१९ असार २०८३, शुक्रबार

जन्मियो तीन आँखा भएको बाच्छी !

माघ ३, २०७८
जन्मियो तीन आँखा भएको बाच्छी !

भारतको राजनान्दगाँवमा गाईले तीनवटा आँखा भएको बाच्छी जन्माएपछि टाढाटाढाबाट मानिसहरू हेर्न आएका छन् । 

ईश्वरीय अवतार भन्दै मानिसहरूले बाच्छीको पूजाअर्चना गरिरहेका छन् । 

बाच्छीको तीन आँखाका साथै नाकमा चारवटा प्वाल छन् ।

मानिसहरूले बाच्छीलाई नरिवल र पैसा पनि चढाइरहेका छन् । 

गाउँले नीलकुमारले बाच्छीको तीन आँखा भगवान् शंकरको प्रतिरूप भएको बताए ।

हेमन्त चन्देलको जन्मेकी बाच्छीलाई ईश्वरीय आशीर्वाद भन्दै परिवार दंग परेको छ । 

बाच्छीको चिकित्सकीय जाँच गराउँदा पूरै स्वस्थ पाइयो । 

मकर संक्रान्तिको पूर्वसन्ध्यामा तीनआँखे बाच्छी जन्मेपछि मानिसहरूले भगवानको अवतार भएको मानेका छन् । उनीहरूले धूपबत्ती बालेर पूजापाठ गरेका छन् र आशीर्वाद पनि मागेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्