीहरु को  साथ् लिन उनीहरु को स्वार्थ र हित को पनि रक्षा गर्ने प्रत्याभूति दिनु आबस्यक पर्ने नै भयो / इजरायल र साउदी हरु को साझा दुश्मन इरान लाइ दबाब पुग्ने गरि कुनै कार्यक्रम ल्याउनु नै उनीहरु को हित मा छ भन्ने ट्रंप प्रसासन ले अनुभूत गर्यो / इजरायल ले शुरु देखिने अरब हरु संग को अमेरिकी सम्बन्ध प्रति शंका व्यक्त गर्दै आएकोमा यस पटक त्यति ठुलो हतियार को डिल हुँदा समेत कुनै प्रतिक्रिया नजनाएको तर्फ संकेत गरेका छन्   National Iranian American Council ( NIAC ) का संस्थापक तथा लेखक  Trita   Parsi  ले  Aljazeera  संग को भेटवार्ता मा ( हेर्नुहोस : /thesaker.is/israel-saudi-uae-team-up-in-anti-qatar-lobbying-move/ , जुन १०, २०१७ ) / उनि अझै अगाडी भन्छन " युद्ध पिपासु इजरायली लबी र साउदी तथा यु ए इ का बीच लामो समय देखि पारस्पारिक सहयोग को बाताबरण गुपचुप तरिका ले निर्माण भैरहेको थियो / " प्रजातन्त्र को रक्षा को लागि फाउन्डेसन नामक प्रो इजरायली समुह ले क्यपिटोल हिल मा साउदी हरु को लागि लबिंग गरेको उनको दावी छ /

अमेरिकी हरु को लागि कतार माथि रिस पोख्ने अर्को सहायक कारण मा कतार ले सन् २०२२ को विश्व कप फुटवल प्रतियोगिता को आयोजना गर्न पाएको अवसर पनि हुन सक्छ / किनभने सोहि साल को सो प्रतियोगिता आयोजना गर्न पाउने अवसर को दौड  मा अमेरिका पनि थियो / २०१८ को लागि ब्रिटेन र २०२२ को लागि अमेरिका को निबेदन परेको थियो / तर दुवै पटक को लागि उनीहरु दुवै ले मौका न पाउने भए / अझ उनीहरु ले मन न पराएको देश रुस ले २०१८ को दौड जित्यो भने कतार ले २०२२ को / उनीहरु रुस बाट त्यो मौका छिन्ने दाउ मा थिए / गत बर्ष को फिफा को गभार्निंग बडी को चुनाव सम्म उनीहरु को तिकडम जारि थियो / यसको लागि उनीहरु ले फिफा का कार्यकारी प्रमुख सेप ब्लाटर को हुर्मत आबस्यकता भन्दा बढी नै मात्रा मा लिएका थिए / अन्त्य मा ति बृद्ध स्विस नागरिक , जसले फुटवल को बिकाश मा असाध्यै ठुलो योगदान दिएका थिए ले आफु ले चुनाव जितेको भोलिपल्टै राजिनामा समेत गर्नु पर्यो / तै पनि नयाँ कार्यकारी प्रमुख समेत ले समय को कमि ले त्यो सम्भब नभएकोले अस्विकार गरे पछी उनीहरु को आँखा अब २०२२ को विश्व कप तर्फ लाग्यो / कतार को मानवाधिकार को स्थिती लाइ बारम्बार कारण बनाएर त्यो देश बाट सो अवसर फिर्ता लिनु पर्ने आवाज ब्रिटिश तथा अमेरिकी मिडिया हरु मा लगातार आइ रहनु लाइ पनि अहिले को प्रसंग बाट अलग गर्न मुश्किल पर्छ / 

आखिर उनीहरु ले जुन जुन कारण देखाएर कतार माथि को अहिले को कहर थुपारे पनि इरान संग को उसको सम्बन्ध र ग्यास भण्डार माथि इरानी तथा कतारी स्वामित्व , कतार ले अलजजिरा समाचार च्यानल मार्फत अरब विश्व मा ल्याएको हलचल अनि कतार को विश्व कप फुटवल आयोजना नै अहिले को संकट को कारण हुन भन्न कसैले हिच्किचाउनु पर्दैन /  त्यसमा अमेरिका को आन्तरिक राजनीति ले असाध्यै ठुलो भूमिका खेलेको त छदैछ /  ट्रंप  को साउदी अरेबिया भ्रमण को दौरान उनले  इरान लाइ एक्ल्याउन अरब जगत खास गरि गल्फ कोअपरेसस काउन्सिल का देश हरु माझ "अरब नाटो " बनाउने प्रस्ताब राख्दा कतार का अमिर ले " इरान यस क्षेत्र को एक महत्वपूर्ण र शक्तिसाली राष्ट्र भएकोले यसको भूमिका बारेमा पुनर्विचार गरिनु पर्ने  " ( June 6, 2017 OLEG YEGOROV, RBTH ) प्रतिक्रिया दिए पछि कतारी हरु संग स्वयम् ट्रंप समेत नाराज भएका थिए / साउदी लागायत का अरब राष्ट्र हरु ले कतार संग सम्बन्ध तोडे पछि अमेरिकी राष्ट्रपति ट्रंप ले एक पछि अर्को  ट्विट मार्फत साउदी कदम लाइ सहयोग पुग्ने विचार पोखेका थिए / यो तथ्य लाइ बेलायत को प्रसिद्ध  theGuardian को ६ जुन २०१७ को अंक मा Diplomatic editor ,Patrick Wintour ले जनाएका छन् /

नत्र भने यो संसार लाइ साउदी अरेबिया आतंकबाद को ब्याड भएको थाहा छ / ओसामा बिन लादेन देखि २००१ को ट्वीन टावर का हमलाकारी हरु सबै साउदी नागरिक भएको , सिरिया मा अल नुस्रा र  ISIS लाइ सघाउने , लिबिया मा कर्नेल गद्दाफी को सरकार बिरोधि लाइ सहयोग गर्ने , बहराइन को प्रजातान्त्रिक आन्दोलन लाइ सेना पठाएर दमन गर्ने , इजिप्ट को मोहमद मोर्सी को निर्बाचित सरकार लाइ पल्टाउन सहयोग पुर्याउने , येमेन मा बमबारी गर्ने देखि लिएर हालै को इरान मा भएको मस्क हमला मा समेत साउदी हरु को संलग्नता भएको देखिन्छ / यस्तो आफै आतंकबाद उत्पादन गर्ने देश ले  अरु माथि सोहि प्रकृति को आरोप थोपर्नु अत्यन्तै हास्यास्पद लाग्दछ / अरु तर्फ चोरी औंला देखाउने ले बाँकी चार औंला आफु तर्फ सोझिएको थाहा पाएनन् होला र ?  मानवाधिकार को प्रश्न मा पनि साउदी अरब संसार मै बदनाम देश मानिन्छ /  यस तथ्य लाइ अमेरिका को  सिनेट मा विदेश नीति सम्बन्धि सल्लाहकार रहिसकेका James Jatras ले १७ मे २०१७ मा प्रेस टिभी संग को एक अन्तर्वार्ता मा स्पष्ट भनेका छन् / साउदी हरु ले आतंकबादी भनेर ट्याग लगाएका इजिप्ट  को मुश्लिम ब्रदर हुड , प्यालेष्टाइन को हमास तथा लेबनान को हेजबुल्लाह लाइ आतंकबादी भनेर अमेरिकी हरु ले मात्रै मान्ने गरेको बाँकी संसार ले अस्विकार गरेको सत्यता अर्को तर्फ छदैछ / ब्रदर हुड गणतन्त्रबादी राजनैतिक संगठन हो जसले इजिप्ट मा भएको आम निर्बाचन मा स्पष्ट बहुमत ल्याएको थियो / भने हमास इजरायल को यहुदिबाद बिरोधि गाजा पट्टि मा अत्यधिक बासिन्दा द्व्रारा मन परईएको संगठन हो र उ पनि गाजा मा चुनाब मार्फत नै अनुमोदित छ / त्यसै गरि हेजबुल्लाह इजरायल बिरोधि एक देश भक्त संगठन हो , जसले लेबनान को सार्बभौमिकता र प्रादेशिक अखंड़ता को अतिक्रमण हुन बाट सदैब रक्षा गर्दै आएको छ /

उनै Patrick Wintour ले २३ जुन को  theGuardian मा साउदी अरब द्वारा नेतृत्व गरिएको गठबन्धन ले १३ सुत्रीय लिखित माग कुबेत को मार्फत कतार लाइ बुझाएको लेखेका छन् / ति माग हरु १० दिन भित्र पुरा हुनु पर्ने अन्यथा अरब प्रायद्विप मा कतार एक्लिने भनेर गठबन्धन को भनाइ अगाडी आएको छ / ति माग हरु मध्ये इरान संग को कुटनैतिक सम्बन्ध तोड्नु पर्ने , ब्रदर हुड , हमास र हेजबुल्लाह लाइ सहयोग गर्न र सम्पर्क गर्न बन्द गर्नु पर्ने र अल जजिरा टिभी स्टेसन बन्द गर्नु पर्ने र अन्य समाचार सामाग्री हरु जस्तै : Arabi21, Rassd, Al-Araby Al-Jadeed र  Middle East Eye. लाइ प्रतिबन्ध लगाउनु पर्ने माग हरु प्राथमिकता को क्रम मा क्रमश: १.२.३ र ४ नम्बर मा छन् भने ५ नम्बर मा कतार स्थित टर्किस सैनिक अखडा बन्द गर्नु पर्ने माग छ /   अन्य माग हरु पनि कतार को राष्ट्रिय अस्मिता लाइ ठाडै नजर अन्दाज गर्ने किसिम का छन् / पर्यबेक्षक हरु को भनाइ मा यी माग हरु  पुरा गर्ने हो भने कतार को अस्तित्व मेटिनेछ / यसरि प्रथम बिश्व युद्ध को पुर्ब सन्ध्या मा अष्ट्रो हंगेरियन साम्राज्य ले सर्बिया समक्ष पेश गरेका माग हरु भन्दा पनि कडा र क्रुर माग हरु साउदी नेतृत्व को गठबन्धन ले निरिह कतार समक्ष पेश गरेको छ /  त्यस बखत जर्मन सम्राट कैजर विलियम को साम्राज्यबादी अबधारणा ले तत्कालिन अष्ट्रिया लाइ काँध थपेको थियो भने अहिले अमेरिकी राष्ट्रपति ट्रंप ले साउदी नेतृत्व को गठबन्धन लाइ बोकेका छन् /

यस्तो संगिन घडी मा कतार ले के गर्ला त् ? यस तर्फ पनि अलिकति विचार बिमर्श नगरिनु लेख लाइ अधुरै छाड्नु जस्तै हुनेछ / ८ जुन २०१७ को बिबिसी को समाचार अनुसार कतार ले साउदी नेतृत्व को गठबन्धन द्वारा थोपरिएका सबै आरोप हरु लाइ अस्विकार गर्दै उनीहरु सामु आत्मसमर्पण नगर्ने जनाएको छ / बेलायति समाचार संस्था Reuters ले दिएको रिपोर्ट अनुसार कतार का विदेश मन्त्रि ले समस्या समाधान को लागि कुटनीति को सहारा लिईने बताएको समेत बिबिसी कै सोहि दिन को समाचार मा उल्लेख छ / यस्तै आसय को समाचार १० जुन २०१७ को सी एन एन मा समेत प्रसारण भएको थियो / यी दुइ टिभी च्यानल मा मात्र नभएर  बेलायत को अर्को प्रख्यात समाचार पत्र Independent लगायत असंख्य संचार माध्यम हरु मार्फत कतारी हरु नझुक्ने समाचार बाहिर आएको छ /  ८ जुन को  Independent का अनुसार संयुक्त राष्ट्रसंघ यस मामिला मा मध्यस्थता गर्न तयार देखिन्छ / 

त्यसै गरि कतार ले टर्की र इरान संग दैनिक उपभोग्य बस्तु को सप्लाई को लागि अनुरोध गरेको तथ्य ७ जुन को अल जजिरा को समाचार मा जनाइएको छ / ८ जुन २०१७ को zerohedge .com भन्ने लेख प्रधान एक web site मा कतार ले टर्की संग सैनिक सहायता समेत मागेको Tylor Durden ले लेखेका छन् , यसको पुष्टि  २७ जुन २०१७ को रुसी समाचार पत्र  Sputnik मा आएको समाचार मा  यु ए इ का विदेश मन्त्रि ले " कतार आफ्नो स्वतन्त्रता को संमान गरियोस भन्ने माग राख्दै बिदेशी सैनिक आफ्नो भुमि मा निम्त्याउछ " भने बाटै हुन्छ /

कतार को समस्या बारेमा  टर्की का राष्ट्रपति  Recep Tayyip Erdogan ले ५ जुन को दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लाइ फोन सम्पर्क गरेको ८ जुन २०१७ मा  Al-Monitor .comमा नर्थ ककेसस को  Pyatigorsk State University का स्कुल अफ इन्टरनेसनल रिलेसन्स का डेपुटी डाइरेक्टर तथा रसियन इन्टरनेसनल रिलेसन काउन्सिल का बिज्ञ प्रो Maxim A  Suchkov ले उल्लेख गरेका छन् /   त्यसै गरि कतार का विदेश मन्त्रि ले रुसी विदेश मन्त्रि सेर्गेइ लाभ्रोभ संग फोन सम्पर्क गरि पुरै परिवेश को जानाकारी दिएको र त्यसको भोलि पल्टै कतारी विदेश मन्त्रि ले रुसी राष्ट्रपति संगै कुराकानी गरेको र ७ जुन का दिन पुटिन र इजिप्सियन राष्ट्रपति Abdel Fattah al-Sisi बीच पनि यसै बिषय मा फोन  मार्फत नै  कुरा भएको  उनै  Suchkov ले जनाएका छन् / 

रुसी हरु ले कतार संकट प्रति गहिरो रुची राखेता पनि देखिने गरि तत्काल उक्त संकट मा समाबेश नहुने उनि हरु को मनसाय देखिन्छ / किनभनेपहिलो त  रुस को प्रत्यक्ष संलग्नता देखियो भने कतार संकट अझ पेचिलो बन्ने उनीहरु को बिश्वास छ / दोश्रो कारण कतार स्वयम् रुस को घनिष्ट मित्र होइन , अझ अगाडी बढेर भन्नु पर्दा कतार संग को रुस को सम्बन्ध त्यति मिठास पूर्ण रहेन / फेब्रुअरी २००४ मा एक चेचेन पृथकताबादी  Zelimkhan Yandarbiyev लाइ रुसी एजेन्ट हरु ले मारी दिए /  त्यस हत्याकाण्ड को आरोपी को रुप मा दोहा स्थित रुसी राजदुताबास का प्रथम सचिब सहित अन्य दुइ कर्मचारी लाइ कतारी पुलिस ले दुताबास भित्रै पसेर गिरफ्तार गर्यो / प्रथम सचिब त उनको कुटनैतिक ओहोदा को कारण ले तुरुन्तै छुटे / तर अन्य दुइ लाइ छुटाउन रसियन सरकार लाइ हम्मे हम्मे परेको थियो / लगभग ११ महिना कतारी जेल मा उनीहरु ले बन्दि जिबन बिताउनु परेको थियो / अन्त्य मा उनीहरु लाइ रुस मा प्रत्यर्पण गरियो / दोश्रो काण्ड नोभेम्बर २०११ मा दोहा को अन्तर्राष्ट्रिय विमानस्थल मा कतार का लागि रुसी  राजदुत लाइ कतारी पुलिस ले दुर्ब्याबहार गरेको थियो / तेश्रो पटक संयुक्त राष्ट्रसंघ मा कतारी तथा रुसी प्रतिनिधि बीच चर्को भनाभन भएको थियो / तेश्रो कारण साउदी र कतारी हरु दुवै आतंकबाद का पृष्ठपोषक हुन भन्ने रुसी हरु को बिश्वास छ / दुवै राष्ट्र सिरिया मा रुस को मित्र बसर अल आस्साद को सरकार लाइ गिराउन एडी चोटी बल लगाई रहेका छन् / उनीहरु ले सिरिया को ग्रिह युद्ध मा अल नुस्रा र आइ एस आइ एस लाइ मनग्ये सहयोग गरि रहेका छन् / चौथो कारण मा रुस यो वा उ पक्ष मा उभियो भने प्राकृतिक उर्जा को अन्तर्राष्ट्रिय मुल्य मा उतार चढाव आउन सक्ने प्रबल सम्भाबना छ , जुन रुसी अर्थतन्त्र को लागि अत्यन्त कष्टकर बिषय बन्न जानेछ / तर रुसी अधिकारि हरु नयाँ र युबा अमिर को काल मा रुस - कतार सम्बन्ध सकारात्मक दिशा तर्फ उन्मुख हुने आशा राख्दछन / तसर्थ रुस का उप विदेश मन्त्रि Mikhail Bogdanov कतारी उच्च अधिकारि हरु संग नजिक को सम्पर्कमा  रहेको तथ्य उनै Suchkov ले आफ्नो लेख मा उल्लेख गरेका छन् /

तर राजनीति मा जस्तो हल्लाखोर  मुहीम (   Vociferous movement ) चलाएर बाहिरि बाताबरण को तापक्रम नाप्ने  काम कुटनीति मा हुदैन र त्यसो गरिएमा परिणाम प्रतिउत्पादक हुन जान्छ / कुटनीति मा आफ्नो हित र लक्ष्य पहिल्यै किटान भैसकेको हुन्छ / त्यस लाइ हर हालत मा प्राप्त गर्ने ध्येय रहन्छ सबै पक्ष को  / त्यसै पनि रुसी हरु सोभियत काल देखि कै संसार कै अत्यन्तै उम्दा र सफल कुटनीतिज्ञ मानिन्छन / कुनै समय लाल सागर को मुख मै रहेको एडेन बन्दरगाह मा सोभियत जल सैनिक अखडा थियो र भूमध्य सागर बाट स्वेज नहर छिरेर हिन्द महासागर तर्फ आउने जहाज हरु माथि निगरानी गर्ने सुबिधा सोभियत हरु लाइ थियो / तर अहिले परिस्थिती बदलिएको छ / बहराइन मा अमेरिकी जल सेना र कतार मै अमेरिकी बायु सेना ले अड्डा जमाएर बसेको अवस्था छ / यो स्थिती मा पुटिन जस्ता चतुर तथा देशभक्त व्यक्ति सो क्षेत्र मा आफ्नो देश को लागि  कुनै स्पेस बनाउन सक्रिय न होलान भन्ने कल्पना समेत गर्न सकिदैन / कतिपय विश्लेषक हरु त रुस - टर्की - इरान र कतार को एउटा एलायन्स बन्न सक्ने सम्भाबना रहेको समेत भन्न पछी परेका छैनन् /

अर्को महाशक्ति चिन चाँही उसको ब्यापार र वन बेल्ट वन रोड मा अहिले को कतार संकट को नकारात्मक असर पो पर्ने हो कि भनेर चिन्तित छ / किनभने चिना लाइ आबस्यक उर्जा को लगभग आधा माग गल्फ क्षेत्र  बाटै आपूर्ति हुने गरेको छ / कतार एक्लै ले चिन को आबस्यकता को प्राकृतिक ग्यास २० % आपूर्ति गर्ने गरेको छ / साथै धेरै चिनियाँ उर्जा तथा निर्माण कम्पनि हरु ले त्यस क्षेत्र मा ठेक्का पट्टा को काम गर्दै आएका छन् / गल्फ क्षेत्र का उर्जा तथा पेट्रोकेमिकल कम्पनि हरु ले पनि चिन मा लगानी गर्दै आएका छन् / यसको अलावा उड्डयन को क्षेत्र मा फाइनान्सियल सेक्टर मा र रियल स्टेट मा समेत चिन र गल्फ राष्ट्र हरु बीच संयुक्त लगानी भएको अवस्था छ / तर माओ को काल देखि नै अन्य राष्ट्र हरु को मामिला तथा विवाद मा न उल्झिने नीति भएको ले चिन  ले खासै राजनैतिक रुची नदेखाएको १३ जुन २०१७ को International Policy Digest मा Philip Gater-Smith लेख्छन / चिन को मान्यता मा यु ए इ त्यो क्षेत्र को व्यापारिक केन्द्र हो , कतार ले उसको स्थान लिन सक्तैन भन्ने छ / अर्को महत्वपूर्ण तथ्य साउदी अरेबिया र इरान जस्ता परस्पर बिरोधि राष्ट्र संग एकै साथ् सम्बन्ध सुमधुर राख्न सकिन्छ भने कतार र साउदी अरेबिया बीच पनि सकिन्छ भन्ने  चिनियाँ हरु को बिश्वास देखिन्छ /  चिन ले त्यो क्षेत्र को स्थायित्व नै सबै भन्दा उत्तम हो भनेर इरान लाइ सुझाव दिएको ९ जुन को  Reuters ले जनाएको छ / 

हाम्रो देश को पनि कतार संकट को बारेमा चासो अबस्यै हुनु पर्ने देखिन्छ / किनभने कतार मा  करिब ४ लाख  ( Wikipedia को २०१६ को तथ्यांक अनुसार } नेपालि हरु काम को सिलसिला मा बसोबास गरेको देखिन्छ / यद्ध्यापी यो संख्या आधिकारिक भन्न मिल्दैन / यो पंक्तिकार ले धेरै खोजि गर्दा पनि कुनै आधिकारिक श्रोत मा कति नेपाली हरु त्यो सानो गल्फ कन्ट्री मा  कार्यरत छन् भनेर उल्लेख गर्न सकिने कुनै भरपर्दो आंकडा मिलेन / priya Dsouza को व्यक्तिगत वेब साइट मा जनवरी २०१७ को आंकडा अनुसार  तिन लाख पचार हाजार देखाइएको छ भने firstpost.com मा चिनियाँ समाचार संस्था सिन्ह्वा को हवाला दिंदै तिन लाख बिस हजार नेपालि हरु २०१५-१६ को अवधि मा साउदी अरब , यु ए इ र कतार मा कार्यरत रहेको जनाइएको छ /  जे होस् wikipedia लाइ आधिकारिक मान्ने हो भने नेपाली हरु त्यो देश मा भारतीय हरु पछी खुद कतारी हरु भन्दा धेरै दोश्रो बढी संख्या मा त्यहाँ बसोबास गरेको देखिन्छ , जुन त्यहाँ को कुल जनसंख्या को १५ % हुन आउँछ / यति ठुलो संख्या मा त्यहाँ कार्यरत नेपाली हरु को आधिकारिक तथ्यांक समेत नहुनु हाम्रो कमजोरी हो / तिनी हरु को रोजगारी अहिले खतरा मा परेको  आभाष हुँदैछ / यदि यति ठुलो संख्या का नेपाली हरु को रोजगारी गुम्यो भने तिनीहरु लाइ देश मा ल्याएर कसरि ब्याबस्थापन गर्ने भन्ने सरकार को ध्यान जानु पर्ने हो / तर सरकार भने त्यो क्राइसिस आफै समाधान हुनेछ वा पशुपति नाथ ले नेपालि मात्र को कल्याण गर्नेछन भनेर ढुक्क भए जस्तो बसे जस्तो अवस्था देखिन्छ / केहि गरि त्यो समस्या न सुल्झेर युद्ध को चपेटा मा त्यो क्षेत्र पर्यो भने त्यस क्षेत्र मा बसोबास गर्ने नेपालि हरु लाइ कसरि उद्धार गर्ने भन्ने योजना पनि हामि संग छैन /


लेखक मिश्र

अर्को सत्यता हाम्रो लागि के हो भने सानो देश भएर बढी चलखेल गर्दा आफ्नो राष्ट्रिय अस्मिता माथि नै कस्तो आंच आउने सम्भाबना हुने रहेछ त भन्ने यो संकट बाट छर्लंग भएको छ / यसै पनि अहिले को जमाना मा पनि साना र निर्बल राष्ट्र हरु ले बाँच्ने सार्बभौमिक अधिकार नरहेको सोच पाल्ने फासिष्ट प्रबृत्ति को अस्तित्व कायमै रहेको यस प्रकरण ले उजागर गरेको छ / यो प्रबृत्ति अन्तर्राष्ट्रिय मत्स्य न्याय मा आधारित छ / कुनै पनि बेला कुन चाँही सानो  राष्ट्र को सार्बभौमिकता  मेटिने हो कसैले भन्न नसक्ने अवस्था यो घटना ले सृजना गरेको छ /  केहि गरि त्यहाँ युद्ध भड्कियो भने हाम्रा नागरिक हरु लाइ त्यहाँ बाट सकुशल बाहिर ल्याउन हाम्रो आफ्नै क्षमता ले पक्कै भ्याउने छैन / त्यसको लागि छिमेकी हरु संगै सहायता को अपिल नगरी नहुने स्थिती छ / त्यसैले पनि हामीले आफ्ना छिमेकी हरु संग सदाबहार को सन्तुलित सम्बन्ध कायम राख्नु अत्याबस्यक छ भन्ने हामीले पाठ सिक्नु जरुरि छ / तर यस लाइ हाम्रो सार्ब भौम सत्ता अरु को मा बन्धकी राख्नु पर्छ भन्न खोजिएको अर्थ मा भने कसैले न लियोस /

salt training

कमेन्ट गर्नुहोस्