भारतको मध्य प्रदेशको कोरोना एपिसेन्टर भनिने इन्दौर शहरमा दिनदिनै संक्रमण र मृत्यु बढिरहेको छ ।
तर त्यहाँको स्वास्थ्य विभागका मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी बीएस सेतिया असंवेदनशील हुँदै रक्सीको गिलास बोकेर पार्टीमा झुमिरहेको भेटिएका छन् ।
कांग्रेस पार्टीका प्रवक्ता नरेन्द्र सलुजाले बुधवार राति एउटा भिडियो सार्वजनिक गरे । त्यसमा सेतियाले हातमा गिलास लिएर बचपन का प्यार भूल नही जाना रे गीतमा कम्मर मर्काएको देखिन्छ ।
१५ सेकेन्डको भिडियो नाइट कर्फ्युका बेलामा गरिएको पार्टीमा खिचिएको सलुजाको भनाइ छ ।
कोरोनाको तेस्रो लहरले कहर मच्चाइरहेको बेलामा अधिकारीले यसरी खुशियाली मनाएको कांग्रेस प्रवक्ताको दाबी छ ।
सेतियाले चाहिँ रक्सी नपिएको बताए । आफूले कहिल्यै रक्सी पिउने नगरेको र पारिवारिक विवाह समारोहमा भाग लिएको उनको भनाइ छ । साथीले रमाइलो गर्दै गिलास आफूलाई दिएको र यसलाई अकारण भाइरल गराइएको उनले बताए ।
“ बचपन का प्यार कही भूल नही जाना रे “
— Narendra Saluja (@NarendraSaluja) January 19, 2022
शिवराज सरकार की नई शराब नीति पर इंदौर के स्वास्थ्य विभाग के बड़े अधिकारी का ख़ुशी का इजहार… pic.twitter.com/2R4MvqAil0