
सर्वोत्तम सिमेन्ट लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ ।
त्यसैगरी आ.व.२०७७/२०७८ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टस्ला ई नियुक्त गर्ने निर्णय पनि सभाले गरेको छ ।
साथै, विशेष प्रस्तावहरु अन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन ६०,००,००० कित्ता शेयर निष्काशन बुक विल्डिङ्ग विधिवाट गर्ने निर्णय भएको छ ।
त्यसैगरी, धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुङ्गा भण्डारणको उत्खनन कार्यका लागि १५ करोड १ लाख रुपैयाँमा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन
गर्ने निर्णय समेत सभाले गरेको छ ।