२१ असार २०८३, आइतबार

माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

असार २०, २०८३
बुटवल
माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते
फाइल फोटो

रूपन्देहीको देवदहमा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल नजिकै माइक्रो बसले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर उनीहरू गम्भीर घाइते भएका हुन् । 

रूपन्देही देवदह नगरपालिका–१४ चरङगे नजिकै बुटवलबाट खैरेनीतर्फ जाँदै लु १ ख ९३५४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको यूपी ५६ एके ००४६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१४ का २१ रामकृष्ण यादव र २८ वर्षका श्याम यादव घाइते भएका हुन् ।

उनीहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले गाडी चालक बुटवल उपमहानगरपालिका–३ गोलपार्क बस्ने नारायण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

दुर्घटनाको कारण खोजी भइरहेको डीएसपी श्रीवास्तवको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्