
उनी मागी विवाह गर्न रुचाउँदैनन् तर आफूले चाहेजस्तो युवती खोज्न उनले एउटा उपाय निकाले, जसमा ५ हजार युवतीले ‘प्रपोज’ गरे ।
ब्रिटेनमा बस्ने २९ वर्षीय मोहम्मद मलिकले सडकमा बोर्ड लगाए, जुन बोर्ड देखेर ५ हजार युवतीले उनलाई सम्पर्क गर्दै बिहेको प्रस्ताव राखे ।
मलिकले आफूलाई ५ हजार युवतीको प्रस्ताव आएको दाबी गरेका छन् ।
बाहिरबाट सामान्य रूपमा हेर्दा उनले बिहे गर्नकै लागि नयाँ उपाय निकालेको बुझिए पनि भित्रै उनको अर्कै सोच रहेको पाइएको छ । मलिकले ‘डेटिङ एप’ सञ्चालनमा ल्याउन ‘स्टन्ट’ गरेको खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युवतीहरूले भने साँच्चिकै बिहे नै गर्ने सोचेर ‘प्रपोज’ गरेका थिए ।
मलिकले मुस्लिम डेटिङ एप ‘मजम्याच’ सञ्चालनमा ल्याएका छन् । यसअघि उनले बिहेको बोर्डमा आफ्नो फोटो समेत राखेका थिए ।