०६ असार २०८३, शनिबार

यी भाग्यमानी व्यक्तिले गरे बेलायतबाट अमेरिकासम्म विमानमा एक्लै यात्रा (भिडियो)

माघ ३, २०७८
यी भाग्यमानी व्यक्तिले गरे बेलायतबाट अमेरिकासम्म विमानमा एक्लै यात्रा (भिडियो)

अहिले कोरोनाकालमा धेरै मानिसले विमानयात्रा गर्नै पाइरहेका छैनन् ।

तर एक यात्री बेलायतबाट अमेरिकासम्म आठ घन्टाको विमानयात्रा एक्लै गर्न पाएका छन् । विमानमा अर्को एउटा पनि यात्री थिएन । कि त धेरै धनी, कि त भाग्यमानी मानिसले मात्र यस्तो मौका पाउँछन् । 

काई फोर्सयथ नामक व्यक्तिले अनौठो अनुभवको बारेमा बताए । 

उनी एक मात्र यात्रु भएकाले मज्जाले सुतीसुती यात्रा गर्न पाए । उनले यात्राको भिडियो समेत बनाएका छन् । भिडियोमा खाली सीटहरू देखिन्छन् । 

एउटा पूरा रोका सीटहरूलाई उनले अस्थायी बेड बनाए । एयर होस्टेसले उनलाई चाहिए जति खाना र स्न्याक्स दिइन् । उनलाई मोजै मोज भयो । 
 

salt training

कमेन्ट गर्नुहोस्