०१ साउन २०८३, शुक्रबार
सात जना पक्राउ

सिंहदरबारअगाडि मोटरसाइकल राखेर अनेरास्ववियुको प्रदर्शन

असार ३१, २०८३
काठमाडौं
सिंहदरबारअगाडि मोटरसाइकल राखेर अनेरास्ववियुको प्रदर्शन

नेकपा (एमाले)सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ । 

उनीहरूले राज्य आतंक बन्द गर, सिंहदरबार खबरदार, यो सरकार जनताको कि विदेशीको भन्दै नाराबाजी गरेका थिए । 

उनीहरूको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो । 

लगत्तै प्रहरीले उनीहरूलाई हटाएको थियो । केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ । 

पक्राउ पर्नेमा अनेरास्ववियुका अध्यक्ष दीपक धामीलगायत छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टाईका अनुसार उनीहरूलाई होल्ड गरेर सिंहदरबार वृत्तमा राखिएको । 


 

salt training

कमेन्ट गर्नुहोस्