०८ असार २०८३, सोमबार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई ‘चोर’ भनेपछि...

पुस २२, २०७८
पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई ‘चोर’ भनेपछि...

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)की उपाध्यक्ष मरियम नवाजले विदेशबाट आएको पैसालाई लिएर प्रधानमन्त्री इमरान खानको आलोचना गरेकी छन् । 

इमरानले पैसा चोर्ने र लुकाउने मात्र नभई जनतालाई पनि लुटेको आरोपसमेत लगाइन् । 

‘इतिहासमा यस्तो गम्भीर ठगी र घोटालाको पछाडि अन्य कुनै पनि पार्टी परेको छैन,’ उनले प्रश्न गरिन्, ‘के पाकिस्तानको इतिहासमा इमरान खानजस्तो भ्रष्ट, झुटो र षड्यन्त्रकारी शासक थिए रु’ पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)की शाजिया मारीले पनि इमरान खानलाई चोरी भनेकी छन् ।

एक मिडिया रिपोर्टमा इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)ले विदेशी नागरिक र फर्मबाट पाएको पैसाभन्दा एकदमै कम बताएको र आफ्नो बैंकमा लुकाएको खुलासा भएको थियो । यो खुलासापछि विपक्षी पार्टीले इमरान खानलाई ‘चोर’ सम्मको आरोप लगाए । 

पाकिस्तानी डन पत्रिकाले पीटीआईको कोषको जाँच गरिरहेको पाकिस्तान चुनाव आयोग (ईसीपी) को जाँच समितिको एक रिपोर्टको हवाला दिँदै सत्तारुढ पार्टीले करोडौं सम्पत्ति लुकाएको जनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्