
अदुवा

अदुवा र कागतीको रसको मात्रा बराबर राखेर झोल बनाउनुहोस् । यो उल्टीको घरेलु उपचारमध्ये एक हो । अदुवामा एन्टि–एमिटिक गुण हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ बनाउन मद्दत गर्छ ।
तुलसीको पात

तुलसीको पानी आफूसँग राख्नुहोस्, यसलाई खाँदा उल्टी हुँदैन । यसका साथै एक बोतल कागती र पुदिनाको रस कालो नुनसँग मिसाएर थोरै थोरै निरन्तर पिउनुहोस् ।
ल्वाङ

ल्वाङलाई भुटेर पिस्नुहोस् र कुनै डिब्बामा राख्नुहोस् । जब यात्रा गर्दा वा उल्टी हुने जस्तो भयो भने अलिकति ल्वाङको धुलोमा चिनी वा कालो नुनसँग खानुहोस् वा चुस्नुहोस् ।
कागती

यात्रा गर्दै हुनुहुन्छ भने पाकेको कागती राख्नुहोस् । अलिकति पनि उल्टी हुने जस्तो भयो भने कागतीको बोक्रा निकालेर सुँघ्नुहोस् । यसो गर्दा उल्टी रोकिन्छ ।