×

NMB BANK
NIC ASIA

सुटकेसमा बन्द गरेर प्रेमिकालाई होस्टेल बाहिर निकाल्न थालेपछि...

माघ २२, २०७८

NTC
Premier Steels

फेब्रुअरी महिनालाई प्रेमको महिना मानिन्छ । यो महिनामा केटा र केटीले एकअर्कालाई आफ्नो भावना व्यक्त गर्छन् ।

Muktinath Bank

यो पूरै महिना प्रेमको मानिने भए पनि ७ देखि १४ तारिखसम्मको एक साता प्रेम गर्नेहरूका लागि विशेष हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो हप्तालाई भ्यालेन्टाइन वीक पनि भनिन्छ । माया गर्ने जोडीले एकअर्कालाई माया व्यक्त गर्छन् । 


Advertisment
Nabil box
Kumari

जोडीहरू एकअर्कासँग समय बिताउने नयाँ तरिकाहरू पनि खोज्छन् । सामान्यतया प्रेमी जोडीले आफ्नो पार्टनरलाई भेट्न पार्क, मल वा सिनेमा हल रोज्छन् तर अहिले सामाजिक सञ्जालमा एउटा घटनाले चर्चा पाएको छ । 

Vianet communication

यो मायालु जोडीले भेट्नको लागि सबैभन्दा फरक ठाउँ रोजेपछि यो जोडी  चर्चाको विषय बनेको हो । 

भएको के हो ?

एक विद्यार्थीकी प्रेमिका उनको होस्टलमा भेट्न आउँछिन् । कुराकानी गर्दा समय गएको पत्तो हुँदैन उनीहरूलाई । जब युवती घर जाने बेला भयो दुवैलाई समस्या भयो कि होस्टेलबाट बाहिर कसरी निस्कने ? ती युवक चाहन्थे कि केटी बाहिर निस्कियोस् र कसैले थाहा पनि नपाओस् । उनले आइडिया निकाले । 

उनले आफ्नी प्रेमिकालाई सुटकेसमा थुनेर कोठाबाट बाहिर निकाले । उनी होस्टेलबाट निस्कँदै गर्दा केयरटेकरले उनलाई देखे । 

केयरटेकरले सुटकेसमा के छ भनेर सोध्दा युवकले अनलाइन अर्डर गरेको हो, त्यही सामान हो भनी जवाफ दिए । 

मिडिया रिपोर्टका अनुसार केयरटेकरलाई केटामाथि शंका लागेपछि उनले सुटकेस खोल्न भने । शुरूमा केटाले सुटकेस खोल्न मानेनन् तर झोला खोल्नुपर्‍यो । 

सुटकेस खोल्ने बित्तिकै केयरटेकरले जे देखे उनी छक्क परे । सुटकेस खोल्ने बित्तिकै त्यसबाट एउटी केटी बाहिर निस्किन् । 

केयरटेकर सुटकेसमा केटी कसरी फिट भइन् भनेर छक्क परे । 

यद्यपि यी दुईको नाम के हो र कुन कलेजका विद्यार्थी हुन् भन्ने खुल्न सकेको छैन ।

होस्टेल व्यवस्थापनले तत्काल कारवाही गर्दै दुवैलाई आ–आफ्नो होस्टलबाट निलम्बन गरेको छ ।

अहिले उनीहरू आ–आफ्नो घर फर्किएका छन् । सबैभन्दा अचम्मको कुरा के हो भने यो भिडियो बिना मिति सामाजिक सञ्जालमा शेयर गरिएको छ । 

यो विषय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियो सन् २०१९ देखि इन्टरनेटमा उपलब्ध रहेको बताइएको छ तर यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । 

यो भिडियो कहिले र कहाँ खिचिएको हो भन्ने टुंगो लागेको छैन । केही रिपोर्टमा यो कर्नाटकको केही होस्टेलको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x