१० साउन २०८३, आइतबार

कर्मचारी युनियनको अध्यक्षमा तिवारी निर्वाचित

कर्मचारी युनियनको अध्यक्षमा तिवारी निर्वाचित

नेपाल निजामती कर्मचारी युनियन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज सम्पन्न आठौँ विभागीय अधिवेशनले यमप्रसाद तिवारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

तिवारी दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा पुनः निर्वाचित भएका हुन् । समितिको उपाध्यक्ष (खुला) विष्णुप्रसाद बराल, उपाध्यक्ष (महिला) उमा श्रेष्ठ, उपाध्यक्ष (समावेशी) डम्बरकुमार श्रेष्ठ, सचिव मधुसुदन भट्टराई, सहसचिव हिमालप्रसाद आचार्य, कोषाध्यक्ष पुस्कर मानन्धर चयन भएका छन्।

यसैगरी समितिको खुला र समावेशी सदस्यमा कृष्णप्रसाद गौतम, शिवराम खड्का, यशोदा अर्याल, मनोज राउत, अमिर महर्जन, रेनुका सुवेदी, श्रीहरी पुडासैनी, राजनलाल श्रेष्ठ, झलकबहादुर कार्की रहेका छन्। केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कृष्णप्रसाद पौडेल र प्रदीपराज भण्डारी निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्