२२ असार २०८३, सोमबार

शैक्षिक उत्कृष्टता र स्मार्ट प्रशासनमा हाम्रो जोड : उपकुलपति सिंह

शैक्षिक उत्कृष्टता र स्मार्ट प्रशासनमा हाम्रो जोड : उपकुलपति सिंह

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले शैक्षिक उत्कृष्टता र स्मार्ट प्रशासन सञ्चालनमा जोड दिने योजनाका साथ अघि बढिएको बताएका छन्।
    
मप विश्वविद्यालयका १० आङ्गिक क्याम्पसको समस्या एकीकृत समाधानका लागि विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सभाहलमा दुई दिनसम्म चलेको अन्तरक्रिया कार्यक्रममा आज उपकुलपति सिंहले स्मार्ट प्रशासन र शैक्षिक उत्कृष्टता हासिल गर्नतर्फ विशेष जोड दिइएको बताएका हुन् । उनका अनुसार विश्वविद्यालयलाई प्रणालीगत व्यवस्थापन, चुस्त प्रशासन सञ्चालन र उत्कृष्ट शैक्षिक गतिविधि गर्न नयाँ शिराबाट काम सुरु हुनेछ ।    

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, विभिन्न सङ्कायका डीन, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, विभिन्न निर्देशनालयका कार्यकारी निर्देशक, १० वटा आङ्गिक क्याम्पसका क्याम्पस प्रमुख, उपप्राध्यापक, उपकुलपति सचिवालयका सदस्य, केन्द्रीय कार्यालयका कर्मचारीलगायत उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्