२० असार २०८३, शनिबार

भ्यालेन्टाइन्स डेको अघिल्लो दिन आकाशमा देखिनेछ यस्तो अचम्मको दृश्य, घरको छतबाट पनि हेर्न सकिने

माघ २४, २०७८
भ्यालेन्टाइन्स डेको अघिल्लो दिन आकाशमा देखिनेछ यस्तो अचम्मको दृश्य, घरको छतबाट पनि हेर्न सकिने

अन्तरिक्षको संसार धेरै सुन्दर र रोमाञ्चक हुन्छ । समय-समयमा अन्तरिक्षमा यस्ता कुराहरू देख्न पाइन्छ जुन अचम्मका हुन्छन् । 

हाम्रो पृथ्वी जस्तै अन्तरिक्षमा पनि अनगिन्ती ग्रह, उपग्रह, ताराहरू छन् । 

यसैक्रममा खगोलविदहरूले फेब्रुअरी १३ मा आकाशमा एउटा अचम्मको कुरा देख्न सकिने दाबी गरेका छन् । 

यस दिन मंगल र शुक्र ग्रह आकाशमा सँगै देखिनेछन् । 

खगोलविद्हरूले यसलाई एकदमै अनौठो र दुर्लभ भनेका छन् । 

यस घटनाको बारेमा सबैभन्दा अनौठो कुरा यो हो कि तपाईं यसलाई हेर्न कुनै टेलिस्कोपको आवश्यकता पर्दैन । 

तपाईंले यसलाई सामान्य आँखाले पनि देख्न सक्नुहुन्छ । खगोलशास्त्रीहरूको भाषामा, यो घटनालाई संयोजन भनिन्छ । यो दुर्लभ घटना राति करीब १० बजे आकाशमा देखिनेछ  । 

यसरी देख्न सकिन्छ

एक अमेरिकी वेबसाइटले घटनाको दाबी गरेको छ । यो वेबसाइटले नासाको जेट प्रोपल्सन प्रयोगशालामा रहेको सार्वजनिक डाटा संकलन र अध्ययन गर्दछ । १३ फेब्रअरीमा मंगल ग्रह धेरै उज्यालो हुनेछ र यससँगै दुवै ग्रहहरू दक्षिणतिर एकसाथ टाँसिएको देखिनेछ ।

यो घटना आकाशबाट यति स्पष्ट देखिने छ कि सामान्य आँखाले पनि देख्न सकिन्छ । यसका लागि टेलिस्कोप पनि आवश्यक पर्दैन । 

यदि तपाईं पनि यी ग्रहहरू पहिचान गर्न असमर्थ हुनुहुन्छ भने सुविधाको लागि एन्ड्रोइड र आईओएस एपहरू पनि छन्, जसको मद्दतले तपाईं सजिलैसँग यो दुर्लभ घटना पत्ता लगाउन सक्नुहुन्छ ।

साँच्चै यो दुर्लभ घटना हेर्न यी एप्सको मद्दत लिन सक्नुहुन्छ । यी एपको नाम स्काईभ्यू लाइट, स्टार ट्रयाकर र स्टार वाक २ हो । 

तपाईंले आफ्नो मोबाइलको प्ले स्टोरबाट डाउनलोड गरेर यी ग्रहहरू हेर्न सक्नुहुन्छ । यी एप्सको सहयोगमा तपाईंले मंगल र शुक्र ग्रहलाई सजिलै चिन्न सक्नुहुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्