०६ साउन २०८३, बुधबार

नेपालीको आकर्षक रोजगारीको गन्तव्य इजरायलमा सरकारले आज पठायो ९९ जना श्रमिक

नेपालीको आकर्षक रोजगारीको गन्तव्य इजरायलमा सरकारले आज पठायो ९९ जना श्रमिक

रोजगारीको आकर्षक गन्तब्य मानिने इजरायलमा सरकारले श्रमिक पठाउन सुरु गरेको छ । जसअनुसार दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएकाहरुमध्ये पहिलो चरणमा ९९ जना त्यसतर्फ प्रस्थान गरेका छन् ।

 निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक उनीहरु इजरायल प्रस्थान गरेका हुन् ।
श्रम मन्त्रालयका अनुसार ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् ।

यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।
इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
 इजरायल प्रस्थान  गर्नुअघि श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रममन्त्री किसन श्रेष्ठले बुधबार बिदाइ गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्