१० असार २०८३, बुधबार

१२ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई सिफ्टमा पढाइने

१२ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई सिफ्टमा पढाइने

काठमाडौं उपत्यकामा १२ वर्ष भन्दा कम उमेरका बालबालिकालाई आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । सीसीएमसीको सिफारिसअनुसार आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले फागुन १ गतेदेखि यसरी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै १२ वर्षभन्दा माथिका विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर भने स्वास्थ्य मापदण्ड पालना गरेर नियमित सञ्चालन गर्न सकिने निर्णयमा उल्लेख छ ।  

salt training

कमेन्ट गर्नुहोस्