चैत २४, २०७८
हप्तैपिच्छे इन्धनको मूल्य बढ्दा नेपालले पेट्रोलियम पदार्थ किन्न धौधौ पर्न थालेको छ । इन्धन खपत कम गर्नकै लागि जोरबिजोर लागू गर्नेदेखि शनिवार र आइतवार सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव सरकारी निकायबाट आएको छ । नेपा...
जनकपुरको मौलिक परिकार बगिया कसरी बनाइन्छ भन्ने चासो धेरैमा हुने रहेछ ।
धनुषा जिल्लाको एक धार्मिक शहर जनकपुरमा निकै लोकप्रिय यो परिकार पहाडी र हिमालीहरूले पनि खुब खोजीखोजी खान थालेका छन् ।
बगिया बफ्याएर पकाइने हुँदा स्वास्थ्यका हिसाबले पनि फाइदाजनक मानिएको छ । नेवार समुदायको लोकप्रिय परिकार योमरी जसरी नै बनाउने भए तापनि जनकपुरको बगियाको अलि भिन्न स्वाद हुन्छ र छुट्टै विशेषता छ । योमरीभन्दा फरक आकार र भर्ने चिजहरू पनि फरक हुन्छ बगियामा ।
चिसो मौसममा बनाइने यो परिकार विशेष गरी घरमा बच्चा जन्मिँदा यो परिकार बनाएर स्वागत गर्ने प्रचलन छ । बगिया सख्खर हालेर गुलियो र दाल भरेर नुनिलो–पिरो दुवै स्वादमा बनाइन्छ । बगियाका लागि एक विशेष खालको अचार पनि हुनुपर्छ ।
बगिया बनाउन चाहिने सामग्रीः चामलको पिठो ३ कप, पानी आवश्यकताअनुसार, कुर्ती (गहत) को दाल या चनाको दाल आधा कप, अदुवा लसुन पेस्ट डेढ चम्चा, सुकेको खुर्सानी ३ पिस, बेसार आधा चिया चम्चा, जिरा धनियाँको धुलो आधा चिया चम्चा, घ्यू ३ चिया चम्चा, नून स्वादअनुसार, भुटेको बदाम ३ चिया चम्चा, प्याज १ पिस ।
बगिया बनाउने विधिः दाललाई उसिनेर एक साइड लगाउने । पानी उमालेर चामलको पिठोको डो बनाएर एक साइडमा छोपेर राख्ने । कराइ तताएर घ्यू पगाल्ने र सुकेको खुर्सानी, प्याज, अदुवा लसुन पेस्ट, बदाम, मसला हालेर एकछिन भुट्ने । उसिनेको दाल छानेर मसलामा हाल्ने र सुक्खा हुने गरी पकाउने । चामलको पिठोको डोलाई सानो–सानो पेडा काट्ने र दालको मिक्चर भरेर आकार दिने । स्टीमरमा राखेर १५–२० मिनेट बफ्याउने र तातो–तातो कुनै तिख्खर खालको चटनीसँग खान सकिन्छ ।
यो जनकपुरको मिथिला परिकार गुलियो खान मन हुनेले दालको ठाउँमा सख्खर हालेर बनाउँदा पनि स्वादिष्ट हुन्छ । जनकपुरको मौलिक मिथिला परिकार बगिया पानीमा उमालेर र फ्राई गरेर खाने चलन पनि छ ।
हप्तैपिच्छे इन्धनको मूल्य बढ्दा नेपालले पेट्रोलियम पदार्थ किन्न धौधौ पर्न थालेको छ । इन्धन खपत कम गर्नकै लागि जोरबिजोर लागू गर्नेदेखि शनिवार र आइतवार सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव सरकारी निकायबाट आएको छ । नेपा...
पछिल्लो समय नेपालमा पनि डिटक्स वाटरको निकै चर्चा छ । स्वास्थ्यमा निकै सचेत हुन थालेका नेपालीहरू ‘डिटक्स वाटर’ पिउनु भनेको धेरै राम्रो कुरा हो । स्वच्छ पिउने पानीलाई काँचको जार, डिसपेन्सर, बोटल या ...
कुनै समय त्यस्तो थियो सबै खानाका परिकार माटोका भाँडामा पाक्थ्यो । आधुनिकतासँगै यो हाम्रो समाजबाट लोभ हुँदै गएको थियो तर पछिल्लो समय मटिया परिकार फेरि चर्चित र लोकप्रिय हुँदै गयो । पछिल्लो समय माटोक...
अर्जुनमोहन भट्टराई केही दिनअघि तरकारी बजार कालिमाटीमा मोटरसाइकल लिएर तरकारी किन्न गए । खास मनपर्ने हरियो तरकारी नभेटेपछि एक मुठा साग किने । मोटरसाइकल स्टार्ट गर्न लाग्दा पार्किङ शुल्क उठाउन ...
दुर्गाप्रसाद खरेल बालकहरू व्यवहारिक हुँदैनन् । नानाथरी कल्पनामा रमाउने बालक परीका कथा मन पराउँछ, राक्षसले पहाड उखेलेर उठाएको अमूर्त कथा सुनेर रोमाञ्चित हुन्छ । अरूको आश्वासनमा विश्वास गर्छ र आफूले पनि अरुला...
नेपालको रैथाने परिकार भिनाजु बन्छ कसरी भन्ने जिज्ञासा धेरैमा रहन्छ । कतिलाई त यो पनि थाहा छैन कि पाकेको कटहरको बीचको भेट्नोको नाम नै भिनाजु हो भनेर पनि । भिनाजु भन्ने शब्द आफैंमा सम्मानित छ । ससुर...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...