१३ असार २०८३, शनिबार

चिसो अत्यधिक बढ्दै गएपछि पठनपाठन बन्द

चिसो अत्यधिक बढ्दै गएपछि पठनपाठन बन्द
प्रतिकात्मक तस्वीर

उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्दै गएपछि सामुदायिक तथा निजी विद्यालयले पठनपाठन बन्द गरेका छन् ।

७ स्थानीय तह रहेको हुम्लामा हिउँदे बिदाले पुस र माघ २ महिना विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ । 
    
चिसो अत्यधिक बढेसँगै स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन् । जिल्लाका ७ मध्ये ६ गाउँपालिकाका विद्यालय हिउँदे बिदाले बन्द भएका छन् ।

जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकासहित नाम्खा, खार्पुनाथ, सर्केगाड र ताँजाकोट गाउँपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन् । सिमकोट गाउँपालिकाले यसअघि नै आफ्ना माताहतमा रहेका निजी तथा सामुदायिक विद्यालयलाई यही पुस १५ गतेपछि बन्द गर्न निर्देशन दिइसकेको थियो ।
     
जाडो मौसमको सुरुआत भएसँगै चिसोले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । विगतका वर्षमा यो समय हुम्लामा अन्तिम परीक्षाको नतिजा निकालिए पनि गत वर्ष कोरोना संक्रमणका कारण र यस वर्ष विद्यालय ढिला खुलेकाले परीक्षा नै लिन नसकिएको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।
     
फागुन महिनाबाट हुम्लामा नयाँ शैक्षिकसत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो । यस वर्ष कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षा अब सिधै फागुनमा विद्यालय सञ्चालनमा आएपछि कहिले गर्ने भन्ने थाहा हुने प्राध्यापक शाहीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्