२८ असार २०८३, आइतबार

नक्कली प्रमाणपत्र पेस गरेर शिक्षिका बनेकी शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार २६, २०८३
काठमाडौं
नक्कली प्रमाणपत्र पेस गरेर शिक्षिका बनेकी शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फाइल फोटो

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा कैलालीकी एक बालविकास शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका–३, नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षक नन्दाकुमारी शाहीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता प्रवक्ता सुरेश न्यौपानेका अनुसार शाहीले २०६६ साल मंसिर ३ गते सोही विद्यालयमा बालविकास शिक्षक पदमा नियुक्ति लिनका लागि भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्‌बाट माध्यमिक तह उत्तीर्ण गरेको भनी झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेकी थिइन् ।

सोही नक्कली प्रमाणपत्रका आधारमा उनले सरकारी ओहोदा (पद), लाभ र सेवा–सुविधा लिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्