
चीनको अग्रणी अटोमोबाइल ब्रान्ड चांगन अटोले आफ्नो प्रिमियम पिक-अप 'हन्टर' नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
अहिले हन्टरको प्रि- लन्चको अभियानसंगै यसै महिनामा सार्वजनिक गर्ने तयारी गरेको छ ।
हन्टरमा १.९ टर्बोचार्ज्ड इन्जिन छ जसमा १९१० सी. सीको डीसप्लेसमेन्ट रहेको छ र यसले १५० एच. पी पावर र ३५० एन. एम टर्क उत्पादन गर्दछ।हन्टरको ३९१० एमएमको व्हील बेस रहेको छ र २३० एम एम ग्राउन्ड क्लियरेन्स सहित आउँद छ, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको छ ।
यसबाट गाडीको अन्डरबडी र चेसिसमा हुन सक्ने सबै प्रकारको क्षतिबाट गाडीलाई बचाउन सकिन्छ। यसको कुल वजन ३०५० के.जी र १ टन को पेलोड बोक्न सक्छ। यो सेग्मेंट कै उत्कृष्ट १० इन्चको एच. डी इन्फोटेनमेन्ट टच स्क्रिनका साथ यात्रा मनोरञ्जनात्मक हुने निश्चित छ।
हन्टरमा पुष इन्जीन स्टार्ट बटन जडान गरिएको छ। अझ सुविधा युक्त बनाउन हन्टरमा क्रूज कन्ट्रोल सुबिधा रखिएको छ। क्रूज कन्ट्रोलले बाटोको अवस्था अनुसार मिल्दो स्पीड ,सुनिस्चित गर्न मदत गर्दछ। अझ टायर प्रेसर मोनिटरिंग सिस्टम ले गर्दा गाडीको टायर कन्डीसन उच्च बिन्दुमै हुने गर्दछ।
हन्टर ६-स्पीड अटोमेटिक गेयर ट्रान्स्मिसन्को साथमा आउने गर्दछ, जसले आफैँ नै रोड को कन्डीसन अनुसार गेअर बदल्न मदत गर्दछ। हन्टरले चालक र सहचालक लाई विशेष ध्यानमा राखी आरामदायी पावर अस्सिसटेड सीट प्रदान गरेको छ।
यस प्रिमियम पिक-अपले ,इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम मार्फत गाडीको उचित खयाल राख्दछ।
यसमा अटो स्टप क्लाईम्ब सुबिधा भएकोले गर्दा ग्राहकहरुले उकालो पहाड चढ्दा कुनै पनि किसिमका समस्याहरुबाट जुध्नु पर्ने छैन।
यसमा हिल डिसेन्ट कन्ट्रोलले गर्दा ओरालो झर्दा कुनै पनि समस्या आउने छैन र यसमा स्पोर्ट मोड अन गरे पश्चात चालकलाई एक्सिलरेसन् बडेको महसुस हुनुका साथ साथै इको-मोडमा यात्रा निकै नै किफायती पनि हुने कम्पनीको दावी छ ।