
अन्तरिक्षको संसार धेरै सुन्दर र रोमाञ्चक हुन्छ । समय-समयमा अन्तरिक्षमा यस्ता कुराहरू देख्न पाइन्छ जुन अचम्मका हुन्छन् ।
हाम्रो पृथ्वी जस्तै अन्तरिक्षमा पनि अनगिन्ती ग्रह, उपग्रह, ताराहरू छन् ।
यसैक्रममा खगोलविदहरूले फेब्रुअरी १३ मा आकाशमा एउटा अचम्मको कुरा देख्न सकिने दाबी गरेका छन् ।
यस दिन मंगल र शुक्र ग्रह आकाशमा सँगै देखिनेछन् ।
खगोलविद्हरूले यसलाई एकदमै अनौठो र दुर्लभ भनेका छन् ।
यस घटनाको बारेमा सबैभन्दा अनौठो कुरा यो हो कि तपाईं यसलाई हेर्न कुनै टेलिस्कोपको आवश्यकता पर्दैन ।

तपाईंले यसलाई सामान्य आँखाले पनि देख्न सक्नुहुन्छ । खगोलशास्त्रीहरूको भाषामा, यो घटनालाई संयोजन भनिन्छ । यो दुर्लभ घटना राति करीब १० बजे आकाशमा देखिनेछ ।
यसरी देख्न सकिन्छ
एक अमेरिकी वेबसाइटले घटनाको दाबी गरेको छ । यो वेबसाइटले नासाको जेट प्रोपल्सन प्रयोगशालामा रहेको सार्वजनिक डाटा संकलन र अध्ययन गर्दछ । १३ फेब्रअरीमा मंगल ग्रह धेरै उज्यालो हुनेछ र यससँगै दुवै ग्रहहरू दक्षिणतिर एकसाथ टाँसिएको देखिनेछ ।
यो घटना आकाशबाट यति स्पष्ट देखिने छ कि सामान्य आँखाले पनि देख्न सकिन्छ । यसका लागि टेलिस्कोप पनि आवश्यक पर्दैन ।
यदि तपाईं पनि यी ग्रहहरू पहिचान गर्न असमर्थ हुनुहुन्छ भने सुविधाको लागि एन्ड्रोइड र आईओएस एपहरू पनि छन्, जसको मद्दतले तपाईं सजिलैसँग यो दुर्लभ घटना पत्ता लगाउन सक्नुहुन्छ ।
साँच्चै यो दुर्लभ घटना हेर्न यी एप्सको मद्दत लिन सक्नुहुन्छ । यी एपको नाम स्काईभ्यू लाइट, स्टार ट्रयाकर र स्टार वाक २ हो ।
तपाईंले आफ्नो मोबाइलको प्ले स्टोरबाट डाउनलोड गरेर यी ग्रहहरू हेर्न सक्नुहुन्छ । यी एप्सको सहयोगमा तपाईंले मंगल र शुक्र ग्रहलाई सजिलै चिन्न सक्नुहुन्छ ।