३० असार २०८३, मंगलबार

माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ : राष्ट्रपति भण्डारी

माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे संक्रान्ति एवं माघी पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन् ।

माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लासपूर्वक मनाउने परम्परा रही आएको तथा थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइने प्रचलन रहेको उल्लेख गर्दै उनले विविधतापूर्ण नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताइन् ।

उनले कोभिड–१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ–आफ्नो स्वास्थ्यको ख्याल गरी माघी मनाउन सबैमा आह्वान पनि गरेकी छन् ।

‘सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे संक्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । हाम्रा धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर संगम भएको हुनाले हाम्रा व्यवहार पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्छ,’ राष्ट्रपतिले सन्देशमा भनेकी छन् ।

प्राचीन समयदेखि हस्तान्तरण भइ आएका सांस्कृतिक वैशिष्ट्य बोक्ने चाड पर्वले हाम्रो सामाजिक जीवनलाई उल्लासमय तुल्याएका, त्यसबाट हाम्रो राष्ट्रको मौलिक परिचय विश्वसामु स्थापित हुनुका साथै समुदायबीच सहिष्णुता र हार्दिकता अभिवृद्धि भइरहेको तथा हाम्रा पर्वले मुलुकको सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न उल्लेख्य योगदान गरेका उनले सन्देशमा उल्लेख गरेकी छन् ।

मगर समुदायमा आजको दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ भने पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नानपश्चात् पूजा अर्चना तथा घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार सेवन गर्ने परम्परा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्