माघ २०, २०७९
नेपालको प्रमुख श्रम गन्तव्य मलेसियाले नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मलेसियाका गृहमन्त्री दतुक ...
पोखराको चर्चित बेगनास तालमाथि उत्तरपूर्वपट्टि देखिने बेगनास डाँडा यतिखेर स्थानीय युवाको कृषि कर्मले हराभरा छ ।
स्थानीय केही युवामा कृषि कर्मको जोस उर्लिएको छ । पोखरा महानगरपालिका–३१ वडा कार्यालयका अनुसार यस वर्ष मात्र करीब आधा दर्जन युवाले नयाँ कृषि फार्म दर्ता गरेका छन् भने छिट्टै काम शुरू गर्ने चाँजोपाँजो मिलाइरहेका छन् ।
कृषि कर्ममा युवाको जोसको प्रेरणाका स्रोत स्थानीय ३२ वर्षीय केशवराज तिवारी हुन् । ‘सबै कुरा परिस्थितिले जुराउने रहेछ,’ तिवारीले भने, ‘पढेर जागिर खाने बाल्यकालदेखिको योजना कहाँ पुग्यो थाहा छैन ।’
तिवारीको कर्म वैदेशिक रोजगारी हुँदै अहिले कृषि उद्यममा रूपान्तरण भएको छ । ४ वर्षअघि त्यहाँ कुनै पनि युवाले कृृषि फार्म खोलेका थिएनन्, फार्म कसरी सञ्चालन गर्ने भन्ने सैद्धान्तिक र व्यावहारिक ज्ञान थिएन, देखासिकी गर्न अर्को कुनै स्थापित फार्म थिएन, उत्पादनको बजार कहाँ भन्ने निश्चित थिएन, त्यतिबेला कृषि उद्यम शुरू गरेका हुन् तिवारीले ।
अहिले उनै तिवारीको देखासिकी गर्ने धेरै निस्किसके गाउँमा । उनी भन्छन्, ‘आँट गर्नु नै आधा सफल हुनु रहेछ ।’
५ वर्षअघिसम्म उनी कोरियाको बुसन शहरमा थिए । करीब ७ हजार मजदुरले काम गरिरहेको पानीजहाजमा उनको दिनचर्या बित्थ्यो । गाउँघरको अत्यास मेट्न, दैनिक १६ घण्टासम्म काम गर्थे उनी ।
दिन, महिना गर्दै वर्ष बित्यो । ‘ओभर टाइम’ काम गर्दैगर्दा अत्यास त मेटिन लागेको थियो तर आमाबुवा, घरपरिवार, आफन्त बीचको सञ्चार धमिलिँदै गएको महसूस हुन थाल्यो उनलाई । ‘यस्तै पारा हो भने केही समयमै बिरानो भइने हो कि भन्ने औंधी पीर पर्न थाल्यो,’ उनले सम्झिए, ‘विदेशमा दिएजति समय आफ्नै गाउँठाउँमा दिइयो भने यति पैसा त स्वदेशमै कमाइएलाझैं लाग्यो ।’
यस्तै दिनचर्या, चिन्ता र अन्योलसँगै कोरियामा उनको ५ वर्ष बित्यो । आखिर मासिक ३ लाख रुपैयाँ कमाइको माया मारेर उनी स्वदेश फर्किए र फेरि कोरिया जाने प्रक्रिया थालेनन् ।
‘यहाँ आएपछि फेरि फर्किएर कोरिया जान मन लागेन,’ उनले भने, ‘नेपाल आएकै वर्ष भूकम्पको आर्थिक मन्दी थियो । न त कृषि पेशा गर्ने युवाका लागि अहिलेको जस्तो अनुदान लगायतका सुविधा थियो । व्यवसाय शुरू गर्न कम्ता चुनौती थिएन ।’
कोरिया बस्दा घर खर्च कटाएर बचेखुचेको ५ लाख रुपैयाँ थियो उनीसँग । त्यसमा ५ लाख रुपैयाँ ऋण थपेर १० लाख रुपैयाँ लगानी गर्न आँखा चिम्लिएरै कस्सिए उनी । अनि शुरू गरे कृषिकर्म ।
कामको सिलसिला होस् या रोजगारीको सिलसिलामा धेरै स्थानीयले गाउँ छाडिसकेका थिए । गाउँका धेरै पाखो बारीहरू बाँझै थिए । त्यसैले गरिखाने जग्गा–जमिन पाउन गाह्रो थिएन । छिमेकीबाट लिजमा लिएको केही जमिन र आफ्नो जमिन गरी करीब १५ रोपनीमा उनले कृषि कर्म गरिरहेका छन् ।
‘विदेशमा सुख हुन्छ, धेरै कमाइ हुन्छ भन्ने कुरा भ्रम मात्र रहेछ भन्ने कुरा स्वदेश फर्किएपछि थाहा भयो,’ उनले भने ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक पढ्दै गर्दादेखि नै उनमा विदेश मोह जागेको हो । ‘साथीहरू एकएक गरेर भाषा परीक्षा पास भएपछि मलाई पनि परीक्षा दिन मन लाग्यो । पहिलो पटकमा ९८ प्रतिशत आयो,’ उनले सम्झिए, ‘विद्यालय पढ्ने बेला पनि नआएको मार्क्स कोरियाको भाषा परीक्षामा आएपछि खुशीले गद्गद् भएँ र वैदेशिक रोजगारीका लागि बाटो लागें तर अहिले आफ्नो देशमा आएर इलम गर्न थालेपछि महसूस भयो – त्यतिबेलाको खुशी भ्रम मात्र रहेछ । त्यतिबेला विदेश गएर दुःख नगरेको भए, गाउँमै बसेर कमाइ गर्ने विवेक चाहिँ आउँदैनथ्यो लागेको छ ।’
कृषि व्यवसाय तथा उद्यमका लागि उनमा न कुनै सैद्धान्तिक ज्ञान थियो, न त कुनै तालिम । ‘मात्र देखासिकी अनि बाल्यकालमा गरेको मेलापातको भरमा आँटेको हो,’ काम शुरू गर्दाताकाका अप्ठ्यारा, हण्डरठक्कर सुनाउँदै उनले भने, ‘पहिलो महिनामै २–३ लाख रुपैयाँ घाटा लाग्यो ।’
जग्गा लिजमा लिने वित्तिकै १ हप्ता लगाएर आफैंले निर्माण गरेको कुखुराको खोरमा एकैपटकमा १ हजार कुखुराका चल्ला ल्याएर हुलेका थिए उनले । ती चल्ला १ महिनाका हुँदा–नहुँदै भकाभक मर्न थाले । ‘ब्रोइलर कुखुरालाई छिट्टै हुनसक्ने किटाणु संक्रमण ‘गम्बारो’ रोग लागेको रहेछ । झण्डै १ वर्षपछि स्थानीय आनन्दज्योति विद्यालयको पहलमा सञ्चालित स्थानीय कृषक तालिममा भाग लिएपछि कुखुरा मर्नुको कारणबारे थाहा पाइयो,’ उनले भने, ‘यस्ता समस्याहरू त एकपछि अर्को गर्दै कति आए कति ? तर मैले हरेश खाइनँ ।’
कृषि फार्म स्थानीय तहमा दर्ता गरेर उत्पादन शुरू गरेकै वर्ष आशा गरेभन्दा धेरै उत्पादन भएका काक्रा, अकबरे खुर्सानी, कागतीका लागि उनलाई बजारको समस्या भयो । खेतबारीकै काममा व्यस्त हुँदा आफूले बजार खोज्न नसक्दा धेरै उत्पादन खेर गएको उनले सम्झिए ।
उनले अब विगतका समस्याबाट मुक्ति पाएका छन् । पर्यटकीय क्षेत्र भएकाले बेगनास ताल वरपरका होटल, सब्जीमण्डी र पोखरा बजारका विभिन्न ठाउँबाट माग आउन थालेको छ उनका उत्पादनको । उनको अनुभवमा कामले नै तरिका सिकाउने रहेछ । ‘कामकै क्रममा पाएका तालिम, गोष्ठी लगायतका कार्यक्रममा भाग लिँदै जाँदा उनको नेटवक बढ्यो, गल्ती सुध्रिए, सिर्जनात्मकता बढ्यो ।
‘अहिले मागअनुसार उत्पादन पुर्याउन पनि हम्मेहम्मे पर्छ । नेटवर्क बढ्दै जाँदा सामाजिक कामको दायरा पनि बढ्दैछ,’ उनले भने, ‘त्यसैले पहिले जतिको समय दिन भ्याएको छैन व्यवसायमा । कर्मचारी बढाउने योजनामा छु ।’
१५ रोपनीमा लगाएको अकबरे खुर्सानी, कुखुरा र माछापालन, मह उत्पादन, सूर्यमुखी फूल उत्पादन तथा तोरी उत्पादनबाट मासिक करीब १ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए ।
नेपालको प्रमुख श्रम गन्तव्य मलेसियाले नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मलेसियाका गृहमन्त्री दतुक ...
‘नजाउ युवा परदेशी हुनलाई,रेलको झ्यालमा बसेर रुनलाई’ यी भनाइहरू कृषि ज्ञान केन्द्र सोलुखुम्बुको कार्यालयको भित्तामा लेखिएको छ । २० वर्ष अगाडि यी हरफहरू अहिले आएर भने मेल खान छाडेका छन् । स्याउक...
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् । श्रम सहचारी र कान्सिलरका लागि आयोजना गरिएको तीनदिने अभ...
श्रम अदालतले मकरीगाड हाइड्रोपावर प्रालिमा कार्यरत प्रमुख कार्यकारी अधिकृत पूजा चन्द ठाकुरलाई पुनःबहाली गर्ने फैसला गरेको छ । अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य प्रेमकुमार राईको संयुक्त इजलाशले मंसिर...
वैदेशिक रोजगारीमा गएका २८ जना नेपाली अलपत्र परेको भन्दै सहयोगका लागि अपिल गरिएको छ । गत भदौमा ललितपुरको सानेपास्थित कोजी रिक्यूरमेन्ट म्यानपावरबाट मलेसियाको होङ तेज चिकेन एण्ड डक सप्लायर्स कम्पनीमा ...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा ७ वटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर ...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...